भारतमा नेपालीका लागि अब भिसा चाहिने

काठमाडौं । नेपाल-भारतबीचका द्विपक्षीय सन्धी-सम्झाैताहरूअन्तर्गत अहिलेसम्म नेपाली यात्रुहरूले भारतीय मार्ग हुँदै तेस्रो देश जाँदा-आउँदा भारतीय भिसा लगाउनु नपर्नेमा भारतीय सरकारले नेपाली यात्रुका लागि भिसा अनिवार्य गरेको छ ।

भारतको त्रिबन्धुरमस्थित विमानस्थल कार्यालयले भारतीय गृह मन्त्रालयका हवाला दिँदै भारतबाट अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवाहरूलाई पत्राचार गरेपछि सो कुरा बाहिर आएको हो । नेपाली पर्यटन व्यवसायी विजय आमात्यले  सार्वजनिक गरेको त्रिबन्धुरम विमानस्थलले जेट एयरवेजलाई लेखेको पत्रअनुसार अब नेपाली यात्रुले चीन, मकाउ, हङकङ, पाकिस्तान र माल्दिभ्सबाट भारत हुँदै यात्रा गर्दा ( नेपाल फर्कँदा)  अनिवार्य रूपमा भारतीय भिसा लगाउनु पर्नेछ ।

कतिपय विमानसेवा कम्पनीहरूको कतिपय वायुसेवा कम्पनीहरूका चीन, हङकङ, मकाउ, पाकिस्तान र माल्दिभ्ससँग सोझो उडान छैन, यस्तो अवस्था नेपाली यात्रुहरू भारतीय ट्रान्जिट हुँदै यात्रा गर्न बाध्य छन् ।

यदि यी पाँच गन्तव्यमा उडान गर्ने नेपालीसँग भारतीय  भिसा नभएमा सम्बन्धित वायुसेवालाइ जरिवाना गर्ने चेतावनीसमेत भारतीय विमानस्थल व्यवस्थापन कार्यालयले दिएको छ । यो व्यवस्था नेपालीसँगै भुटानी यात्रुका लागि पनि लागू हुनेछ ।

भारतले नेपाली यात्रुका आवतजावतमा कडाइ गर्ने उद्देश्यसहित यो प्रावधान लागू गर्ने उद्देश्यसहित यस्तो व्यवस्था गरेसँगै अध्ययन, भ्रमण वा व्यवसायका लागि चीन, हङकङ, मकाउ जाने वा अध्ययन र भ्रमणका लागि पाकिस्तान जाने अथवा रोजगारीका लागि समेत माल्दिभ्ससम्म पुग्ने नेपालीका आवतजावतमा झन्झन्ट सिर्जना हुनेछ ।

हेर्नुहोस् पत्र

India Impose visa for Nepali and Bhutanese citizens, who are travelling to China, Hong Kong, Macau, Pakistan and Maldives

Leave a Reply

Your email address will not be published. Required fields are marked *