नेपालको चालू खाता घाटा उच्चः एडीबी

काठमाडौं, १० असोज । एसियाली विकास बैंक (एडीबी)ले नेपालको चालू खाता घाटा बढेर कुल गार्हस्थ्य उत्पादनको ८.७ प्रतिशत पुग्ने जनाएको छ । आयात निरन्तर बढ्दै गएको र आन्तरिक स्रोत परिचालन कमजोर रहेका कारण यो वर्ष चालू खाता घाटा यसअघि प्रक्षेपित ५.२ प्रतिशतको ऋणात्मक अवस्थाबाट बढेर८.७  प्रतिशत पुग्ने बैंकद्वारा जारी एसियन डेभलमेन्ट आउटलूक २०१८ अपडेटमा जनाइएको छ ।

गत आर्थिक वर्षमा चालू खाता बचत ३.५ प्रतिशतले ऋणात्मक रहने प्रक्षेपण गरिएकोमा ८.२ प्रतिशत पुगेको थियो । बैंकका अनुसार गत आव (सन् २०१८)मा नेपालको चालू खाता घाटा बढेर २ अर्ब ४० करोड अमेरिकी डलर नाघ्यो, यो एडीबीले गरेको प्रक्षेपणभन्दा दोब्बर हो ।

उच्च आयातका कारण गत वर्ष नेपालको व्यापार घाटा बढेर १० अर्ब ९० करोड डलर पुगेको उल्लेख गर्दै बैंकले चालू वर्ष पनि यही कारणले चालू खाता घाटा अझ विस्तारित हुने जनाएको हो ।

यो वर्षलाइ बैंकले नेपालका आर्थिक वृद्धिदर प्रक्षेपण भने ५.५ प्रतिशतमै स्थिर राखेको छ, जुन सरकारले राखेको ८ प्रतिशतको वृद्धिभन्दा कम हो । गत आवमा बैंकले नेपालको वृद्धिदर ४.९ प्रतिशत रहने प्रक्षेपण गरेकोमा ५.९ प्रतिशत रहन पुगेको एडीओमा उल्लेख गरिएको छ ।

दोस्रो विमानस्थल र दिगो विकासको मिथक

विकासलाई प्रकृतिलाई सन्तुलित गरेर लैजाने हो कि लादिएको विकासे मुद्दाबाट प्रभावित भइ गरिबी र पछौटेपनमै रमाउने हो, छनोट हामीमै निर्भर छ ।

गजेन्द्र बुढाथोकी

यतिखेर सामाजिक सञ्जालहरूसहित आमसञ्चारका माध्यमहरूमा दुई खालका बहस देखिन्छन्– निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउँनु हुँदैन भन्ने अर्को विमानस्थल बनाइनै पर्छ भन्नेहरू । खासगरी, विमानस्थल बनाउँदा २४ लाख रुख–विरुवाहरू काटिने, त्यसले जैविक विविधतामा असर पार्ने तर्क वातावरणवादीहरूले अगाडि सारेका छन् भने सरकारले २ सुरुमा २ लाखमात्र रुख–विरुवा काटिने, प्रत्येक एक रुखका सट्टामा २५ विरुवा रोपिने बताइरहेको छ । दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल बनाउने विषयमा पछिल्लो सरकारी निर्णयपछि सुरुमा हात्ती हिड्ने बाटो भएकाले त्यहाँ विमानस्थल अनुपयुक्त भएको तर्क अघि सारियो । त्यसपछि २४ लाख रुख काटिने भएकाले वन नाश हुने तर्क राखिँदैछ । सरकारको प्रष्टीकरणपछि अझ त्यसभन्दा अगाडि गएर १ करोड विरुवा कहाँ रोप्ने भन्ने प्रश्न उठाइँदैछ । वास्तवमा यो नयाँ प्रश्न वा सन्दर्भहरू भने होइन ।

बाराको डुमरवानामा दोस्रो विमानस्थल बनाउने प्रसंग उठेदेखि (कोरियन कम्पनीले पहिलो प्रतिवेदन बुझाएदेखि नै) कहिले सिंगै बस्ती उठाउनु पर्ने भएकाले तिनलाई कहाँ पुनर्बास गराउने? त कहिले भैरहवा र पोखरामा क्षेत्रीय विमानस्थल बन्ने भएकाले तेस्रो विमानस्थल किन आवश्यक प¥यो भन्ने प्रश्न उब्जाइँदै आइएको छ । पोखराको क्षेत्रीय विमानस्थलका लागि समेत समानका किसिमका मुद्दा उठाइएको छ । त्यहाँको भौगोलिक अवस्था र कमजोर चट्टानी संरचनाका कारणले पोखरामा क्षेत्रीय विमानस्थल बनाउन नमिल्ने तर्कसमेत उचालिरहिएको छ । निजगढका सन्दर्भ वातावरणीय प्रसंग अहिले चर्को स्वरमा उराल्न थालिएको हो ।

सामान्य चश्माले हेर्दा यी कुनै पनि प्रश्नहरूलाई नाजायज भने भन्न मिल्दैन । पहिलो प्रश्नमा जाऔं, २०३० सालदेखि बसोबास रहँदै आएको टाँगिया बस्तीका १५ सय घरधुरीको आफ्नो जमिनको स्वामित्व पूर्जा (लालपुर्जा) छैन, सोही आयोजनाभित्र पर्ने मटियानी गाउँको पनि समान समस्या छ । अर्को काठगाउँमा भने लालपुर्जाधारीहरूलाई मुआब्जा दिन थालिसकिएको छ । विकासका नाममा आमनागरिकलाई थात न बासको बनाउनु कुनै पनि लोकतान्त्रिक मुलुकको चरित्रभित्र पर्दैन । त्यसैले टाँगिया बस्तीको स्थानान्तर÷पुनर्बास टुंगो नलगाई आठ–दस हजार रुपैयाँ मुआब्जा दिएर सरकारले झारा टार्न पाउँदैन, त्यसो गर्न मिल्दैन भन्ने आवाज गलत होइन ।

अहिले उठेको मुख्य सबाल बाँकी बसेको चारकोशे झाडीको मुख्य अंश मासेर विमानस्थल बनाउनै हुँदैन भन्ने सरोकारका सन्दर्भमा भने सरकारले झारा टार्ने खालको जवाफ होइन, दिर्घकालीन हरियाली पुनस्र्थापनको कार्ययोजना अघि सार्न जरुरी देखिन्छ । नेपालका लागि विस्तारित ‘एयरपोर्ट सिटी’ आवश्यकताको विषय नै होइन । डुमरवानामा विमानस्थल विकसित भइसकेपछि वीरगन्ज र आसपासका सहरहरू स्वतः एयरपोर्ट सिटीमा परिणत हुनेछन् नै ।
हरियाली पुनस्र्थापनाका लागि दुई वटा मोडलहरू छन् । पहिलो वनविहीन बन्दै गएको नेपालको मध्य तराई क्षेत्र (चुरे दक्षिणका जिल्लाहरू)मा नयाँ वृक्षारोपणसहित पुनः वनविकास (रिफरेस्ट्रेसन) र अर्को हो, सिंगै रुखै स्थानान्तरण गरि नयाँ स्थानमा रोप्न मिल्ने प्रविधिको प्रयोगबाट वन विकास । पछिल्लो विधि केही महँगो भए पनि यस्तो विधि विभिन्न मुलुकमा प्रयोगमा ल्याइसकेका देखिन्छ । बारा, पर्सा, धनुषासहित नजिकका जिल्लाहरूमा सम्भाव्य वन करिडोर पहिचान गरि हुर्किँदै गरेका रुख–विरुवाहरू जरैसहित यसरी स्थानान्तरण गर्न सकिन्छ ।

वास्तवमा अहिले उठेका मुद्दाहरू वनको सरोकारभन्दा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल नै नबनोस् भन्ने चाहनाबाट बढी प्रेरित भएको देखिन्छ । यो नेपालजस्ता विकासशील राष्ट्रहरूका लागि उब्जने औसत समस्या बन्दै गएको छ । चाहे त्यो बाँधजन्य जलविद्युत् आयोजनाहरूका हकमा होस् वा अन्य ठूला पूर्वाधार विकासमै किन नहोस् ।

नेपालको निजगढ विमानस्थलका सन्दर्भमा विचारणीय पक्षचाहिँ के हो भने हालसम्म नेपालमा हवाई जहाजहरूको प्रमुख प्रवेश विन्दुका रूपमा रहेको सिमरा विन्दुबाट सबैभन्दा नजिकको भारतीय विमानस्थल लखनउलाई अहिले भारत सरकारले स्तरोन्नती गर्दै क्षेत्रीय हब विमानस्थलका रूपमा परिणत गर्दैछ भने दिल्ली विमानस्थलको बढ्दो चापलाई ख्याल गरेर उत्तर प्रदेशको झेवरमा अर्को अन्तर्राष्ट्रिय विमानस्थल बनाउने निर्णय गरिसकेको छ । नजिकैको उडान क्षेत्रभित्र बन्ने ठूलो क्षमताको अन्तर्राष्ट्रिय विमानस्थलको प्रभाव पक्कै पनि भारतका यी महत्वाकांक्षी विमानस्थल विस्तार परियोजनामा पर्नेछ नै । त्यसैले निजगढ विमानस्थल नबनोस् भन्ने भारतीय मनसुवा हुनसक्छ । नेपाल–भारत सीमाबाट जम्मा २३ किलोमिटर दूरीभित्र रहेको निजगढ विमानस्थलमा उडान र अवतरणका लागि भारतीय हवाई आकासकै प्रयोग गर्नुपर्ने भएकाले यससँग जोडिएका मुद्दाहरू अहिले सतहमा देखिएका वा देखाइएका विषयभन्दा पनि गहिरा छन् ।

कोरियाली कम्पनी ल्यान्डमार्क वल्र्डवाइड (एलएमडब्लू)ले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाइसकेपछि एउटा भारतीय कम्पनीले समेत निजगढ विमानस्थल निर्माणमा आफू सहभागी हुने इच्छा देखाएको थियो । भारतीय परराष्ट्रमन्त्री सुष्मा स्वराजले २०७२ असारमा काठमाडौं–निजगढ फास्ट ट्रयाक र निजगढ विमानस्थल बनाउनेतर्फ भारतको सहभागिता सहितको सम्भावना खोजिनुपर्ने बताएका थिइन । भारत सरकारको एयरपोर्टस अथोरिटी अफ इन्डियाले निजगढ विमानस्थलमा गम्भीर चासो देखाएको खबर यसअघि नै प्रकासमा आइसकेको होे । यस्ता चासोहरूलाई अहिले उठेका विषयभन्दा अलग राखेर हेर्न मिल्दैन ।

हेरिटेज फाउन्डेसनको शोधपत्रमा युरोपेली संघ (इयू) र अमेरिकाको विकास सहयोग नियोग (यूएसएड)द्वारा लगानी गरिएका कथित ‘हरित एनजीओ’हरूले वातावरण नीतिका नाममा विभिन्न किसिमका गैरभन्सारजन्य अवरोधहरू लगाइ विकासशील देशहरूको विकासमा अवरोध सिर्जना गर्ने गरेको उदाहरणसहित उल्लेख गरिएको छ । यो कुरा अफ्रिकादेखि एसियाका गरिबतम मुलुकहरूको हकमा बढी लागू हुने गरेको छ ।

निजगढ विमानस्थललाई प्रदेश नं २ मात्र होइन, नेपाली अर्थतन्त्रकै कायापलट गर्नसक्ने आयोजनाका रूपमा चर्चा गर्न थालिएको एक दशकभन्दा बढी भइसक्यो । यसले सिर्जना गर्ने आर्थिक–सामाजिक अवसरहरूलाई अब पन्छाउँदै रुखविरुवा काटेमा अक्सिजन सकिने, जलवायु परिवर्तनको भयावह परिणाम भोग्नु पर्ने, वन्यजन्तु र चराचुंरिगीहरू मासिने, किराफट्यांग्राहरूको अस्तित्व लोप हुने बहस गर्न थालिएको छ ।

यही बहसलाई टकेर अघि बढ्ने हो भने, वन मासेर सडक, रेल्वे लाइन, विमानस्थल बनाउनु हुँदैन । नदीनाला नै छकेर कुनै बाँध र त्यसबाट जलविद्युत् पनि उत्पादन गर्नु हुँदैन, पुल बनाउनका लागि नदीको मूल बहाव फर्काउनु पनि हुँदैन, किनभने त्यसबाट माछासहित जलचरहरूको क्रिडास्थल मासिन्छ । जलविद्युत् आयोजना बनाइहाले पनि प्रशारण लाइन बनाउनै हुँदैन, किनकी त्यसभन्दा मुनि पर्ने वनजंगलमा विद्युतीय करेन्ट र विकीरणको प्रवाहले गर्दा गर्भिणी जनावरहरूको प्रजननमा असर पार्दछ ।

यसैगरि, जीएसएम प्रविधिका मोबाइलका टावरहरू यत्रतत्र बनाउनै हुँदैन । मोबाइलका संकेतहरू ग्रहण र प्रशारणका लागि बनाइने बीटीएस टावरहरूले फ्याँक्ने विकरण (रेडिएसन)का प्रभावले चराचुंरुगीहरूको जीवनमा मात्र होइन, मानव स्वास्थ्यमा समेत असर पार्दै गएको छ । एउटा अध्ययनले सहरी क्षेत्रहरूमा बन्ने ठूल्ठूला अर्पाटमेन्ट र सौन्दर्यका लागि बाहिर सिसैसिसा हालेर बनाइने आकासे भवन (स्काइक्रेपर)हरूका कारणले गर्दा भंगेरा, रुप्पी÷डाङ्ग्रे÷सारौं तथा परेवाजस्ता मानव बस्तीमा रमाउने चराचुरुंगी मासिएर गएको देखाएको छ । त्यसैले अग्ला भवनहरू बनाइनमा रोक लगाइनु पर्छ । अहिले इन्टरनेट मानिसहरूको सामाजिक जीवनका लागि सबैभन्दा ठूलो ‘बाधक’ भएको छ । व्यक्ति-व्यक्ति इन्टरनेटमा झुन्डिइरहँदा पारिवारिक एवं सामाजिक संवाद हुने क्रम घटेको छ । मानिसहरू एकान्तप्रेमी र एकलकाटे बन्दै गएका छन् । विकासका यी ‘साइड–इफेक्टहरू’बाट वाक्कदिक्क भएका केही पश्चिमाहरू अब फेरि प्रकृतितिरै फर्कौैं (ब्याक टु नेचर) भन्ने अभियानमा लागिसकेका छन् ।

विकासलाई प्रकृतिलाई सन्तुलित गरेर लैजाने हो कि विकास नै अवरुद्ध तुल्याएर प्रकृतिमा रमाउने हो, छनोट हामीमै निर्भर रहनु पर्छ । लादिएको विकासे मुद्दाबाट विकासशील देशहरू प्रभावित बन्दै गएको विषयलाई नजरअन्दाज गर्न मिल्दैन ।

दिगो विकासका मिथकः

द हेरिटेज फाउन्डेसद्वारा प्रकासित एक शोधपत्रमा अर्थशास्त्री जेम्स एफ रोबर्टसले कसरी पश्चिमा वातावरण नीतिहरूले विकासशील देशका आर्थिक विकासमाथि रोक लगाइरहेका छन् भन्ने प्रष्ट पारेका छन् । शोधपत्रअनुसार अमेरिकी लबिङबाट सन् ७० को दशकमा डीडीटी छर्किनबाट रोक लगाइपछि एक पटक उन्मुलन भइसकेको औलो (मलेरिया) फेरि फर्केर आएको छ । जबकी, ४० देखि ६० को दशकसम्म अमेरिकी सहयोगबाटै विश्वभरि नै डीडीटी छर्कने काम भएको थियो । डीडीटीका कारण वातावरणीय प्रभाव परेको र मानवस्वास्थ्यमा समेत असर परेको भन्दै एक किताबमा आधारहीन ढंगले उल्लेख भए पनि त्यसैलाई गुरुमन्त्र मानेर विकासशील देशहरूमा सहयोग रोक्ने, तिनीहरूबाट उत्पादित कृषिजन्य वस्तु नकिन्ने भन्ने धम्की दिँदै डीडीटीमाथि प्रतिबन्ध लगाइएको शोधपत्रमा उल्लेख गरिएको छ । नेपालमा पनि ६० को दशकमै औलो उन्मुलन गरिएको भनिए पनि अझै पनि करिब ५५ जिल्लामा औलोको जोखिम छ । यहाँ वार्षिक २ हजारभन्दा बढी औलोका बिमारी देखिने गरेका छन् ।

हेरिटेज फाउन्डेसनको शोधपत्रमा युरोपेली संघ (इयू) र अमेरिकाको विकास सहयोग नियोग (यूएसएड)द्वारा लगानी गरिएका कथित ‘हरित एनजीओ’हरूले वातावरण नीतिका नाममा विभिन्न किसिमका गैरभन्सारजन्य अवरोधहरू लगाइ विकासशील देशहरूको विकासमा अवरोध सिर्जना गर्ने गरेको उदाहरणसहित उल्लेख गरिएको छ । यो कुरा अफ्रिकादेखि एसियाका गरिबतम मुलुकहरूको हकमा बढी लागू हुने गरेको छ । पछिल्लो समयमा यसको सिकार इन्डोनेसियाको वनजन्य उत्पादन भएको छ । विकासशील देशका आर्थिक विकास प्रक्रिया अवरुद्ध तुल्याउन विश्व वन्यजन्तु कोष (डब्लूडब्लूएफ), फ्रेन्ड्स अफ अर्थ, रेन फरेस्ट नेटवर्कजस्ता इयू र अमेरिकाका करदाताद्वारा भुक्तानी गरिएको राजस्वबाट अर्बौं डलरको अनुदान लिएर सञ्चालित हरित एनजीओहरूद्वारा सिर्जित वातावरणको हतियार प्रयोग हुने गरेको यो शोधपत्रले खुलासा गरेको छ ।

यस्तो लबिङको प्रभावले विश्व बैंकजस्ता बहुपक्षीय विकास संस्थाहरूसमेत आफ्ना लगानीका मूल नीति परिवर्तन गर्न बाध्य हुँदै गएका छन् भने विकासशील देशका सरकारहरू प्रभावित बन्नु त स्वभाविक नै हो । नेपालमा रहेका झन्डै ४० हजार एनजीओहरूमध्ये अधिकांसले यी अन्तर्राष्ट्रिय आईएनजीओहरूबाट वातावरण संरक्षणका नाममा रकम लिइ थरिथरिका कार्यक्रम चलाउँदै आएका छन् । केही स्वघोषित अन्तर्राष्ट्रिय हरित एनजीओहरूले त सोझै सरकारसँग आफैले प्रत्यक्ष लबिङको कामसमेत गर्ने गरेका छन् । सरकारका मन्त्री र उच्च पदस्थ अधिकारीहरूलाई यस्ता एनजीओहरूले बेलाबेलामा विदेश शैर गराउन लैजाने र त्यही बेलामा मौका छोपी विकासलाई प्रभावित पार्ने सन्धी, अभिसन्धी, सम्झौताहरूमा हस्ताक्षर गराएर फर्काउने गरेका छन् । एक पटक हस्ताक्षर गरिसकेपछि त्यो नेपालमाथि दायित्व बनेर बस्छ । अनि, त्यसलाई कार्यान्वयन गराउने नाममा अर्को मिडिया लबिङ सुरु हुन्छ । यस्ता आईएनजीओहरू आफैले मिडिया चलाउनेदेखि स्थानीय मिडियासम्बन्धी एनजीओ सिर्जना गरेर त्यसमा लगानी गर्ने, मिडिया क्याम्पेन चलाउने गरेका छन् । यसको प्रभाव विकास बहसमा देखिनु स्वभाविक नै हो ।

कारोबार दैनिक, ९ असोज २०७५

जनजीविकामा दिगो सुधारका आधारको खोजी

नागरिकको जीवनस्तरमा गरिएको लगानी टालटुले र देखावटीमात्र होइन, त्यो आउँदो पुस्ताका लागि समेत हुनसक्ने गरि परिवर्तनकारी हुनसक्यो भने मात्र उच्च अंकको आर्थिक वृद्धिदर भएको वास्तविक अनुभूति हुनेछ ।

गजेन्द्र बुढाथोकी

देशमा न पर्याप्त सरकारी लगानी छ, न त उद्योग–व्यवसायको नै विस्तार भएको देखिन्छ । रोजगारी सिर्जना त परै जाओस्, अलिअलि काम गरिरहेका युवा वर्ग पनि हरेक दिन लर्को लागेर विदेश पलायन भइरहेका छन् । कृषि क्षेत्रको उत्पादनको अवस्था हेर्‍यो भने विरक्त लागेर आउँछ । त्यही खेत–बारीमा हजुरबुवा, बुवाका पालामा तीन बाली धान लाग्थ्यो । मकैका कुन्यु नै यति अग्लो र लामो हुन्थ्यो कि खरिदेले किनेर पनि सकिँदैन थियो । आफ्नै खेतमा उब्जेको तोरीले नै वर्ष दिनभरि तेल खान पुग्थ्यो । छोराका पालामा आइपुग्दा त्यही समान जमिनका एक बाली पनि धान उब्जनी नहुने अवस्था छ । मकै र धानले वर्षको आधा पनि थेग्दैन । तोरी त ग्रामीण क्षेत्रमा लगाउनै छाडे भने पनि हुन्छ । बेसाह भटमास र सूर्यमुखीको तेलका पोका पो भान्छाघरमा लडिरहेको देखिन्छ । कान्लामुनि लसुन, प्याज, छ्यापी उब्जनै पो छाडे । मोटर चढेर भारत र चीनबाट आउने लसुन, प्याजका विकासे दानाको राग परैबाट चिनिन थालेको छ ।
बन्द कोठामा बसेर अर्थतन्त्रको हिसाब–किताब निकाल्ने ‘विज्ञ’हरू टेलिभिजनका पर्दातिर भन्दिछन्– भूखण्डीकरणले उब्जनी कम भएको हो । बाबु–बाजेको पालाभन्दा बढी जमिन जुटाएर, आधुनिक ट्याक्टर, हार्भेस्टर लगाएरै खेती गर्नेहरूले तिनका कुरा पत्याउन छाडिसके । सरकारले कृषिको वृद्धिदर ५ प्रतिशत रह्यो भनिरहेका बेला किसान आफ्नो उब्जनीले नपुगेर बेसाह चामल किनेर खाइरहेको हुन्छ । तथ्यांकको हेराफेरि गरेर आममानिसको जीवनयापनमा केही सुधार हुँदैन, न त्यसले सही अर्थमा गरिबी निवारण गर्छ, न त मुलुकले समृद्धिको कुनै चमत्कार नै देखाउन सक्छ ।
सुधार नै नभएको भन्ने खालको निराशाजनक अवस्था पनि छैन । हालसम्म चालिएका प्रयासहरूमा अलिकता बढी जोडबल गर्ने हो, लगानी बढाउने हो; नीतिगत, कानुनी र संरचनागत सुधार गर्ने भने विकासको बाटोमा अघि बढ्न सकिने ट्रयाक भने तयार भइसकेको छ । भर्खरै सार्वजनिक गरिएको मानव विकास सूचकांकको अद्यावधिक तथ्यांकले मानव विकास सूचकांक (एचडीआई) बढेर ०.५७४ पुगेको देखाएको छ, गत वर्ष यो ०.५६९ थियो । मानव विकास सूचकांकको गणना हुन थालेको सन् १९९० को तुलनामा सन् २०१७ सम्म आइपुग्दा यो सूचकमा ५१.९ प्रतिशतले वृद्धि भइसकेको संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी)ले उल्लेख गरेको छ । यसअनुसार नेपाल अहिले मध्यम मानव विकास भएका मुलुकहरूको पंक्तिमा छ ।
प्रतिवेदनलाई आधार मान्ने हो भने सन् १९९० मा औसत आयु ५४.३ प्रतिशत रहेकोमा अहिले ७०.६ वर्ष पुगेको छ । यसमध्ये महिलाको औसत आयु ७२.२ वर्ष र पुरुषको ६९ वर्ष छ । यसले आमनेपालीहरूको जीवनस्तरमा विगत ३० वर्षमा केही सुधार आएको देखिए पनि यो तुलनात्मक रूपमा सन्तोषप्रद आँकडा भने होइन ।
खरिद क्षमता वा क्रयशक्ति समता (पीपीपी)का आधारमा नेपालीहरूको औसत आय पनि सन् १९९० को तुलनामा दोब्बरले बढेको देखिन्छ । १९९० मा नेपालीको प्रतिव्यक्ति खुद राष्ट्रिय आय (जीएनपी परक्यापिटा) १ हजार १६८ अमेरिकी डलरमात्र रहेकोमा सन् २०१७ सम्म आइपुग्दा २ हजार ४७१ डलर पुगेको यूएनडीपीले उल्लेख गरेको छ । कुल गार्हस्थ्य उत्पादन (जीडीपी)का आधारमा पनि ९० को दशकमा २ सय अमेरिकी डलरको हाराहारीमा रहेकोमा अहिले १ हजार डलर पुगेको छ । यद्यपि, यो मुलुकले यस तीन दशकको अवधिमा हासिल गरेको औसत ४.५ प्रतिशतको प्राकृतिक वृद्धिदरको प्रतिफल मात्र हो । वास्तविकता के हो भने देशमा हासिल भएको आर्थिक वृद्धिदर र त्यसले सिर्जना गरेका अवसरहरूबीच सामन्जस्यता छैन । र, हाम्रो धरातलीय यथार्थले देखाउने तस्बिर भने यस्तो छ– अर्थतन्त्रको सही विस्तार हुने गरि न सरकारले न त निजी क्षेत्रले नै लगानी प्रवाह गर्न सकेका छन् । यो पूर्वाधारको हकमा मात्र होइन, आधारभूत सामाजिक सेवामा उत्तिकै दुरुह अवस्था कायम छ ।
अहिले साक्षरता दर मुश्किलले ५९.६ प्रतिशत पुगेको छ, जसमध्ये १५ देखि २४ वर्ष उमेर समूहमा महिलाको साक्षरता दर ८०.२ प्रतिशत हुँदा पुरुषको ८९.९ प्रतिशत पुगेको छ । विद्यालयमा भर्ना हुनेदर ९५ प्रतिशत पुगेको देखिए पनि विद्यालयबाट बाहिरिने दर २६.५ प्रतिशतको हाराहारीमा जतिजति माथिल्लो तह हुँदै गयो, उति कम विद्यार्थी अनुपात देखिन्छ । यो सकारात्मक संकेत होइन । अझ त्यसमाथि पनि छात्राहरूको संख्या माथिल्लो तहमा घट्दै जाने क्रम बढ्दो छ ।
शिक्षा÷साक्षरताले आममानिसहरूको जीवनस्तर सुधारमा विशेष महत्व राख्छ, किनकी शिक्षित व्यक्तिले आफ्नो र परिवारको स्वास्थ्य र जीवनस्तर सुधारका लागि बढी सरोकार राख्ने गर्र्छन् भने श्रमबजारमा तिनको सहभागिताको दर पनि बढी हुन्छ । यद्यपि, यसका लागि सरकारले पनि शिक्षामा लगानी बढाउनु पर्ने हुन्छ । अहिले सरकारले शिक्षा क्षेत्रमा कुल गार्हस्थ्य उत्पादनको ३.७ प्रतिशतमात्र लगानी गर्दै आएको छ ।
राम्रो जीवनस्तरसम्बन्धी अवधारणाका पाँच सूचक शिक्षाको गुणस्तर, स्वास्थ्य सेवाको गुणस्तर, स्तरीय जीवनयापन, सुरक्षित अनुुभूति र छनोटको सूचकांकमा औसतमा ७० प्रतिशत उत्तरदात्ताले सन्तोषजनक रहेको जवाफ दिएका छन् । यसमध्ये शिक्षाको गुणस्तरमा ७८ प्रतिशत र स्वास्थ्य सेवाको गुणस्तरमा ६३ प्रतिशत उत्तरदात्ताले सन्तोषजनक भएको बताएका छन् । यसको सोझो अर्थ के हो भने विगतका तुलनामा शिक्षा र स्वास्थ्यको गुणस्तरमा केही सुधार भए पनि अझै ठूलो सुधारको खाँचो छ ।
प्रति १० हजार जनसंख्यामा केबल ६ जना डाक्टर र ५० अस्पताल बेड उपलब्ध रहेको अहिलेको अवस्थामा स्वास्थ्य क्षेत्रमा अझ ठूलो लगानीको चाहिने देखिन्छ । भन्नका लागि सरकारसँग रेडिमेड उत्तर तयार छ– मातृ मृत्युदर सन् १९९०मा प्रतिएक लाख जीवित जन्ममा ९०१ बाट २४८ मा झरेको छ भने शिशु मृत्युदर प्रतिहजार जीवित जन्ममा १९९०को १०७ बाट हाल ३३ मा झरेको छ । प्रतिव्यक्ति आयु बढ्नु, मातृ र शिशु मृत्युदर घट्नुजस्ता सूचकले केही सकारात्मक संकेत देखाए पनि अझै हामीले लामो बाटो तय गर्नुपर्नेछ ।

तथ्यांकीय समायोजनहरूपछि देशको अर्थतन्त्रको आकार बढेको, प्रतिव्यक्ति आय बढेकोसमेत देखिए पनि आमनागरिकहरूको तहसम्म त्यसले अनुभूत हुने गरि सुधार भएकै छैन । अर्थतन्त्रमा सिर्जित मूल लाभ सीमित वर्ग र समुदायको हातमा केन्द्रित हुँदै गएको छ । विगतमा एक प्रतिशतभन्दा कम समूहले अर्थतन्त्रको मूल सम्पत्तिमाथि कब्जा जमाएका थिए भने अहिले करिब २ प्रतिशत अति धनाढ्यहरूले यसमा कब्जा जमाएका देखिन्छ ।
विश्व परिवेश र हाम्रो धरातलमा अलिकता फरक छ । विश्वमा सेवा क्षेत्र, त्यसमा पनि सूचना प्रविधि क्षेत्रबाट प्रविष्ट गरेका बहु–अर्बपतिहरूको हातमा सम्पत्तिको केन्द्रीकरण भइरहेको देखिन्छ, तर नेपालमा रातारात उदाएका अर्बपतिहरूको सम्पत्तिको मूल स्रोत नै खुल्दैन, तर उनीहरूको सत्ता सञ्चालनदेखि राज्यका बहु–तहको स्रोत दोहनमा पहुँच भने अभूतपूर्व देखिन्छ । राज्यले लिने नीतिहरू बहुजन हितायःको सिद्धान्तबाट होइन, नीतिगत हस्तक्षेप गर्नसक्ने पहुँचवाला सीमित वर्गको स्वार्थबाट प्रेरित हुने गरेको छ । त्यसैले माथिल्लो पंक्तिका (उपल्लो वर्ग) झन्झन् धनी हुँदै जाने अनि तल्लो तहका नागरिकहरू झनै कष्टकर जीवनयापन गर्न बाध्य हुने अवस्था बढ्दो गतिमा छ ।
हाम्रो राष्ट्रिय गरिबीको मानक परम्परागत परिभाषाबाट प्रेरित छ । त्यसैले विश्व बैंकले तोकेको प्रतिदिन १.९ अमेरिकी डलरभन्दा कम आर्जन गर्ने नेपालीहरूको संख्या १५ प्रतिशतमात्रै छ भनेर सरकारका आर्थिक अधिकारीहरूलाई तालु ठोक्न आधार पुगेको छ । बढ्दो महँगी, विस्तारित हुँदै गएको सहरीकरण, आममानिसको खानपिनको बानी–व्यवहारमा आएको परिवर्तन, शिक्षा–स्वास्थका लागि चाहिने आवश्यकता र स्तरीय आवासका लागि हुनुपर्ने व्यवस्थाहरूसमेतको गणना गरि एसिया–प्रशान्त क्षेत्रका लागि गरिबीको मानक ३ डलर आसपासमा रहनु पर्ने बहस एकथरि अर्थशास्त्रीहरूले चलाइरहेका छन् ।
स्वयं संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी) र अक्सफोर्ड पोभर्टी एन्ड ह्युमन डेभलमेन्ट इनिसियटिभ (ओपीआइ)ले यसै वर्षदेखि बहुआयामिक गरिबी मापनका मापदण्ड र सूचकहरूमा केही सुधार÷संशोधन गर्दैैछन् । त्यसैले परम्परागत आधारमा हामीले भन्ने गरेको विगत दुई दशकमा गरिबीको रेखामुनि रहेका जनसंख्या आधाले घटेको तथ्यमाथि एक पटक पुनरावलोकन गर्नुपर्ने खाँचो छ । जीवन निर्वाहका लागि चाहिने लागत (कोली) विधिका प्रयोग गर्दा अहिले भन्दै आइएको २१ प्रतिशतभन्दा गरिबीको रेखामुनि रहेका नेपालीहरूको अनुपात बढी पनि हुनसक्छ ।
जनजीविकाको समृद्धि वा आमनागरिकहरूको जीवनस्तरमा स्तरोन्नतिको बहस अब परम्परागत ढर्राबाट होइन, विश्व परिवेशमा भइरहेका नयाँ विकासक्रमका आधारमा हुनुपर्छ र सरकारका कार्यक्रमहरू पनि त्यही दिशामा लक्षित हुनुपर्छ । परम्परागत ढंगले एक इन्चको कालो पाइप बाँसको टेकोमा उभ्याएर अलिपर जगबाट पानी खन्याइ मन्त्रीहरूले रिबन काटेर “अब ९५ प्रतिशतमा पाइपबाट स्वच्छ खानेपानी पुग्यो”, भन्ने भाषण गरेर हुँदैन । साँचो अर्थमा त्यसमा पानी बग्यो–बगेन? प्रत्येक घरपरिवारलाई खानेपानी पु¥याउन के पहल भयो? त्यो पानीमा गरिएको लगानीअनुसार तल्लो तहका नागरिकसम्म प्रतिफल पुग्यो भने भनेमात्र विकास समन्यायिक भएको ठहर्छ । अहिलेको जस्तो देखावटी विकासले त– चार दिनको चन्द्रमा, पाँचौ दिन औंशी भन्नेृमात्र प्रमाणित गर्दै गएको छ ।
नागरिकको जीवनस्तरमा गरिएको लगानी टालटुले र देखावटीमात्र होइन, त्यो आउँदो पुस्ताका लागि समेत हुनसक्ने गरि परिवर्तनकारी हुनसक्यो भने मात्र उच्च अंकको आर्थिक वृद्धिदर भएको वास्तविक अनुभूति हुनेछ ।

कारोबार दैनिक २ असोज २०७५

दरबार काण्डपछि दबाइएको अर्को हत्याकाण्ड

पञ्चायतकालमा बहुचर्चित नमिता सुमिता हत्याकान्डका विषयमा जनआस्था साप्ताहिकका सम्पादक एवं प्रेस काउन्सिल नेपालका कावा अध्यक्ष किशोर श्रेष्ठले लेखेको ‘दरबार कान्डपछि दबाइएको अर्को हत्याकान्ड’  पुस्तकका साभार

यसरी जन्मियो यो पुस्तक

सुन्दर नगरी पोखरामा ०३८ जेठ २४ गते एउटा जघन्य अपराध हुँदा बाह्र वर्षको शैशवावस्थामा थिएँ म, र रिचोक्टार (मलेखु) को बागेश्वरी निमाविमा ४ कक्षामा पढ्दै थिएँ। आजै जस्तो लाग्छ उक्त काण्डमा संलग्न ठूलाठालूहरुमाथि कारबाहीको माग गर्दै स्कूले हामी भुराहरुले बजारभरि वालिङ, पोष्टरिङ गर्दै हिँडेको।
धादिङमै राजकाज मुद्दा लागेपछि राजधानी भित्रिएर नौ कक्षामा भर्ना भई अध्ययन र राजनीतिबीचको सन्तुलित जीवनयात्रा अघि बढाउने क्रममै मैले खोजी पत्रकारिता अङाल्न पुगें। प्रबुद्ध पाठकवर्गले मन पराइदिनुभयो मेरा प्रस्तुतिहरुलाई र हौसिँदै हौसिँदै म चिसो मरुभूमिका ताता राजासम्बन्धी रिपोर्टिङ गर्न कहिले मुस्ताङको लोमन्थाङ पुगें त कहिले सेतीका बगर–बगर डुल्न थालें। बहुदलीय व्यवस्था पुनर्स्थापनाको लगत्तै ०४७ बैशाखमा आफू पोखरा पुग्दाको परिणाम थियो दृष्टिमा प्रकाशित नमीता–सुनीता हत्याकाण्डसम्बन्धी धारावाहिक विवरण। भर्खरको शिकारु विद्यार्थी एवं केही नयाँ गरेर देखाउने तरुणको निम्ति परिणाममा अरु कुन कुराको प्रतिक्षा रहन्छ– आफ्ना सिर्जनामाथि प्राप्त हुने प्रतिक्रिया सिवाय? नेपाली जनताले रगतको मूल्य चुकाएर फिर्ता ल्याएको प्रजातन्त्रमा निरंकुशताको आड लिएर यसअघि अनेकन आततायी अपराध दोहोर्‍याइरहने दुर्दान्त खलनायकहरुलाई कानूनी कठघराभित्र उभ्याइएको देख्न चाहनु कनै नाजायज आग्रह पनि त थिएन! त्यसैले मैले आफ्नो रिपोर्टमा त्यतिबेला लेखेको थिएँ– ‘जुन समयमा यो घटना घट्यो, त्यसबेला मुलुकमा एकदलीय अधिनायकवादको कालो सवारमा बसेर यात्रा हाँकिरहेको पञ्चायतरुपी प्रणाली आफ्नो दानवी कायासहित उपस्थित थियो। अब त्यो राक्षस यो मुलुकमा छैन। तर, त्यस समयमा भएका अपराध र ज्यादतिका दुःखद् कथाहरु भने चिहानबाट बाहिर निस्कन आतुर छन्। अब हेर्नु छ, चिहानमा गाडिएका ती अपराधहरुको सूचीमा भएको नमीता–सुनीता हत्याकाण्डका सूत्रधारहरुलाई कांग्रेस–कम्युनिष्टसहितको बहुदलीय सरकारले कस्तो उपचार गर्ने हो! अपराध पुरिएका चिहानहरु उधिन्नु र त्यस प्रेतको छायाँबाट मुक्ति चाहनु प्रजातन्त्र सुदृढ पार्नुजस्तै अर्को महत्वपूर्ण कार्य हो। समय अहिले यही आवाजसित एकाकार छ।ँ
तर भयो के? जनआन्दोलनको बलमा बनेको अन्तरिम सरकारको मात्र के कुरा, त्यसपछिका सबैजसो जननिर्वाचित सरकारले समेत मल्लिक आयोगलगायतका सैयौं प्रतिवेदन र रिपोर्टहरुलाई त्यत्तिकै थन्क्याइदिए। त्यहींबाट शुरु भएको हो– जनताका अनेकन आकांक्षाहरुमाथि कुठाराघात गर्ने शासकीय अभियान। फलतः पञ्चातकालीन अपराधीहरुले पुनः फणा उठाउँदै गए र शीर्षासनमा तिनै खलनायकहरु पुनर्स्थापित हुँदै गए। बिनाकुनै परिश्रम, सत्ता घुमिफिरी हातमा आएपछि आफ्नो पालामा भएका अनेकन कुकर्महरु ढाकछोप गर्न तिनीहरु उद्यत हुने भइहाले। इच्छाअनुरुप नै मकरतन्त्रमा मौका जुर्‍यो उनीहरुलाई र आफ्नो हात जगन्नाथ गर्न पछि परेनन्।
हालैका दिनमा उनीहरुद्वारा गुपचुप तवरबाट गरिएका थप तिनै अपराधहरुमध्येको एक प्रमुख अपराधमा आधारित भएर लेखेको हुँ मैले यो पुस्तक। ‘माघ १९ को महाभारत’प्रति यहाँहरुले देखाउनुभएको अगाध स्नेहले जन्माएको हो– ‘दरबार काण्डपछि दबाइएको अर्को हत्याकाण्ड’लाई। अन्य विषयहरुमाथिका मेरा थप खोज–अन्वेषणहरु यहाँहरुकै अमूल्य सुझाव एवं प्रतिक्रियाहरुद्वारा निर्देशित हुने प्रतिबद्धता दोहोर्‍याउँदै अहिलेलाई बिदा चाहन्छु। धन्यवाद।
– किशोर श्रेष्ठ

प्रतिनिधिपात्रहरुको रामकहानी
को हुन् नमीता–सुनीता? के हो नमीता–सुनीता हत्याकाण्डको कथा? र, कोसँग जोडिएको छ यसको लहरो? २५ वर्ष पहिलेको रहस्यमय घटनालाई लिएर अहिले पनि अँध्यारा कोठाहरुमा किन षड्यन्त्रका जालहरु बुनिँदैछन्? किन नमीता–सुनीताको ‘हंस’ दरबारमार्गको शालिक वरिपरि घुमेझैं प्रतीत भइरहेछ?

यो कथा तिनै अभागी चेलीहरुको हो, जसले वास्तविक जीवन जिउनै पाएनन् र जसका कलिला एवं निर्दोष रहरहरु कोपिलामै निर्ममतापूर्वक निमोठिए। तिनलाई दुख्दा संवेदनशील मन भएकाहरुले ‘कठै’ त भने तर आफू सकिएर अनन्तमा बिलाउँदा पनि बिचरीहरुले सहानुभूतिबाहेक न्यायको ‘न’ समेत पाउन सकेनन्, अझै सकिरहेका छैनन्। अझै पनि नेपालका दूरदराज एवं शहरी इलाकामा दैनन्दिन हिंस्रक मनुवाहरुद्वारा रचिने षड्यन्त्रहरुको शिकार भइरहेका लाखौं अबलाका गुमनाम प्रतिनिधि पात्रहरुको रामकहानी पनि हो यो। 

लाखौं नेपाली महिलाहरुको नियति नै भन्नुपर्छ, उनीहरुलाई न बाँच्दा चैन छ, न मरेर मृत्युको मूल्य हासिल हुन्छ। दशकौंदेखि दासताको जञ्जिरमा लपेटिएका नेपाली महिलाहरु २१ औं शताब्दीको अत्याधुनिक कालखण्डमा आइपुग्दा पनि उही नियतिको शिकार बनिरहेका छन्। समाज अन्धो छ, उनीहरुमाथिको विभेद निर्मूल पार्नमा। त्यसमा पनि राज्यको उपल्लो तहका व्यक्तिहरुको नामसँग कुनै कृत्य जोडिँदा त्यसको ढाकछोप, त्यसउपर जालझेल, षड्यन्त्र र नानाथरिका साँठगाँठका कथा हामीले धेरैपटक सुन्दै र भोग्दै आएका हौं। त्यही ढाकछोप, जालझेल र षड्यन्त्रको अनुपम नमूना हो यो कथा।

तर,जालसाजीपूर्वक इतिहास जित्नेहरुको कृत्य एक दिन पटाक्षेप हुन्छ। इतिहास सधैं कुटिलतापूर्वक जित्नेको घोडामात्रै बनिरहँदैन रहेछ। बहुलवादी समाजमा नागरिकको चेतनास्तर उकासिँदै जाँदा जस्तै षड्यन्त्रका बान्कीहरु पनि एकदिन एक–एक गरी खुल्दा रहेछन्, र जनताले तिनलाई नाङ्गेझार पार्दै जाँदा रहेछन्।

झण्डै–झण्डै हामीले भुल्न लागेको यो एउटा त्यस्तो कथा हो, जसमा राज्यको उपल्लो तहका नागरिकले कतिसम्मको षड्यन्त्र रचेर अपराध गर्दछन् र ढाक्छन् भन्ने कुरा छर्लङ्ग प्रस्तुत भएको छ। यो पंक्तिकारले केही बोल्नुपर्दैन, जे बोल्छ तथ्य बोल्छ, लिखितम्को एक–एक अक्ष्ँर बोल्छ र भन्छ– ‘इतिहास सधैं षड्यन्त्रको पुलिन्दामा कैद भइरहँदैन!’

‘विशेष’ मान्छेहरुलाई अझै पनि के भ्रम छ भने इतिहासमा भए/गरिएका घटनाहरुलाई गगनसिंहको हत्यालाई जस्तैगरी लुकाउन सकिन्छ र हर मान्छेका विभत्स हत्याहरुलाई पनि रहस्यमय बनाइरहन सकिन्छ सधैंभरि। इतिहासलाई सधैंभरि गुमराहमा राख्न खोज्ने र त्यसलाई नाङ्गेझार पार्न खोज्नेहरुको हारजीत हुन बाँकी एउटा लडाइँको आयाम पनि हो यो घटना।

काट्टो नखाँदै ढिसमिस

उसो त रगतै रगतले लत्पतिएको, अनि षड्यन्त्रै षड्यन्त्रको पुलिन्दाले भरिएको एउटा दुर्दान्त इतिहास हो– नेपाली राजदरबारको चौपर्खाल र त्यस वरिपरिको भूगोल। जनताप्रतिको उत्तरदायित्वमा भन्दा आफ्नै मनोदशाहरुको तृप्तिमा व्यस्त रहने नकारात्मक दरबारिया प्रवृतिकै एउटा कडी हो ०५८ जेठ १९ कालरात्रिको शाही संहार। तर, त्रिपुरेश्वरमा राजा वीरेन्द्रको काजक्रिया सकिएको थिएन, बाहुनहरुले काट्टो खाएर हात्ती चढ्न पनि भ्याएका थिएनन् र वीरेन्द्र राजाको बंश–बध गरिएकोमा नेपाली जनता अश्रुमिश्रित आक्रोशमा रुमल्लिइरहेका थिए। सर्वसाधारण सबै स्तब्ध थिए, सुचारु केही थिएन। तर, त्यही स्तब्धताका बीच, अर्थात् राजा वीरेन्द्रको वंशबिनाश भएको १० औं दिन दरबारियाहरु मुछिएको एउटा मुद्दालाई हठात् टुङ्गो लगाइयो, त्यो पनि अत्यन्तै गोप्य तवरमा।

मुलुकको गति टक्क रोकिएको बेला व्यापक रुपमा प्रहरी, प्रशासन र कानूनकर्मीहरु परिचालित हुन्छन्, र ‘माथिको आदेश’ मा, संदिग्ध शैलीमा अदालतै नपुर्‍याई पुनरावेदन सरकारी वकिल कार्यालयबाटै गुपचूप मुद्दा टुङ्गो लगाइन्छ भन्ने कुराको कसले पो अनुमान लगाउन सक्ला र! तर, भयो त्यस्तै।

पञ्चायतकालीन नेपालमा राज्यको बर्बरताअन्तर्गत खूबै चर्चाप्राप्त विषय हो यो। निहत्था तीन चेलीलाई बलात्कार गरी उनीहरुको जीवनहरण गरिएको र वर्षौंदेखि जोडतोडका साथ उठ्दै आएको विषय पनि हो यो। २० वर्षदेखि किनारा लाग्न नसकेको यो मुद्दालाई इशारा–इशाराकै भरमा किनारा लगाइयो र दरबारियाहरु सुनपानीले चोख्खिने चालमा लागे।

२०३८ साल जेठ २४ गते पोखरामा भएको नमीता–सुनीता–नीरा–चूडामणि हत्याकाण्डसम्बन्धी मुद्दाको ठ्याक्कै २० वर्ष ६ दिनपछि, अर्थात् ०५८ जेठ २९ मा हठात् टुङ्गो लगाइएको छ। पोखरास्थित पुनरावेदन सरकारी वकिल कार्यालयले जिल्ला सरकारी वकिल कार्यालयलाई त्यसदिन गोप्य र अति जरुरी एक पत्र पठायो। वादी श्री ५ को सरकार र प्रतिवादी ‘नखुलेको’ सो मुद्दा ‘सह–न्यायाधिवक्ताज्यूसमक्ष्ँ पेश हुँदा’ भन्दै पत्रमा ‘हाललाई कोही कसैउपर मुद्दा नचलाउने गरी मिति ०५८।२।२९ मा निकासा भएकाले कानूनबमोजिम गर्न’ आदेश दिइएको थियो। पत्रमा मुद्दाका जाहेरीवाल शेषमणि शर्मा कहाँ–कुन अवस्थामा छन्, भन्नेबारे केही उल्लेख छैन। सोही हत्याकाण्डका भरपर्दा साक्षी वनपाले चूडामणि अधिकारीको लगत्तै भएको रहश्यमय मृत्युसम्बन्धी मुद्दाको बारेमा पनि ‘आदेश दिनेहरु’ चूपचाप छन्। पुनरावेदन सरकारी वकिलको कार्यालयले त्यसरी जिल्लालाई पत्र पठाएपछि जिल्लाले ‘पछि खोजी भएका बखत उपलब्ध गराउन सक्नेगरी’ भन्दै प्रशासनलाई कागजातहरु कसैले भेट्टाउनै नसक्नेगरी लुकाएर राख्न अनुरोध गर्दै अर्को पत्र पठायो।

उता अपराधी पत्ता लाउनमा माखो नमार्ने प्रहरी प्रधान कार्यालयको उक्त हत्याकाण्डको फाइल बन्द गराउनमा चाहिँ चासो र संलग्नता अचम्मैसँग फूर्तिलो ढङ्गको पाइएको छ। उसले सि.नं. १०८९९ को सञ्चार आदेश क्षेत्रीय प्रहरी कार्यालय, पोखराको नाममा जारी गर्दै ०६० साल मंसीर १८ गते दिउँसो १५ः२० बजे दर्ता नम्बर ११५९८ मार्फत् भनेको थियो– ‘आर्थिक वर्ष ०३७/०३८ वा ०३८/०३९ मा दर्ता भएको समिता–नमीता हत्याकाण्डसम्बन्धी मिसिल सुरक्षिततवरले अबिलम्ब पठाउनुहुन नि. अनुरोध छ।’ यसको भोलिपल्टै डीआइजी कार्यालयका प्रहरी नायव उपरीक्षक रामजी थापाले क्रमसंख्या ४२२९ रहेको ताकेतापत्र जिल्ला प्रहरी कार्यालय, कास्कीका नाममा प्रेषित गरेका थिए। सोही ताकेताअनुसार प्रहरी निरीक्षक तुलबहादुर कार्कीले पुस १४ गते नक्सालस्थित अपराध अनुसन्धान विभागको अभियोजन महाशाखाका नाममा पत्र (मु– २–१– ३९/०६०/६१, च.नं. ४५४८) लेख्दै प्रहरी जवान बालकृष्ण देवकोटाको जिम्मा लगाई हत्याकाण्डको मिसिल काठमाडौं पठाएर माथिको हुकुम तामेल गरे। त्यसको पर्सिपल्ट दिउँसो १४ः५० बजे प्रहरी नायव निरीक्ष्ँक (सइ) इन्द्रबहादुर थापाले उक्त मिसिल बुझेर हाकिमहरुसमक्ष टक्र्याएका थिए। त्यो मिसिलमार्फत् जिल्ला प्रहरी कार्यालय, कास्कीले ०५८ को जेठमा नीरा पराजुलीको अवस्था अज्ञात रहेको र नमीता–सुनीता भण्डारीलाई कसले, कसरी हत्या गरी घटनास्थलमा फ्याँकेको भन्ने कुरा ‘हालसम्मको अनुसन्धानबाट खुल्न नआएको’ भन्दै पछि खुल्न आएको बखत कानूनबमोजिम गर्नेगरी उक्त मुद्दा टुङ्गयाउने तारतम्य मिलाएको थियो।
स्मरणीय के छ भने, मुद्दा फिर्ता लिने प्रक्रिया सट्याकसुटुक चलिरहेका बेला नेपाली कांग्रेसका रामचन्द्र पौडेल उपप्रधान तथा गृहमन्त्री थिए भने मुद्दाको फायल पूर्णतया बन्द गरिँदा बद्रीप्रसाद मण्डल उक्त पदको रैथाने भइसकेका थिए। संयोग पनि कस्तो भने, पोखरामा नमीता–सुनीतामाथि बलात्कार हुँदा मण्डल यता राजधानीको वीर अस्पतालमा स्वास्थ्यमन्त्रीका हैसियतले एकजना नर्समाथि दिनदहाडै हात हाल्दै थिए। राजा वीरेन्द्रको वंशबिनाश भएलगत्तै पौडेलले एक सार्वजनिक कार्यक्रममा ‘माओवादी निर्मल निवासबाट सञ्चालित छन्’ भन्ने अभिव्यक्ति दिएका थिए र ‘त्यसैबापत’ उनको ‘जागिर खोसुवामा’ परेको थियो भने ०५९ असोज १८ पछि प्रभूको पाऊमा आफ्नो आधा पार्टीसहित लम्पसार परेबापत मण्डलले मुलुकको सुरक्षा संयन्त्र हाँक्ने महŒवपूर्ण जिम्मेवारी प्राप्त गरेका थिए। दरबारलाई हुने/नहुने सबै काममा आँखा चिम्लेर साथ दिने भएपछि लोकेन्द्र,मण्डल र सबैखाले मण्डलेहरु घुम्दैफिर्दै रुम्जाटार भनेझैं सत्तामा पटकपटक सामेल हुनु अस्वभाविक कुरा पनि त भएन!

वीरेन्द्र मारिएको शोकमा सिङ्गो राष्ट्र डुबिरहेको मौका छोपेर अपराधीहरुलाई अभयदान दिने प्रक्रियाको शुरुवात गर्नका लागि पनि यसअघि उत्तिकै नाटकीय कसरत भएको थियो। जिल्ला प्रहरी कार्यालय, कास्कीका तत्कालिन प्रहरी उपरीक्ष्ँक (एसपी) रमेशशेखर बज्राचार्यले प्रहरी निरीक्ष्ँक (इन्स्पेक्टर) नरेन्द्रबहादुर सापकोटालाई ‘त्रुटीरहित तवरबाट कार्य गर्न’ अनुसन्धान अधिकृत खटाएका थिए। अनुसन्धान अधिकृत खटिएका इन्स्पेक्टरले जिम्मेवारी पाएको पाँच दिनपछि सइ राजेन्द्रप्रसाद रेग्मीको नाममा एक पत्र (मु.मि.नं. ४० ०३७/३८, ०५७/०५८) लेखी काठमाडौं नयाँ सडकस्थित महिला संगठन (तत्कालिन) को कार्यालयअगाडि विजय पान भण्डारका मालिक सानुबाबु भन्नेको छोरा राजु भन्ने झलकमान रावतसँग केही कुरा बुझ्नुपर्ने उल्लेख गर्दै झलकमानलाई खोजेर फेला परेमा कार्यालय (जिप्रका, कास्की) मा उपस्थित गराउन आदेश दिएका थिए। उनले प्रहरी हवल्दारहरु ताराप्रसाद पोखरेल र आत्माराम रिजाललाई पनि झलकमानको खोजीका लागि खटाएका थिए, तर झलकमान फेला परेनन्। यिनै झलकमानको खोजीका निम्ति २० वर्ष पहिले ०३८ साल जेठ ३२ गते आइतबारका दिन (पत्रसंख्या मु. १८/१२४२ मार्फत्) नमीता–सुनीता हत्याकाण्डका तत्कालिन अनुसन्धान अधिकृत प्रहरी निरीक्ष्ँक बाबुराम पुनले नायव निरीक्ष्ँक नरबहादुर शेरचनको नेतृत्वमा प्रहरी जवान सिंहबहादुर थापासहितको टोली खटाएका थिए। उक्त टोली राउतको खोजी गर्दै हनुमानढोकासम्म आइपुगेको थियो, तर न त्यतिबेला न त अहिले नै प्रहरीले निजलाई पक्रन सक्यो। उक्त हत्याकाण्डमा निजको के–कस्तो संलग्नता थियो, जसले गर्दा पछिसम्म पनि निजको पिछा छोडिएन, यसको रहश्य भने गर्भमै रह्यो। बरु, अनौठो संयोग त के देखियो भने दुबैचोटी निजको खोजीमा सुरक्षाकर्मी खटाउने प्रहरी हाकिमहरु त्यसलगत्तै या त सरुवा गरिए, या राजीनामा लिएर घर पठाइए।

यसरी, राजा वीरेन्द्रको जूठो नसकिँदै नमिता–सुनीता हत्याकाण्डको मुद्दालाई ढिसमिस पारियो, जुन कुरा अहिलेसम्म बाहिर नल्याई लुकाइराखिएको छ।

कति कठोर नियति!

कलिला मुनाजस्ता आफ्ना छोरीहरु अकालमै चँुडिएपछि लाजिम्पाटस्थित भण्डारी निवास अझै पनि सुनसान छ। १७ सालमै असाध्यै व्यथाले च्यापेपछि २८ वर्षकै युवा उमेरमा आर्यघाट लगेर पनि पुनर्जन्म पाएका माधवराज भण्डारीलाई अचेल मधुमेहसम्बन्धी रोगले सताइरहेको छ। यसबाट बचेर कृत्रिम रुपमा जीवनयात्रा अघि बढाउन उहाँले दिनको चारचोटि इन्सुलिनको सुई लगाउनुपर्छ। कति कठिन हुन्छ जीवन, जब मानिसको शरीरमा हरेक दिन पटक–पटक घोचिरहनुपर्ने हुन्छ! दिनचर्या पूरै बद्लिएको छ उहाँको। सुई लगाइरहनुपर्ने हुँदा धेरै समय उहाँ घरबाहिर बिताउन सक्नुहुन्न। साथीभाइसँगको सङ्गत एकादेशको कथा भइसक्यो। कलेजोमा खराबी देखियो भन्छन् चिकित्सकहरु। जीवनको उत्तरार्द्धमा पुगिसक्नुभयो उहाँ। उमेरले ७३ नाघिसक्यो। ओरालो लागेको मृगलाई बाच्छाले पनि खेद्छ भनेझैं थरिथरिका बिमारीले सताएको उहाँको आँखाबाट अनियन्त्रित आँशु बगिरहन्छ। घुँडोले राम्ररी टेको दिँदैन। माधवराजको जीवनमा आइलागेको आपत्ति गन्दै जाने हो भने एकभारि पुग्न बेर छैन। ०४६ सालको परिवर्तनपछि पोखरा हत्याकाण्डको निष्पक्ष्ँ छानविन होला र हत्याराहरुले सजायँ पाउलान् भन्ने आशा पलाएको थियो उहाँको परिवारमा। तर, जनान्दोलनका दौरान नरसंहार मच्चाउनेहरुलाई मल्लिक प्रतिवेदनसमेत फोहोरको डङ्गुरमा मिल्काएर सात खत माफ दिने बहुदलीय नेताहरुले अरु सर्वसाधारणसरह भण्डारी परिवारको आशा र भरोसामाथि समेत निर्मम कुठाराघात गरिदिए। त्यतिमात्र कहाँ हो र, छोरीहरु मारिएको १० वर्ष पनि नपुग्दै तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको सनकमा उल्टै माधवराजको अनिवार्य अवकास पाउनु दुईवर्षअघि नै जागिर खोसियो। केही महिना कुरेर कन्फर्म सचिव हुन दिइएको भए उहाँले अहिले मासिक निवृत्तिभरण कम्तिमा १२ हजार पाउनुहुन्थ्यो। तर, सत्ता नै पछि लागेपछि कसको के लाग्दो रहेछ र!

आफू महावाणिज्यदूतका रुपमा कलकत्तामा कार्यरत रहँदा त्यहाँको रथुद्दिन होटलमा ०१५ सालका कांग्रेसी गृहमन्त्री सूर्यप्रसाद उपाध्यायसँग सुटुक्क भेटघाट गर्न गइरहनुहुन्थ्यो उहाँ। सुवर्णसमशेर बित्दा श्रद्धाञ्जलि दिन पनि गणेशमानजीसँगै जानुभएकै हो। शायद यस्तै–यस्तै गतिविधिका कारण समय नपुग्दै पटक–पटकको ताकेताबाट फिर्ता बोलाइयो। र, अतिरिक्त समूहमा थन्क्याइयो लामो समयसम्म। ००६ सालको एसएलसी बोर्डमा हालका चर्चित इञ्जिनियर गौरीनाथ रिमालसँगै तेस्रो स्थान हासिल गर्ने मेधावी छात्र हुनुहुन्थ्यो माधवराज। सरकारी जागिर खानुअघि उहाँसँग लैनचौरको शान्ति विद्यागृहमा प्रधानाध्यापकको हैसियतले राष्ट्रसेवा गरेको अनुभवसमेत हासिल छ।

सिन्धुपाल्चोकको ठोकर्पामा पर्छ उहाँको पुर्ख्यौली घर। त्यहींको बाघभैरव उच्च माविमा हुन लागेको माओवादी अभिनन्दनमा सेनाले चारवटा हेलिकप्टरबाट बम बर्साउँदा ०६२ चैतको १४ गते विद्यालय क्षतविक्षत हुनुको अलावा नजिकै बाख्रा चराइरहेका …वर्षीय बृद्धको ज्यान गएको थियो। अरु पनि थुप्रै घाइते भएका थिए। त्यहींबाट आउँथ्यो वर्षको ३५ मुरी धान। तर, विश्वास गरिएको नजिकको मान्छेले नै घात गरेपछि बिगत ४ वर्षदेखि गाउँबाट आउने अन्नको आश पनि मरेको छ। त्यसमाथि मोहीबाट बाली बुझेर वर्षेनी काठमाडौं ल्याइदिने छिमेकी टङ्कप्रसाद न्यौपानेको ०६१ सालको दशैंताका निधन भएपछि त आउने बाटो पूरै बन्द भइगयो। त्यसो त उनी जीवित छँदै पनि माओवादीले उठाएर लगिदिएको र आएर खाइदिएको भन्दै बाली बुझाउने क्रम टुट्दै गएको थियो।

यत्तिमै मात्र टुङ्गिँदैन नमीता–सुनीताका अभिभावकहरुको रामकहानी। ६५ वर्षीया माता उच्च रक्तचापको व्यथाद्वारा सताइनुभएको छ। एक्ला दाजु प्रदीप बेलायत गएर उतै बेरोजगार हुनुभएको छ। आफ्ना बहिनीहरुमाथि भएको क्रुरतम् अत्याचारका कारण मानसिक तनाव उत्पन्न भएपछि कलेज छाडेर जोगी हुन्छु भनी तीन महिनासम्म अलप हुनुभएका उहाँको जीवन विदेशमा पनि सुखपूर्वक व्यतित हुन पाएको छैन भने आमाबाबुको समस्या हेर्ने त कुरै आएन। एकान्तप्रेम बढ्दै गएको छ उहाँमा। त्यसैले प्रदीपको जीवनमा पारिवारिक विखण्डनको पहाड पनि आइलागेको छ र भर्खरै उहाँले आफ्नी जीवनसङ्गीनीको साथ छाडेर अर्कैसँग गृहस्थी सम्हाल्न थाल्नुभएको छ।

माधवराजकी आमा ९० वर्षको हुनुभयो। उहाँ पनि लाजिम्पाटमै बस्नुहुन्छ। बस्, तीनजना बूढाबूढीको सुस्त पद्चाप सुनिन्छ त्यो घरमा। र, घरपछाडिको बगैंचाबाट आउने चराचुरुङ्गीको आवाजबाहेक कुनै पारिवारिक कोलाहल छैन त्यहाँ। एउटी सानी फुच्ची छिन्, उनले बेलाबखत पानी तताइदिन्छिन्। घरमा अरु कोही बस्दैनन्, त्यसैले भाडा आउने कुरै भएन। जागिरे जीवनको निवृत्तिभरणबापत प्राप्त हुने महिनाको ८ हजार ८ सय ६४ रुपियाँले गुजारा चलेको छ। माधवराजकी दुईजना आमा हुनुहुन्छ। त्यसमध्ये जेठीपट्टीबाट जन्मनुभएका ठूला दाजु उद्धव भण्डारीको ०१४ सालदेखि नै अत्तोपत्तो छैन भने भतिज बल्लभ अहिले जनकपुर चुरोट कारखाना लिमिटेडको बानेश्वरस्थित कार्यालयमा सातौं तहको जागिरे हुनुहुन्छ।

नीराका बुबा थीरमणि पनि ०५७ सालको मंसीर १० गते महाराजगञ्जस्थित शिक्षण अस्पतालमा बितिसक्नुभएको छ। नीराका जेठाभाइ किरण रक्सीको लतमा लागेर पिताजीको पद्चिन्ह पछ्याउँदै ०५९ फागुन ६ गते काठमाडौँ मेडिकल कलेजमै बिते भने कान्छो भाइ सञ्जीव हाल अमेरिकामा छन्। किरणका एक छोरी र एक छोरा हाल टुहुरो अवस्थामा छन्। संभवतः नीरा यतिखेर हुन्थिन् भने त्यो घरमा यसरी अन्धकार छाउने थिएन होला।

सबैको एउटै बोली

हो, यिनै दुई परिवारलाई आज पनि धरधरी रुवाइरहने पोखरा हत्याकाण्ड सम्पूर्णतः टुङ्गयाउने प्रयोजनका निम्ति राज्यको सिङ्गो संयन्त्र यसरी सक्रिय भयो कि त्यसको चपेटामा पर्नबाट कोही पनि बच्न सकेनन्। मुद्दा चलाउनका निम्ति प्रमाण पुगेन भन्ने दुनियाँलाई देखाउन घटना भएको ठ्याक्कै २१ वर्षपछि पोखरावासीहरुलाई घर–घर पुगेर प्रशासनको पक्षमा सकारात्मक बयान दिन बाध्य बनाइयो।

यसक्रममा ०५८ जेठका विभिन्न मितिमा पोखरा उपमहानगरपालिका वडा नं. २ बस्ने वर्ष ४६ का अर्जुनबिक्रम राणा, सोही स्थानमा बस्ने ४० वर्षीय बिनोद पराजुली, वडा नं. १ का बासिन्दा रामभूषण पराजुली र मिरुवा निवासी ५४ वर्षीय रुद्रमणि पराजुलीबाट झण्डैझण्डै उस्तै व्यहोराको बयान लिइयो भने सकारात्मक परिणाम हात नलाग्ने ठहरका साथ बल्लभराज भण्डारीको हकमा चाहिँ १८ वर्षअघि नै बगालेटोल पोखरा–८ छाडेर हिँडेको र हाल अत्तोपत्तो नभएको व्यहोरा कागजमा उतारियो। राजन श्रेष्ठ र ६१ वर्षीय बृद्ध देवीप्रसाद गुरुङ्गको रोहवरमा प्रहरीले लिएको बयानमा सबैको जवाफ थियो– ‘२०३८ जेठ २९ र २०३८ असार ६ गते पोखरा ११ फूलवारी तथा वडा नं. ३ नारायणस्थानको बीचमा पर्ने सेती नदीको किनारामा नमीता तथा सुनीता भण्डारीको मृतक लाश फेलापरेको थाहा पाएको हुँ, निजहरुलाई को–कसले उक्त अवस्थामा हत्या गर्‍यो मलाई थाहा भएन, हालसम्म हराइरहेकी नीरा पराजुली के–कहाँ छन् थाहा भएन भनी सही–छाप गर्ने………।’

पोखरा प्रस्थान

यो कथाको शुरुवात ०३८ साल जेठ १८ गते काठमाडौं, लाजिम्पाटका दुई सम्पन्न परिवारबाट भएको छ।

जेठ १८ गते बिहान ७ बजे नमीता, सुनीता र नीराको पोखराका लागि प्रस्थान भयो। साथमा नमीता, सुनीताका दाजु (ठूलाबुबाका छोरा) बल्लभ भण्डारी, उनकी श्रीमती विजया, बहिनी शारदा र सानो छोरा पिन्टु (विनय) पनि थिए। नमीता–सुनीताको विद्यार्थी सहुलियतमा अघिल्लो दिन टिकट काटिएको थियो। बल्लभ बसको अघिल्लो भागमा ड्राइभरस“गै बसेका थिए भने केटीहरु सबभन्दा पछिल्लो सिटमा थिए।

बल्लभको घर चाबहिल र ससुराली लाजिम्पाटमा पर्दछ। उनैको संरक्षणमा रहनेगरी यी केटीहरुलाई पोखरा जाने अनुमति प्राप्त भएको हो। पोखरा भ्रमण नमीता–सुनीताका निम्ति नौलो अनुभव थियो भने नीरा यसभन्दा अघि दुईचारपटक पोखरा गइसकेकी थिइन्। पोखराको विन्ध्यवासिनी छेउ, सराङकोट जाने बाटोको फेदीमा नीराकी हजुरआमा र स्थानीय विद्यालयको प्रधानाध्यापक रहेका काका रुद्रमणिको बसोबास छ।

दिउ“सो अढाई बजेतिर पोखरा बसपार्कमा उत्रिएर सातै जनाले बगाले टोल जान अर्को लोकल गाडी पक्रिए। त्यहा“ बल्लभको सानो डेरा थियो। उनी जनकपुर चुरोट कारखानाको पोखरा डिपोका खरिदार थिए। नीरा त्यसै सा“झ काकाको घरतर्फ लागिन्।

भोलिपल्ट बिहानदेखि पानी पर्न थाल्यो। तैपनि ७ बजे नीरा ट्याक्सीमा बगाले टोल आइपुगिन् र नमीता–सुनीतालाई समेत लिएर तुरुन्तै फर्किन्। नीराको काकाको घरमा उनीहरु केही घण्टामात्र बसे। १०.३० बजेतिर बल्लभको डेरा हु“दै पूर्णिमा सिनेमा हलतर्फ लागे। त्यसदिन उनीहरुले हेरेको हिन्दी फिल्मको नाम थियो– सञ्जीवकुमार र लाटीको भूमिकामा जया भादुडी(बच्चन)द्वारा अभिनित …कोशिश’। अघिल्लो दिनझैं त्यस दिन पनि नीरा साथीहरुस“ग रात बिताउने गरी बसिनन्। सा“ढे चार बजे नै उनी काकाको घरतर्फ लागेकी थिइन्। २० गते बिहानै उनीहरु फेवाताल हेर्न गए। एकैछिनमा पानी पर्न थाल्यो। डा“फे कला मन्दिरमा ओत लागेर उनीहरु १२ बजेतिर डेरा फर्किए। २१ गते बगर घुम्ने क्रममा बल्लभस“ग बसपार्कमा भेट भयो। उनी कार्यालयकै कामको सिलसिलामा स्याङ्जा जान लागेका थिए। बुधबारदेखि घुम्न जानेमा तीनजना मात्र भए किनकि उनीहरुका साथमा हि“ड्ने १३ वर्षीय भुवन (काकाको छोरा) को अन्तिम परीक्षा एकदमै नजिक आइरहेको थियो र घरमा सबै आउ“को बिमारीले पीडित हुन थालेका थिए। तसर्थ, बुधबार अर्थात् २२ गते भुवनलाई घरमै छाडी तीनजना केटी पेन्सन क्याम्पमा रहनुभएकी नीराकी सानीआमाकहा“ गए। सानीआमाले खाना खुवाउनुभयो। फर्कने बेलामा सानीआमालाई दुई–तीन दिनभित्र काठमाडौं जाने कुरा बताइएको थियो। दिउ“सो उनीहरु टु“डिखेलनेरै बन्दै गरेको सानीआमाको नया“ घर हेर्न गए, राति उपन्यास पढे, पढ्दापढ्दै थाकेर निदाए। बल्लभको कोठा सानो भएका कारण अघिल्लो दिनदेखि नमीता–सुनीता यता सरेका थिए।

भोलिपल्ट नमीता र सुनीता पत्र लेख्न बसे। सुनीताको पत्रमा यस्तो लेखिएको थियो–

२३ जेठ ०३८, पोखरा
आदरणीय बाबा तथा दिदीमा प्रणाम †
प्रदीप दाजुको पत्र आएको छ कि छैन? हामी अब दुई–चार दिनमा फर्की पनि हाल्छौं तर पनि रहरले यो पत्र लेख्दैछु। सबै कुरा नमीताको पत्रबाट ज्ञात हुने भएकाले यो पत्र यहीं समाप्त गर्दछु। नीराको तर्फबाट मुमा, बुबामा प्रणाम सुनाइदिनुहोला।
– उही सुनीता

(यहा“ दिदी भनेर आमा सफलादेवीलाई संबोधन गरिएको हो। प्रदीप त्यतिबेला पश्चिम बङ्गालका तत्कालीन कम्युनिष्ट मुख्यमन्त्री ज्योति बसुको विशेष कोटाअन्तर्गत छात्रावासको कोठा नं. ६० मा बसेर कोलकाता– ४ को आरजी कर मेडिकल कलेजमा एमबीबीएसका छात्र हुनुहुन्थ्यो।)

२४ गते बिहान सबेरै उनीहरु बेगनास ताल घुम्न जाने योजना बनाएर घरबाट हि“डे।
अफसोच † दुई–तीन दिनमै घर फर्कने तिनको सपना कहिल्यै पूरा हुन पाएन। जेठ २४ गते बिहानदेखि तीनजना केटीहरु फेरि कतै देखा नपर्नेगरी गायब भए। 

यो कथाको शुरुवात ०३८ साल जेठ १८ गते काठमाडौं, लाजिम्पाटका दुई सम्पन्न परिवारबाट भएको छ।
जेठ १८ गते बिहान ७ बजे नमीता, सुनीता र नीराको पोखराका लागि प्रस्थान भयो। साथमा नमीता, सुनीताका दाजु (ठूलाबुबाका छोरा) बल्लभ भण्डारी, उनकी श्रीमती विजया, बहिनी शारदा र सानो छोरा पिन्टु (विनय) पनि थिए। नमीता–सुनीताको विद्यार्थी सहुलियतमा अघिल्लो दिन टिकट काटिएको थियो। बल्लभ बसको अघिल्लो भागमा ड्राइभरस“गै बसेका थिए भने केटीहरु सबभन्दा पछिल्लो सिटमा थिए।
बल्लभको घर चाबहिल र ससुराली लाजिम्पाटमा पर्दछ। उनैको संरक्षणमा रहनेगरी यी केटीहरुलाई पोखरा जाने अनुमति प्राप्त भएको हो। पोखरा भ्रमण नमीता–सुनीताका निम्ति नौलो अनुभव थियो भने नीरा यसभन्दा अघि दुईचारपटक पोखरा गइसकेकी थिइन्। पोखराको विन्ध्यवासिनी छेउ, सराङकोट जाने बाटोको फेदीमा नीराकी हजुरआमा र स्थानीय विद्यालयको प्रधानाध्यापक रहेका काका रुद्रमणिको बसोबास छ। 

दिउ“सो अढाई बजेतिर पोखरा बसपार्कमा उत्रिएर सातै जनाले बगाले टोल जान अर्को लोकल गाडी पक्रिए। त्यहा“ बल्लभको सानो डेरा थियो। उनी जनकपुर चुरोट कारखानाको पोखरा डिपोका खरिदार थिए। नीरा त्यसै सा“झ काकाको घरतर्फ लागिन्।

भोलिपल्ट बिहानदेखि पानी पर्न थाल्यो। तैपनि ७ बजे नीरा ट्याक्सीमा बगाले टोल आइपुगिन् र नमीता–सुनीतालाई समेत लिएर तुरुन्तै फर्किन्। नीराको काकाको घरमा उनीहरु केही घण्टामात्र बसे। १०.३० बजेतिर बल्लभको डेरा हु“दै पूर्णिमा सिनेमा हलतर्फ लागे। त्यसदिन उनीहरुले हेरेको हिन्दी फिल्मको नाम थियो– सञ्जीवकुमार र लाटीको भूमिकामा जया भादुडी(बच्चन)द्वारा अभिनित ‘कोशिश’। अघिल्लो दिनझैं त्यस दिन पनि नीरा साथीहरुस“ग रात बिताउने गरी बसिनन्। सा“ढे चार बजे नै उनी काकाको घरतर्फ लागेकी थिइन्। २० गते बिहानै उनीहरु फेवाताल हेर्न गए। एकैछिनमा पानी पर्न थाल्यो। डा“फे कला मन्दिरमा ओत लागेर उनीहरु १२ बजेतिर डेरा फर्किए। २१ गते बगर घुम्ने क्रममा बल्लभस“ग बसपार्कमा भेट भयो। उनी कार्यालयकै कामको सिलसिलामा स्याङ्जा जान लागेका थिए। बुधबारदेखि घुम्न जानेमा तीनजना मात्र भए किनकि उनीहरुका साथमा हि“ड्ने १३ वर्षीय भुवन (काकाको छोरा) को अन्तिम परीक्षा एकदमै नजिक आइरहेको थियो र घरमा सबै आउ“को बिमारीले पीडित हुन थालेका थिए। तसर्थ, बुधबार अर्थात् २२ गते भुवनलाई घरमै छाडी तीनजना केटी पेन्सन क्याम्पमा रहनुभएकी नीराकी सानीआमाकहा“ गए। सानीआमाले खाना खुवाउनुभयो। फर्कने बेलामा सानीआमालाई दुई–तीन दिनभित्र काठमाडौं जाने कुरा बताइएको थियो। दिउ“सो उनीहरु टु“डिखेलनेरै बन्दै गरेको सानीआमाको नया“ घर हेर्न गए, राति उपन्यास पढे, पढ्दापढ्दै थाकेर निदाए। बल्लभको कोठा सानो भएका कारण अघिल्लो दिनदेखि नमीता–सुनीता यता सरेका थिए।

भोलिपल्ट नमीता र सुनीता पत्र लेख्न बसे। सुनीताको पत्रमा यस्तो लेखिएको थियो–
२३ जेठ ०३८, पोखरा
आदरणीय बाबा तथा दिदीमा प्रणाम †
प्रदीप दाजुको पत्र आएको छ कि छैन? हामी अब दुई–चार दिनमा फर्की पनि हाल्छौं तर पनि रहरले यो पत्र लेख्दैछु। सबै कुरा नमीताको पत्रबाट ज्ञात हुने भएकाले यो पत्र यहीं समाप्त गर्दछु। नीराको तर्फबाट मुमा, बुबामा प्रणाम सुनाइदिनुहोला।
– उही सुनीता

(यहा“ दिदी भनेर आमा सफलादेवीलाई संबोधन गरिएको हो। प्रदीप त्यतिबेला पश्चिम बङ्गालका तत्कालीन कम्युनिष्ट मुख्यमन्त्री ज्योति बसुको विशेष कोटाअन्तर्गत छात्रावासको कोठा नं. ६० मा बसेर कोलकाता– ४ को आरजी कर मेडिकल कलेजमा एमबीबीएसका छात्र हुनुहुन्थ्यो।)

२४ गते बिहान सबेरै उनीहरु बेगनास ताल घुम्न जाने योजना बनाएर घरबाट हि“डे।

अफसोच † दुई–तीन दिनमै घर फर्कने तिनको सपना कहिल्यै पूरा हुन पाएन। जेठ २४ गते बिहानदेखि तीनजना केटीहरु फेरि कतै देखा नपर्नेगरी गायब भए।

बिहानै हि“डेका केटीहरु त्यो सा“झ घर आइपुगेनन्। भोलिपल्टको सा“झ पनि त्यसैगरी बित्यो। रुद्रमणिले कुनै अनिष्टको आशङ्का गर्न सक्नुभएन। बल्लभकै डेरामा बसे कि † यही सोचाइमा उहा“हरुले रात बिताउनुभयो। तर, सोचाइ उल्टो सावित हुन पुग्यो। हजुरआमा थीरकुमारी र नाति भुवन सोमबार बिहान बल्लभको डेरा पुगेर सोधखोज गर्दा सबैजना आश्चर्यचकित भए। ३–४ दिनदेखि बल्लभस“ग ती केटीहरुको भेटघाट भएको थिएन। मनमा चीसो पस्यो। सबैजना क्षेत्र विभाजन गरेर ठाउ“–ठाउ“मा खोज्न हि“डे। हजुरआमा सानीआमा कहा“ जानुभयो, काका फोटो लिएर बेगनासतिर लाग्नुभयो। कतैबाट केही सुइ“को नपाएपछि आजित हुनुभएका काकाले २७ गते मङ्गलबार माधवराज (नमीता, सुनीताका बुबा) स“ग छोरीहरु फर्के–नफर्केको बारे ट्रङ्कमा कुरा गर्नुभयो।

रुद्रमणिले पुलिसमा रिपोर्ट गर्न अनुमति माग्नुभयो। तर, माधवराज मान्नुभएन। ट्रङ्कमा कुराकानी सकिएपछि माधव एउटा गाडीको तलासमा लाग्नुभयो। आफ्नो भूपू महानिर्देशकलाई गाडी दिनु उद्योग विभागका लागि गाह्रो काम थिएन। उहा“ले भतिज नीलप्रसाद भण्डारी (हाल सिन्धुपाल्चोक जिविसमा मनोनीत) र बासुप्रसाद रेग्मीलाई गाडी चढाएर पोखरातिर पठाउनुभयो। गृहमन्त्री नवराज सुवेदीलगायतका विभिन्न उच्चपदस्थ व्यक्तिहरुलाई गुहार्नमै केही समय बित्यो। माधवराजका अनुसार, उद्योग मन्त्रालयमा स“गै कार्यरत नवराजले कुरालाई गम्भीरतापूर्वक सुन्ने धैर्यता देखाएनन्। उनले माधवराजलाई सहानुभूति राख्दै यतिमात्र भनेका थिए– ‘तपाईं पोखरा गइहाल्नुस्, मैले शानेवानिलाई भनिदिएको छु। विमानस्थलबाट सोझै टिकट लिए हुन्छ। गइहाल्नुस्।’

यता, काठमाडौंको स्थिति यस्तो थियो भने पोखरामा नमीता, सुनीता हराएको कुरालाई लिएर सनसनी फैल“दै गयो। अनेक आशङ्काहरु उठाइन थाले। यसैबीच, अर्थमन्त्री यादवप्रसाद पन्त (नमीता–सुनीताकी जेठी दिदी अजिताको बिहे तीन–चार महिनाअघि मात्र पन्तका छोरा डा. गिरिशप्रसाद पन्तस“ग भएको थियो) र गृहसचिव कर्णध्वज अधिकारीबाट गण्डकी अञ्चलाधीश गणेशमान श्रेष्ठ (स्व.) लाई ‘केटीहरुको राम्ररी खोजतलास गर्न’ निर्देशन गयो। काठमाडौंको सबै काम सकेर २९ गते बिहीबार माधवराज, उहा“की श्रीमती र नीराकी आमा प्लेनबाट पोखरातर्फ लाग्नुभयो। मोटरसाइकल दुर्घटना भएर हात मर्किएका कारण दमका रोगी थीरमणि उहा“हरुस“ग जानुभएन।

पोखरा एयरपोर्टमै कसैले एउटी केटीको लाश फेला परेको खबर सुनायो। उहा“हरुले अस्पताल पुगेर हेर्दा त्यो लाश नमीताको थियो। नमीताको शरीरबाट घा“टीमै झुण्डिरहेको लेडिज ब्याग, दुवै दिदी–बहिनीका परिचयपत्र, सुनको लकेटसमेत फेला परे। यसबाहेक मिलाएर बाटोको कपालमा दुईवटा क्लिप यथावत थिए। आ“खा बिस्फारित थिए। मोजा र जुत्ता पानीले बगाउन भ्याएको थिएन, एउटा खुट्टा अलिकति ठडिएको थियो, टाउको पछाडि घाउ, च्यातिएको सुरुवाल र केही फुलेको जिउ– यस्तै थियो लाशको अवस्था। १८ गते बिदाइको हात हल्लाउ“दै पोखरा गएकी अबोध कान्छी छोरीलाई त्यस अवस्थामा देख्नुपर्दा कुनचाहि“ आमा–बाबुको मुटु नभक्कानिएला † आमा बेहोश भएर लड्नुभयो, बेहोशीकै हालतमा घण्टा बिते, दिन बिते र हप्ता बिते। एउटी छोरी त्यस अवस्थामा फेला परिन्, अर्कीको कुनै पत्तो थिएन।

त्यस दिन पनि सेती नदी आफ्नै गतिमा कल्कलाएर बगिरहेकी थिइन्। उसै त वर्षेझरीको याम, त्यसमा पनि सेतीको प्रवाह साह्रै कञ्चन। त्यही कञ्चन प्रवाहबीच कोही अपरिचित महिलाको कहालीलाग्दो काया एउटा ढुङ्गामा अड्किएर रहेको थियो, मौन अनि स्तब्ध भावमा।

टाउको पूर्व फर्किएको र शरीर उत्तानो परेको अवस्थामा थियो त्यो महिला देह। प्याजी रङ्गको पाइजामा (पञ्जाबी पोशाक) थियो उनको शरीरमा। कम्मरमाथि लगभग निर्वस्त्र थिइन् उनी। पानीले बगाएर होला, उनका स्तनहरु प्रष्टै देखिन्थे, जसले गर्दा त्यो लाश महिलाकै हो भन्ने ठम्मिएको थियो। ती महिलाले हाफ बाउला भएको कुर्ता लगाएकी थिइन्। उनको कपाल कालो र एक हातजति लामो थियो। त्यसको टुप्पोमा फुर्को बा“धिएको थियो। र, फुर्कोलाई का“चको क्लिपले अड्याइएको थियो।

प्रहरी शेषमणि शर्माको जाहेरी प्रतिवेदनका आधारमा त्यसरी बेवारिश लाश फेला परेपछि प्रहरीले तत्कालै घटनास्थलमा प्रकृति मुचुल्का उठाउन थाल्यो। त्यसरी लाशको प्रकृति मुचुल्का तयार गर्ने क्रममा पोखरा– २ मिरुवाका २० वर्षीय दुर्गाप्रसाद रेग्मी, वर्ष १९ का विमलमणि पराजुली, वर्ष २२ का भोला गिरी, वर्ष २० का रामभूषण पराजुली, वर्ष ३० का भीमराज रेग्मी, वर्ष २६ का रामप्रसाद पराजुली, पोखरा– ७ पार्दीका २३ वर्षीय कुलबहादुर केसी, वर्ष १८ का एकबहादुर क्षेत्री र धम्पुस गाविस– ८ का १९ वर्षीय सूर्यबहादुर गुरुङ्गलाई साक्षी राखिएको थियो। ०३८ साल जेठ २९ गते बिहीबार गरिएको प्रकृति मुचुल्कामा काम तामेल गर्नेहरुमा कास्की, पुनरावेदनका तत्कालिन सहायक सरकारी अधिवक्ता मोहनमणि दाहाल, प्रहरी निरीक्ष्ँक बाबुराम पुन, प्रहरी सहायक निरीक्ष्ँक कृष्णलाल शर्मा र प्रहरी जवान सिंहबहादुर थापा रहेका थिए।

त्यो दिन नमीताको पोष्टमार्टम गर्न गण्डकी अञ्चल अस्पतालका सुपरिटेण्डेन्ट डा. कुमारसमशेर राणा तयार भएनन्। उनको भोलिपल्ट पोष्टमार्टम गरिदिने आश्वासनमा लाश त्यहीं छाडेर सबै फर्किए। भोलिपल्ट दिनको सवा बाह्र बजेतिर पोष्टमार्टम सकियो। पोष्टमार्टमपछि बिन्ध्यबासिनीतिरका नीराका आफन्तहरुले रामघाटमा लगी लाश जलाए। माधवराजसहित उपस्थित सबैका आ“खाबाट बरर्र आ“शु खसे। डा. कुमारले दिएको पोष्टमार्टम रिपोर्टमा अशिष्टताको पराकाष्टा नाघ्दै ‘पानीमा डुबी श्वास लिन नसकी मरी’ भन्ने भाषा प्रयोग गरिएको थियो। लाश फेला परेपछि प्रशासन केही तातेको जस्तो लाग्यो– कास्कीका मानिसहरुले यस्तो अनुभव गरे। तीनवटी केटीहरु फेवाताल घुम्न गएका थिए, त्यहा“ डुङ्गा चलाउने (बोटे) हरुलाई थाहा होला, भीडीओ हेर्न भलाम गएका थिए, दूध बेच्न आउनेहरुलाई थाहा होला– यस्ता अनेक हल्लाहरु पोखरामा फैलन थाले। प्रशासन ‘सक्रिय’ भयो। भएभरका बोटेहरुलाई पुलिसले पक्र“दै ल्याउन थाल्यो। दूध बेच्नेहरु, पाकेटमारहरु कोही बा“की रहेनन्।

यस्तै असङ्गतिबीच काठमाडौंमा असार १ गते राति माधवराजका वाल्यकालदेखिकै परिचित सूर्यबहादुर थापा मुलुकको निर्विकल्प र निर्विरोध प्रधानमन्त्री घोषित भए। बालुवाटारस्थित ध्रुव समशेरको घरमा बसी स्कूले जीवन बिताएका थापा माधवराजका छिमेकी हुन पुगे भने पढाइमा पनि उनी ३–४ कक्षामाथि थिए।

एउटा महŒवपूर्ण सूत्र 
माधवराज भण्डारी प्रशासनको ब्यवहारदेखि उदासिन हुनुहुन्थ्यो। अझ भन्ने हो भने प्रशासनले घटनाको वास्तविकता पत्ता लगाउन सक्छ भन्ने कुरामा उहा“लाई विश्वास थिएन। यसैले उहा“ आफ्नै तवरले अनुसन्धानमा लाग्नुभयो। बिहान सबेरै उठ्नु, साझा सहकारीका क्षेत्रीय प्रमुख तथा आफ्ना साडुभाइ शिवप्रसाद शर्मालाई पनि उठाई स“गै मोटरसाइकल चढेर फूलबारी चौर र सेतीको बगर डुल्नु उहा“को दिनचर्या बन्यो। पृथ्वीनारायण क्याम्पसमुनि सेती नदीको खोंचबाट निकालिएको नमीताको लाश र लाशको प्रकृति हेर्दा घटना नजिकै कतै घटेको अनुमान लगाउन सकिन्थ्यो। क्याम्पस र फूलबारी वारिपारि पर्दछन्। फूलबारीबाट लाश भेटिएको ठाउ“ प्रष्टस“ग देख्न सकिन्छ। फूलबारी डुल्ने क्रममा असार ३ गते माधवराजलाई एउटा महत्वपूर्ण सूत्र हात लाग्यो। त्यो सूत्र बनपाले चूडामणि अधिकारी थियो।

जिल्ला वन कार्यालयमा कार्यरत चूडामणिलाई घटनाका बारेमा धेरै कुरा थाहा हुनसक्ने अनुमान त्यस इलाकाका अरु थुप्रै मानिसलाई थियो। चूडामणि प्रायःजसो कार्यालय समयपछि खाना खानका निम्ति क्याम्पसमुनिको काठेसा“घु तरी सेती नदी पार गरेर घर जान्थे र खाना खाएर त्यसरी नै फर्कन्थे। उनको घर क्याम्पसभन्दा ठीक पारिपट्टि पर्दछ। त्यो ठाउ“लाई अहिले काहु“, भलाम गाविस– ८ भनेर चिनिन्छ। सा“झ–बिहान नियमित ओहोर–दोहोर गरिरहने चूडामणिले पृथ्वीनारायण क्याम्पसमुनि घटेको घटनालाई नजिकैबाट देखेका हुनसक्थे। यस हिसाबले हेर्दा प्रशासनले घोषणा गरेअनुरुप सुराक दिने व्यक्तिका लागि तय गरिएको रु. ५ हजारको नगद इनामका एकमात्र हकवाला उनै थिए।

माधवराज भोलिपल्ट वन कार्यालय गई तत्कालीन डीएफओ ललितरत्न शाक्यस“ग एकैछिन चूडामणिलाई भेट्ने अनुमति माग्नुभयो। उनले चूडामणिलाई कमेरो पोत्ने काममा लगाइराखेका थिए। चूडामणिको कपडाको अवस्थाले त्यसै भन्थ्यो। माधवराज, शिवप्रसाद र चूडामणि चढेको जीप त्यहा“बाट सहकारी भवनतिर लाग्यो। भवनमा लगेर चूडामणिलाई वास्तविकता बताउन अनुरोध गरियो। कुराकानी चलिरहेकै स्थितिमा अकस्मात् दुईजना प्रहरी त्यहा“ पुगे र चूडामणिसहित माधवराजलाई डीएसपी कार्यालयतिर लिएर गए। कारण केही बताइएन। इन्स्पेक्टर बाबुराम पुनले जीपबाट ओरालेर चूडामणिलाई सा“झसम्म थुनिराख्ने आदेश दिए र माधवराजको पाखुरा समातेर अर्को गाडीमा हाले। २–३ वटा गाडीमा माधवराजलाई घटनाको सूत्र खोज्न जान लागेको बताइयो।

रोडछेउमै रहेको पोखरा डीएसपी कार्यालयको पर्खाल आज पनि होचै छ। भित्र के भइरहेको छ वा भित्र को–को छन् भनेर जान्नुपर्‍यो भने कुनै आइतबार बार्नुपर्दैन। चूडामणिलाई भित्र राखिएको कुरा जान्नु र जसरी पनि बाहिर निकाल्नु कसैका लागि महत्वपूर्ण काम हुनसक्थ्यो। र, भयो पनि त्यस्तै। सा“झ माधवराजलाई जचुकालीमा ल्याएर छोडियो। चूडामणिलाई भने बिना सोधपुछ डीएसपी कार्यालयबाट छोडियो। चूडामणिलाई छोड्दा पुलिसले विधिवतरुपमा ‘भोलिपल्ट दश बजे हाजिर हुन आउने’ व्यहोरा आफ्नो खातामा चढायो।

सा“झ चूडामणि घर फर्किए। जेठी श्रीमती ३५ वर्षीया टीकादेवी, अर्की एकजना अर्धलाटी श्रीमती, ६ वर्षकी छोरी, २ छोरा पाल्ने जिम्मा आफ्नो का“धमा बोकेका चूडामणि बहुतै गरिब थिए। १६–१७ वर्षको जागिरे जीवनमा उनले कसैको चित्त दुखाएनन्। भोलिपल्ट बिहान ९ बजे चूडामणिले हातमा बा“धेको घडी फुकाले, घरमा भएमध्येकी सबैभन्दा समझदार जेठी श्रीमती, जो बिरामी भएर ओछ्यानमा लडिरहनुभएको थियो, लाई दिए, पस्किएको भात खाए र हि“डे।

‘फूलबारी आइपुग्दा ९.३० जति भएको हु“दो हो’– ८० वर्षीय घान्द्रुके गुरुङबाले पुरानो कुरा सम्झ“दै ०४७ सालको बैशाख १३ गते मस“गको भेटघाटमा बताए– “चूडामणि म आज फर्किन पाइन भने बूढीलाई चिन्ता नले, पुलिसले बोला’को छ। के के हो सोध्नु छ रे भनिदिनु है गुरुङबा भन्दैथ्यो। मैले हुन्छ भनें। गयो ब्यारेकतिर खुरुखुरु।” चूडामणिलाई अन्तिमपटक देख्ने व्यक्ति यिनैमात्र थिए। त्यतिबेला यिनी आफ्नी नातिनीलाई स्कूल पुर्‍याउन दिनहु“जसो चूडामणिस“गै सा“घु तरेर नगरतिर लाग्थे। फूलबारीमा भएको बूढाबाको एकटुक्रा जमीन पनि चूडामणिले नै कमाउ“दै थिए। चूडामणि सधैं हि“ड्ने छोटो बाटो नहि“डिकन किन ब्यारेकतिरबाट गए? गुरुबाले आजसम्म यस प्रश्नको उत्तर फेला पार्नुभएको छैन।

बाबुको बिलौना 
नमीता–सुनीताका बाबु माधवराज भण्डारीले ०३८ असार १ गते सोमबार पोखरास्थित जिल्ला प्रहरी कार्यालयमा बेपत्ता छोरीहरुको खोजतलासका लागि एक जाहेरी दर्खास्त दर्ता गरेका थिए। उनकोे जाहेरीमा छोरीहरुले आत्महत्या गर्नुपर्ने कुनै कारण नभएको जनाउ“दै ०३८ सालको जेठ २४ गते शनिबारको बिहान १२ बजेभित्र घुमफिर सिध्याई महेन्द्रपुल पुगी तीनैजना नगरबस चढेको देख्ने साक्ष्ँीहरुको हवाला दिइएको थियो। उक्त जाहेरीमा अगाडि भनिएको थियो– ‘निजहरुको उमेर, सौन्दर्य, र हातमा लगाएको औंठी, घडी आदिसमेतको कारणबाट कुनै खराब गुण्डाले पिछा गर्दै सुनीता र नीरालाई कुनै घटना घटाउन खोज्दा कहालि“दै भाग्दा नमीता नदीमा खस्न पुगेको वा शीरमा कसैले प्रहार गरी मूर्च्छित अवस्थामा नदीमा फालेको पनि हुनसक्छ। नमीताको मात्र लाश भेटिनु र बा“की दुईको कुनै पत्तो नलाग्नुमा कुनै रहश्य हुनसक्छ। अतः निजहरुको सक्रियताका साथ खोजतलास गरिदिन यो दर्खास्त पेश गरेको छु।’

भोलिपल्ट १२५४ नम्बरमा दर्ता भएको उक्त निवेदनमा फेला नपरेकी सुनीताको उमेर १८ वर्ष, गोरो बर्णकी, लाम्चो अनुहार, बाक्लो कपाल, अत्यन्त लामो चुल्ठी, निधारमा केही झूस, बाया“ गालामा कोठी, सामान्यभन्दा केही अग्लो र पातलो शरीर, पञ्जाबी कुर्ता–सुरुवाल लगाएको व्यहोरा उल्लेख थियो। उनले हातमा नाडी घडी, एउटा सुनको औंठी, चा“दीको जडाउ अर्को औंठी लगाएकी थिइन् र ह्याण्डब्याग बोकेकी थिइन्। सोही जाहेरीमा नीराको हुलिया यसरी वर्णन गरिएको थियो– ‘उमेर १८ वर्ष, गहु“गोरो वर्ण, चेप्टो मोहोडा, साधारणतया केही मोटो र होचो शरीर, चस्मा, घडी र पञ्जाबी कुर्ता–सुरुवाल लगाएकी।’ अत्यन्त शोकाकूल अवस्थामा प्रशासनस“ग पुकारा गर्दै माधवराज भण्डारीले भनेका थिए– ‘छोरीहरु हराएदेखि नै म, मेरो परिवार र शुभेच्छुक सबै अत्यन्तै चिन्तित छौं, अतः विशेष अभिरुचीपूर्वक खोजी भई अपराध घटेको भए अपराधीलाई उचित दण्ड र नघटेको भए पनि जीवित अथवा मृतक जेजस्तो अवस्था पाइन्छ, सोका निमित्त खोजतलास गरिदिनुहुन विनम्र अनुरोध गर्दै रु. १ को टिकट टा“सी यो जाहेरी हुलिया दर्खास्त गरेको छु। व्यहोरा सा“चो हो, झूठा ठहरे ऐन–कानूनबमोजिम सहने छु।’

माधवराज भण्डारीको जाहेरीमा उल्लेखित व्यहोरामा यो कुरा ठीक सा“चो हो, झुठा ठहरिए कानूनबमोजिम सहुँला बुझाउ“ला त भनिएको थियो, तर अपराधीलाई कारवाही गराउने सम्बन्धमा भने सरकार थोरै पनि संवेदनशील भएको देखिएन। बरु, पछिल्ला घटनाक्रमहरुअनुसार जाहेरीवाल आफैं झूठ्ठा ठहराइए। उचित न्याय पाउने आग्रह त आकाशको फल नै भयो।

पोखरामा एकपछि अर्को रहश्यमय घटना घट्दै गए। ५ गते डीएसपी कार्यालय जान भनी हि“डेका चूडामणि ब्यारेक कटेर महेन्द्र पुल पुग्नै नपाई बेपत्ता बनाइए। यस्तो रहश्यमय र भयग्रस्त वातावरणमा माधवराजलाई राजधानीबाट तुरुन्त पोखरा छाड्न बारम्बार फोनमार्फत् ताकेता हुन थाले।

बगरमा दिदीको लाश 
सम्भ्रान्त परिवारका सदस्यहरुको राक्षसी शिकारबाट नमीताले आफ्नो कल्कलाउ“दो वय त्याग्नुपरेको थियो र कुरुप मृत्युको शिकार बन्नुपरेको थियो। त्यसको ठ्याक्कै ९ दिनपछि, अर्की उस्तै निर्दोष चेली उस्तै–उस्तै शैलीमा नदी किनार बालुवामाथि चीर निद्रा सुतेको अवस्थामा फेला परिन्। सेती नदीको ५० गज उत्तर, पानीको बेग चल्मलाउने भन्दा अन्दाजी ४ हात बाहिर बगरमा मनोरम आकांक्षाहरुमा डुबुल्की मार्ने उमेरकी उनी ढलेकी थिइन् घोप्टो परेर। उनले कलेजी रङ्गको हाफ–बाहुले कुर्ता र तल्लो भागमा कालो बुट्टे अण्डरवेयर लगाएकी थिइन्। देबे्र हातको माझी औंलामा चा“दीको सानो पत्थरवाला औंठी, साईंली औंलामा सुनको औंठी र दाहिने हातमा सेतो धातुको नचिनिने बाला देखिन्थ्यो। उनी थिइन्, नमीताकै दिदी सुनीता। 

बगरमा दिदीको लाश 
सम्भ्रान्त परिवारका सदस्यहरुको राक्षसी शिकारबाट नमीताले आफ्नो कल्कलाउ“दो वय त्याग्नुपरेको थियो र कुरुप मृत्युको शिकार बन्नुपरेको थियो। त्यसको ठ्याक्कै ९ दिनपछि, अर्की उस्तै निर्दोष चेली उस्तै–उस्तै शैलीमा नदी किनार बालुवामाथि चीर निद्रा सुतेको अवस्थामा फेला परिन्। सेती नदीको ५० गज उत्तर, पानीको बेग चल्मलाउने भन्दा अन्दाजी ४ हात बाहिर बगरमा मनोरम आकांक्ष्ँाहरुमा डुबुल्की मार्ने उमेरकी उनी ढलेकी थिइन् घोप्टो परेर। उनले कलेजी रङ्गको हाफ–बाहुले कुर्ता र तल्लो भागमा कालो बुट्टे अण्डरवेयर लगाएकी थिइन्। देबे्र हातको माझी औंलामा चा“दीको सानो पत्थरवाला औंठी, साईंली औंलामा सुनको औंठी र दाहिने हातमा सेतो धातुको नचिनिने बाला देखिन्थ्यो। उनी थिइन्, नमीताकै दिदी सुनीता। 

असार ६ गते सेतीबाट उनको लाश निकालियो। नमीताको लाश भेटिएभन्दा थोरै तलमात्र लाश फेला परेको थियो। त्यस ठाउ“लाई तुल्सीघाट भन्छन्। घाटभन्दा माथि ४० फिटजतिको उचाइमा केही पाटी पनि छन्। आश्चर्यलाग्दो कुरा के छ भने नमीता, सुनीता र नीरा हराएको भोलिपल्ट आइतबारकै दिन बालुवा लिन जानेहरुले पाटीमुनि एउटी केटीको लाश देखेका थिए। जुन पछि नमीताको भनी सनाखत भयो। सुनीताको लाश फेला परेको ठाउ“ वरपर मान्छे पोल्ने गरिन्छ र बालुवा निकाल्ने काम पनि हुन्छ। के सुनीतामाथि चाहि“ कसैको ध्यान पुगेन त? हैन, साक्ष्यहरुले सुनीताको सन्दर्भमा अर्कै कुरा बताउ“छन्। सुनीताको लाश नदीको छेवैमा फेला पर्दा उनको शरीरमा सुरुवाल थिएन, अण्डरवेयर दोब्रिएको थियो, घा“टीमा कालो (सल) चुनीले बेस्कन कसिएको थियो। छेवैमा लामो बा“स थियो। यसले के पुष्टि हुन्छ भने सुनीतालाई घटनास्थलबाटै उठाएर लगी कतै सामुहिक बलात्कार गरियो, पोल खुल्ने डरले उनकै चुनी (कुर्ता, सुरुवाल लगाउने केटीहरुले घा“टीमा प्रयोग गर्ने पातलो कपडा) ले घा“टी कसेर हत्या गरियो। हत्यापछि लाशलाई बोकेर ल्याई थपक्कस“ग त्यहा“ राखियो। अथवा यसो पनि भन्न सकिन्छ, लाश त्यसरी राखेर अपराधीहरुका तर्फबाट सुनीताका अभिभावकमाथि ‘दया’ देखाइयो।

सुनीताको लाशको पोष्टमार्टम रिपोर्टमा सिभिल सर्जन डा. कुमार समशेर र मेडिकल अफिसर बृजकिशोरप्रसादले लेखे– ‘घा“टीलाई दोपट्टाले बेरी श्वास लिन नदिएर मारेको देखिन्छ।’

पर्याप्त प्रमाण 
प्रहरीले सुनीताको लाशको प्रकृति मुचुल्का उठाउ“दा उनीहरु जबरजस्ती करणीको शिकार भएको एउटा गतिलो प्रमाण बोलेको छ। सुनीताको लाशको प्रकृति उल्लेख गर्दै मुचुल्कामा भनिएको छ– ‘घा“टीमा मलमलको पछ्यौरीको दुई फन्को लगाई गा“ठो पारिएको, छातीमा सेतो चेष्टर लगाएको, अगाडिपट्टी कुर्ताको बटम खुल्ला हु“दा भित्री भाग देखिएको….।’ प्रकृति मुचुल्काले नै किटान गरेअनुरुप गतिलो प्रमाण त के छ भने, शरीरमा गहिरा–गहिरा चोटहरु रहेका छन्।

सुनीताको लाशसम्बन्धमा पनि प्रहरी नै जाहेरवाला रहेका थिए। उनी हुन्– प्रहरी जवान गुणबहादुर थापा। र, साक्षीहरु थिए– पोखरा नगरपञ्चायत वडा नं. ११ फूलबारी बस्ने १७ वर्षीय शिवप्रसाद बा“स्तोला, लक्ष्मीप्रसाद बा“स्तोला, स्याङ्जा, आरुखर्क गाउ“ पञ्चायत– ८ टोड्के बस्ने ४० वर्षीय रुद्रबहादुर गुरुङ्ग, कास्की हेम्जा गाउ“ पञ्चायत– ३ बस्ने २१ वर्षीय रामबहादुर कार्की, बागमती अञ्चल, काभ्रेपलाञ्चोक जिल्लाअन्तर्गत बनेपा घर भई त्यतिबेला पोखराको नदीपुर बस्ने १९ वर्षीय हरिनारायण मानन्धर, गुल्मी जिल्ला पर्वास गाउ“ पञ्चायत– २ पूर्तिघाट घर भई पोखरा– ९ महेन्द्रपुल बस्ने ३५ वर्षीय मानबहादुर क्षेत्री, भारत गोरखपुर घर भई महेन्द्रपुल बस्ने २४ वर्षीय मन्नुलाल शर्मा, पर्वत जिल्ला घण्टे देउराली घर भएका १८ वर्षीय देवकर ठकुरी र पोखरा– १ बगर बस्ने २० वर्षीय भूपेन्द्र गुरुङ्ग।

असार ६ गते शनिबारको दिन थियो त्यो। र, लाशको प्रकृति मुचुल्का तयार पार्ने काम पुनरावेदन अदालतका सरकारी वकिल छत्रराज रेग्मी, जिप्रकाका प्रहरी निरीक्षक बाबुराम पुन, हवल्दार रामबहादुर पाण्डे र प्रहरी जवान मोहलाल श्रेष्ठले गरेका थिए।

बनपालेको पनि प्राणहरण 
असार ६ गते बिहानसम्म नमीता–सुनीता काण्डको जीवित र सबैभन्दा भरपर्दा साक्षी चूडामणिको लाश असार १२ गते रामघाटमा फेलापर्‍यो। टीकादेवीले एकफेर लाश हेर्न पाउनुभयो। लोग्नेको हातको बूढी औंला भा“चिएको थियो, कोखामा एक रुपैया“ (डबल) जत्रो प्वाल थियो, खुट्टामा एउटा चप्पल थियो, भर्खरै हातमा बा“धेको डोरो पनि केही भएको थिएन, शरीरचाहि“ कालै भइसकेको थियो। गहभरि आ“शु पार्दै पंक्तिकारस“गको कुराकानीमा टीकादेवीले बताउनुभयो– “मेरा लोग्ने बाठा थिएनन्। किन मार्नपर्‍यो अनाहक? कसको के बिगार गरिदिएका थिए उनले?”

उहा“ले भन्नुभयो– “मैले कतैबाट न्याय पाइन। राजा–रानीलाई लोग्नेको फोटो र भएभरका व्यहोरा लेखेर पठाए“। केही सुनुवाई भएन। राजा पनि धनीकै मात्र कुरा सुन्दा रहेछन्।”

टीकादेवीले लोग्नेको हत्यापछि जिल्ला घुमेर चन्दा मागी–मागी छोराछोरी हुर्काउनुभयो। अहिले छोराहरु मेहनत–मजदुरी गर्छन्।

पोष्टमार्टमको कथा 
चूडामणिले षड्यन्त्रकारीस“ग जीवनको सौदाबाजी गर्नुको बदला स्वाभीमानको गह्रौं मृत्युवरण गर्न रुचाए। हृदयविदारक तर माछापुच्छ्रेको शीर ठाडो पार्ने ओजस्वी उनको मृत्युले जनताको अदालतमा प्रश्नको पुलिन्दा छाडेर गयो। पुलिन्दाभित्र खामिएको थियो एउटा मिसिल। र, मिसिलभित्र उतारिएको थियो– षड्यन्त्रकारीहरुको षड्यन्त्रको लामो फेहरिस्त।

चूडामणिको लाश फेला परेकै दिन केन्द्रीय गुप्तचर विभागका मुख्य अधिकृत चा“दबहादुर राई र अञ्चलाधीश गणेशमान श्रेष्ठ ‘राम्रोस“ग’ पोष्टमार्टम गरिदिने अनुरोध लिएर चिप्लेढुङ्गास्थित डा. कुमारको क्लिनिकमा गएका थिए। नमीता–सुनीताको पालामा झैं यसपटक पनि डाक्टरले भोलिपल्ट पोष्टमार्टम गर्ने जवाफ सुनाएर राई र श्रेष्ठलाई फर्काइदिए। डाक्टरले त्यसको खुलासा दि“दै मलाई बताए– ‘कृत्रिम प्रकाशमा सा“झ पोष्टमार्टम गर्न मिल्दैन।’

भनिन्छ, हरेक अपराधका पछाडि जानेर वा नजानेर केही सबुतहरु छुटेका हुन्छन्। चूडामणिको हत्याका पछाडि पनि केही सबुत अवश्यै छुटेका थिए। सरकारी गोलीले यो दुनिया“बाट चोला उठेको चूडामणिको शरीर परिवारलाई जिम्मा नदिइकन जुन हतारका साथ डढाइयो, त्यसले हत्याराहरुको का“तर मनस्थितिलाई राम्ररी उजागर गर्छ। लाश डढाउनुभन्दा केही घण्टाअघि नै उनको शरीरबाट कमीज गायब हुनु र डा. कुमार समशेरले पंक्तिकारस“गको एक छोटो भेटका दौरान त्यो कमीज कसैले डढाइदिएको कुरा स्वीकार्नुले हत्याराहरु प्रशासनभन्दा एक कदम अगाडि रहेको प्रमाणित हुन्छ।

यतिमात्र हैन, हत्या भएको १२ दिनपछि सुनीताको पोष्टमार्टम संभव हुनु तर ७ दिनमै फेला परेका मृतक चूडामणिको सम्बन्धमा भने असमर्थता प्रकट गर्दै ‘कुहेको, तिघ्रा भा“चिएको र आन्द्राभू“डी नभएको हुनाले पोष्टमार्टम गर्न नसकिएको’ भन्ने जिकिरका साथ डाक्टरी रिपोर्ट दिलाउन सक्नुले उनीहरुको पहु“च र शक्तिको पनि असामान्य परिचय दिन्छ।

को हुन्– नमीता, सुनीता र नीरा? 
काठमाडौंको लाजिम्पाट, पानीपोखरीको बीचमा अवस्थित साङ्ग्रिला होटललाई उत्तर–पश्चिम पारेर एउटा पिच सडक पूर्व लाग्छ। कहिलेकाहीं उत्तर दिशातर्फ मोडि“दै गएको यो सडक भएर प्रधानमन्त्री निवास, बालुवाटार पुग्न सकिन्छ तर त्यहा“सम्म नपुग्दै एउटा मोडमा राजाका हालका पनि अङ्गरक्षक लेºिटनेन्ट जनरल शान्तकुमार मल्लको भव्य बङ्गला आइपुग्छ। त्यहा“भन्दा अलिकति पूर्वतर्फ त्यो सडक फाटेर एउटाचाहि“ उत्तरतर्फ हान्निएको छ। पूर्व लाग्ने मोटरबाटो हु“दै करिब आधी मीनेट हि“डेपछि ‘३०१, खुर्सानीटार मार्ग’ लेखिएको ठूलो कम्पाउण्डसहितको एउटा अर्को बङ्गला भेटिन्छ। त्यसको फलामे ढोकाबाहिर घरधनीको नाम लेखिएको छ– ‘माधवराज भण्डारी।’ भण्डारी नमीता–सुनीताका बुबा हुनुहुन्छ। गिरिजाप्रसाद कोइरालाको शासनकालमा उहा“लाई पर्यटन मन्त्रालयको कायममुकायम सचिव पदबाट अवकाश दिइएको थियो ०४८ सालमा। अन्तरिम सरकारका पर्यटनमन्त्री नीलाम्बर आचार्यद्वारा इमान्दार कर्मचारीका रुपमा जलस्रोत मन्त्रालयको अतिरिक्त सचिव पदबाट पर्यटनतिर सारिनुभएका माधवराजको बर्खास्तीको कथा पनि उत्तिकै रोचक छ।

०४६ सालको परिवर्तनपछि पहिलोचोटि सम्पन्न आम निर्वाचनमार्फत् नेपाली कांग्रेसले अत्यधिक बहुमत ल्याएर गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री नियुक्त हुनुभएपछि सर्लाहीका रामहरि जोशीलाई पर्यटन मन्त्रालय जिम्मा लगाइयो भने यी सोझा मन्त्रीमाथि अंकुश लगाउन गिरिजाप्रसादले आफ्ना भतिज निरञ्जनप्रसाद कोइरालालाई उक्त मन्त्रालयको सल्लाहकारमा नियुक्त गरिदिनुभयो। ०४८ सालकै दशैंताकाको कुरा हो, एक बिहान माधवराजलाई प्रधानमन्त्री निवास बालुवाटार आउन आदेश दिइयो। पहिलोचोटि त्यहा“ पुगेका माधवराजलाई दिइएको आदेश थियो– ‘शानेवानि बोर्डले अस्ति गरेको एउटा आदेश तुरुन्तै फिर्ता लिनुहोस्।’ माधवराज पर्यटन सचिवका हैसियतले शानेवानिको बोर्ड अध्यक्ष पनि हुनुहुन्थ्यो। र, उहा“कै नेतृत्वमा बोर्डले टिकट एजेन्टहरुको अनियमितता नियन्त्रण गर्न एउटा निर्णय लिएको थियो। स्वीकारोक्तिमा टाउको हल्लाएर सौदाबाजीमा सहमति जनाउ“दै फर्किएको भए केही बित्ने थिएन, शायद। तर, माधवराजले त्यसो गर्न मान्नुभएन। बाहिर निस्कने बेलामा प्रधानमन्त्रीका सल्लाहकार दीर्घराज कोइरालाले उहा“लाई भनेका थिए– ‘यति सानो कुरा पनि मान्नुभएन हगी †’ आफ्ना सचिवले बालुवाटारको आदेश उल्लंघन गर्दा एक जमानामा आफू पनि माधवराजजस्तै माध्यमिक विद्यालयको शिक्षक रहनुभएका रामहरि जोशीले त क्याबात् भन्नुपर्ने हो तर उहा“ पनि गिरिजाकै चक्रव्यूहमा फस्न पुग्नुभयो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जथाभावी लोडर भर्ना गर्ने, क्यासिनोहरुमा आफ्ना कार्यकर्ता घुसाउने, हवाई विभागबाट लवविक्रम शाह र पर्यटन विभागबाट दीपेन्द्रपुरुष ढकालद्वारा पठाइएका कर्मचारीको विदेश मनोनयनसम्बन्धी टिप्पणी उल्टाइदिने बानी बस्दै गएका मन्त्री जोशीले एक थोपै संकेत नदिई माधवराजलाई फाल्नुअघि आफ्नो दुःखका दिनमा वीरगञ्ज चिनी कारखानाको महाप्रबन्धकका रुपमा कार्यरत रह“दा पीर पोख्न उहा“समक्ष गएको दिनलाई बिर्सिदिनुभयो। कोइराला परिवारस“ग जागिर जोगाई पाउने आशा गरौं भने त्यतापट्टि माधवराजको कुनै साइनो थिएन † फलतः असोजको अन्तिम साता सञ्चारसचिव कालीप्रसाद रिजाल (चर्चित कवि तथा गीतकार) र उद्योग सचिव रविदेव शर्मास“गै उहा“लाई खोसुवा पुर्जी थमाइयो। बाटाका का“डा हटाउ“दै आफ्नो गोजी भरेर शानेवानिलाई सखाप पार्ने कोइराला परिवारको सोही अभियानअन्तर्गतै हो, त्यसपछि धमिजा काण्ड, लाउडा काण्ड र अनेकन काण्डैकाण्ड जन्म“दै गएको।

नीराका बुबा थीरमणि पराजुलीको घर र माधवराज भण्डारीको घर मुस्किलले ७–८ मीटरको दूरीभित्र पर्छ। थीरमणि पराजुली त्यतिबेलादेखि नै श्री ५ को सरकारको मुद्रण तथा प्रकाशन र सूचना विभागस“ग सम्बद्ध रह“दै आउनुभएको थियो।

कलकत्तामा शाही नेपाली महाबाणिज्य दूत भई चार वर्ष काम गरिसक्नुभएका माधवराजलाई ०३६ सालमा आकस्मिक ढङ्गले फिर्ता बोलाइएपछि नमीता–सुनीताले पनि बीचैमा स्कूल छाडेर काठमाडौं आउनुपर्‍यो। ३५ इ एल्गिन रोड (कलकत्ता) स्थित उच्चस्तरीय जुलियन डे स्कूलमा अध्ययनरत नमीता–सुनीता काठमाडौं फर्किएपछि एसएलसी परीक्षाको मुखैमा लैनचौरको कन्या माविमा भर्ना गरिए। अल्पावधिकै सही तर कडा परिश्रमले राम्रो परिणाम निकाल्यो। दुवैजना प्रथम श्रेणीमा जम्मा दुई नम्बरको अन्तरले ५७५ र ५७७ नम्बर ल्याएर उत्तीर्ण भए। ०३७ सालको भदौ १० गते प्रकाशित परिणामअनुसार दिदी सुनीता बहिनीभन्दा अंग्रेजीमा ७ नम्बर र गणितमा ३ नम्बरले पछाडि परिन्। ५१४८६ ‘एफ’ सिम्बोल नम्बर भएकी नमीतालाई अंग्रेजीमा ७७, नेपालीमा ५६, गणितमा ९५, पञ्चायतको ५० पूर्णाङ्कमा २४, विज्ञानमा ४७, स्वास्थ्य शिक्षामा ५० पूर्णाङ्कमा २६, इतिहास र भूगोलमा ४८, सिलाई–बुनाईको २ सय पूर्णाङ्कमा १४० र ऐच्छिक गृह विज्ञानमा ६२ नम्बर प्राप्त भएको थियो भने सुनीताले बहिनीलाई नेपालीमा ५ नम्बरले, पञ्चायतमा दश नम्बरले विज्ञानमा ११ नम्बरले स्वास्थ्य शिक्षामा ३ नम्बरले, इतिहास र भूगोलमा ६ नम्बरले जितेकी थिइन्। सोही परीक्षामा सहपाठी नीराले भने दोस्रो श्रेणीमा नाम निकालिन्। परीक्षाको नतिजाअनुरुप नमीता र सुनीता अमृत साइन्स क्याम्पस लैनचौरमा बायो गु्रुपमा भर्ना भए। कतै उनीहरु पनि दाजु प्रदीप झैं डाक्टर बन्न चाहन्थे कि † क्याम्पसमा उनीहरुको रोल नम्बर ३३१/०३७ र ३३०/०३७ (प्रमाणपत्र तह, प्रथम वर्ष) रह्यो।

नीरा पद्मकन्या क्याम्पसमा भर्ना भइन्। यी तीनैमध्ये भानुभक्त स्कूलको रेकर्डअनुसार १६ डिसेम्बर १९६४ मा जन्मिएकी सबैभन्दा कान्छी नमीताको उमेर क्याम्पस भर्ना हु“दा १६ वर्ष थियो। बहिनीभन्दा २० महिनाले जेठी सुनीता १८ वर्षकी थिइन् र नीरा १९ की। नाच्न–गाउनकी शौखिन नमीता अलि कमजोर मनकी थिइन्, उनको डायरी अध्ययन गर्दा यो अन्दाज लगाउन सकिन्छ। डायरीको अन्त्यतिर एक ठाउ“मा उनले एउटा सपनाको उल्लेख गरेकी छन्– मृत्युको सपना † सोही डायरीको कुनै–कुनै पानामा उषा मंगेशकरले गाएको ‘झल्झली आ“खामा कस्तो बस्यो मायाप्रीति सक्दिन म बिर्सन तिम्रै हो यो लैजाऊ जोवन’, धु्रव केसीको ‘मायालु हजार हुन्छन् तर माया एकै हुन्छ, बुझेर माया देऊ दिनुपर्ने एउटै हुन्छ’, तारा देवीको ‘फूलको थुंगा बगेर गयो गंगाको पानीमा, कहिले भेट होला हे राजै यो जिन्दगानीमा’, ‘नौ सय खोला तरेर जाने बिर्सने पो हो कि मलाई, बिर्सने पो हो कि, नफर्केसम्म पर्खेर बस्छु सम्झनाको दियो जलाई, बिर्सने पो हो कि’, नारायणगोपालको ‘ए मलाई माया गर्छु भन्ने हजुर कहिले माया पनि देखाउने गर, तिम्रो टाढाको माया पुगेन मलाई बरु आई सताउने गर’ सहित हिन्दी चलचित्रमा लता मंगेशकरद्वारा गाइएका ‘तेरी आ“खोंके सिवा दुनिया“मंे रख्खा क्या हे, ए उठे सुबह हो चले ये झुके शाम ढले मेरा जीना मेरा मरना इन्ही पलकों के तले’, मोहम्मद रफीको ‘सौ साल पहले मुझे तुमसे प्यार था, आज भी है और कल भी रहेगा’, मुकेशको ‘इक दिन बिक जाएगा माटीके मोल जग में रह जाएगें प्यारे तेरे बोल’ र अंग्रेजी कविताका केही पंक्ति पनि कोरिएका छन्।

चर्चित मानवअधिकारकर्मी पद्मरत्न तुलाधर त्यतिबेला लाजिम्पाटस्थित आफ्नै छापाखानाबाट नेपाल भाषाको दैनिक पत्रिका चलाउनुहुन्थ्यो। पत्रिकामा ‘प्रतिभा परिचय’ नामक एउटा स्तम्भ थियो। नमीता–सुनीताले त्यसको एक अंकमा स्थान पाएका थिए। अमृत क्याम्पसका प्रतिभाशाली छात्राका रुपमा दुई दिदी–बहिनीको फोटोसहित परिचय छापिएको थियो। र, त्यो पत्रिका शंकर होटलमा पनि पुग्थ्यो।

दुई किलोमीटरको दूरी 
काठमाडौं लाजिम्पाटस्थित नमीता–सुनीताको घर, उनीहरुले पढेको लैनचौर मावि र अस्कल क्याम्पस जम्मा दुई किलोमिटरको सेरोफेरोभित्र पर्दछन् र यसैभित्र विनोदशंकरको शंकर होटल र केन्द्र समशेरका छोरा उदय समशेरको घर पनि पर्दछ।

माधवराज कलकत्तामा छ“दा उदय समशेरका बुबा केन्द्र समशेर त्यतिबेला बन्ने क्रममा रहेको श्री ५ को नागार्जुन दरबारका निम्ति आवश्यक सामग्री खरिद गर्ने काममा सहयोग माग्न त्यहा“ पुग्ने गरेका थिए। चिनाजानी राम्रै थियो।

०३७ सालको मंसीर २१ देखि नेपालको शैक्षिक क्षेत्र आन्दोलित बन्यो। दिनहु“ सभा, जुलुस हुन थाले। विद्यार्थीले अघि सारेका माग कत्ति पनि पूरा नभएकाले ०३८ साल साउन २४ गतेसम्म हड्ताल चलिरह्यो। नमीता, सुनीता र नीराले यस्तै शैक्षिक अस्तव्यस्तताको बीच पोखरा घुम्न जाने अठोट गरेका थिए।

पोखरा जा“दा नमीता, सुनीता, नीरा र बल्लभहरु चढेकै बसमा एउटा शंकास्पद मानिस पनि यात्रा गरिरहेको थियो। लामो पहाडिया कट्, तेल लगाएको कपाल, थेप्चो नाक, मध्यम उचाई, गतिलो पोशाक, अनुहारमा कोठी– पछि बल्लभले सम्झ“दा यस्तै नै थियो उसको सामान्य पहिचान। त्यो व्यक्ति बारम्बार चुरोट पिइरहन्थ्यो। अधैर्य देखिन्थ्यो र बल्लभको छोरो पिङ्कीलाई बिस्कुट दिएर हिमचिम बढाउने प्रयत्न गरिरहन्थ्यो। आश्चर्यको कुरा, हुनेखाने वर्गको जस्तो लागे पनि ऊस“ग घडी थिएन। यसर्थ उसले सुनीतास“ग एकचोटि समय सोध्यो। जबकि उनको हातमा पनि घडी थिएन।

पोखरा पुगेको भोलिपल्ट त्यही व्यक्ति बगाले टोलमा एकछिन देखापर्‍यो। त्यस कुरामा कसैको पनि राम्ररी ध्यान जान पाएन। त्यो व्यक्ति को थियो र उसको उद्देश्य के थियो? त्यसदेखि यता आजसम्म किन ऊ कतै देखापरेन? ऊ वास्तवमै सुनियोजित तवरले पो पछि लागिरहेको थियो कि † अह“, आजसम्म यी प्रश्नहरुको उत्तर कतैबाट पाउन सकिएको छैन।

दुनिया“मा अन्तिम दिन 
बेगनास ताल जान भनी हि“डेका केटीहरु सा“च्चै त्यहा“ पुगेको कतैबाट पुष्टि हुन सकेन। तब के उनीहरु भलाम गएका थिए त? यसको पनि स्पष्ट जवाफ कसैस“ग छैन। हो, त्यतिबेला भलामका एकचन्द्र गुरुङको होटलमा जेनेरेटर चलाएर भिडियो फिल्म देखाउने गरिन्थ्यो। यसैकारण ती केटीहरु भिडियो हेर्न गएको चर्चा पनि चलेको थियो। भलाम पुग्न पीएन क्याम्पसबाट अन्दाजी २ किलोमिटर उबडखाबड बाटो पार गर्नुपर्छ।

पीएन क्याम्पसमुनिको चौर आज पनि सा“झ परेपछि चकमन्न हुन्छ। मानिसहरु त्यो चौर भएर एक्लै–दुक्लै हि“ड्न डराउ“छन्। अञ्जान कुनै पर्यटक त्यतातिर लाग्यो भने फर्कन सल्लाह दिन्छन्, यद्यपि दिउ“सोको अवस्थामा कसैलाई कुनै किसिमको डर रह“दैन। वारि–पारि गर्दा दिनको ५–६ सय मानिसले टेक्ने त्यो चौरलाई भयावह चौरको संज्ञा दिएका छन्, त्यहा“का बासिन्दाहरुले। ०३८ साल जेठ २४ गते सा“झ ५.३० बजेतिर त्यही चौरबाट ‘बचाऊ बचाऊ’को ठूलो आवाज वरपरका ढिस्काहरुमा ठोक्कि“दै पटक–पटक प्रतिध्वनित भयो। आवाज भयग्रस्त नारी कण्ठबाट निस्किएको प्रतीत हुन्थ्यो। एकैछिन त्यहा“ भागदौड मच्चियो……

दुनिया“मा अन्तिम दिन 
बेगनास ताल जान भनी हि“डेका केटीहरु सा“च्चै त्यहा“ पुगेको कतैबाट पुष्टि हुन सकेन। तब के उनीहरु भलाम गएका थिए त? यसको पनि स्पष्ट जवाफ कसैस“ग छैन। हो, त्यतिबेला भलामका एकचन्द्र गुरुङको होटलमा जेनेरेटर चलाएर भिडियो फिल्म देखाउने गरिन्थ्यो। यसैकारण ती केटीहरु भिडियो हेर्न गएको चर्चा पनि चलेको थियो। भलाम पुग्न पीएन क्याम्पसबाट अन्दाजी २ किलोमिटर उबडखाबड बाटो पार गर्नुपर्छ।
पीएन क्याम्पसमुनिको चौर आज पनि सा“झ परेपछि चकमन्न हुन्छ। मानिसहरु त्यो चौर भएर एक्लै–दुक्लै हि“ड्न डराउ“छन्। अञ्जान कुनै पर्यटक त्यतातिर लाग्यो भने फर्कन सल्लाह दिन्छन्, यद्यपि दिउ“सोको अवस्थामा कसैलाई कुनै किसिमको डर रह“दैन। वारि–पारि गर्दा दिनको ५–६ सय मानिसले टेक्ने त्यो चौरलाई भयावह चौरको संज्ञा दिएका छन्, त्यहा“का बासिन्दाहरुले। ०३८ साल जेठ २४ गते सा“झ ५.३० बजेतिर त्यही चौरबाट ‘बचाऊ बचाऊ’को ठूलो आवाज वरपरका ढिस्काहरुमा ठोक्कि“दै पटक–पटक प्रतिध्वनित भयो। आवाज भयग्रस्त नारी कण्ठबाट निस्किएको प्रतीत हुन्थ्यो।


एकैछिन त्यहा“ भागदौड मच्चियो। कुर्ता–सुरुवाल लगाएकी सानी केटी काठेसा“घु (हाल त्यस ठाउ“मा फलामको पुल हालिएको छ) बाट सेती नदीमा हामफालिन्। तिनी नमीता थिइन्। नमीता यसरी खसेपछि त्यहा“बाट कुनै आवाज उत्पन्न हुन पाएन।

त्यो सा“झ नमीता–सुनीताको यस धर्तीमा अन्तिम सा“झ थियो, त्यो आवाज आफ्नो अस्मिता र जीवनरक्षाको निम्ति कसैबाट सहयोग पाउने आशामा कलिला दिदी–बहिनीको अन्तिम आवाज थियो। अफसोच, आवाज जीवनस“गै दबेर गयो। ५ या ६ जनाको संख्यामा रहेका अपराधीहरुको उद्देश्य पैसा वा गहना लुट्ने थिएन। काठमाडौंबाट आएका, सम्पन्न घरानास“ग सम्बन्धित, आकर्षक नाकनक्सा भएका नमीता–सुनीताको इज्जतमाथि जस्तोसुकै मूल्य चुकाएर भए पनि धावा बोल्ने दह्रो निश्चय लिएर त्यसदिन अपराधीहरुले त्यस्तो ठाउ“ छानेरै ढुकी बसेका थिए। नमीता–सुनीतामाथि अप्रत्यासित आक्रमण भएर नमीता सेतीको अथाह गहिराइमा विलिन भइसकेपछि सुनीतालाई उठाएर नजिकैको व्यारेक या १ सय ५० मीटर जति पूर्व–दक्षिणतिर लगी सामुहिक बलात्कार गरियो। घटनास्थलभन्दा केही वरबाट शुरु भएको चौर करिब १ किमीसम्म फैलिएको छ र बीच–बीचमा ठूल्ठूला रुख, झाडी हु“दै नदीपुरको फेदीमा गएर अन्त्य भएको छ। एक किलोमिटरको सेरोफेरोमा सिकिस्त बिरामीहरुलाई ल्याएर राखिने दुईवटा पाटी पनि छन्। पाटीबाट ४० फिटमुनि सेती नदी र तुल्सीघाट अवस्थित छ। यही घाटको वरपर नमीता र सुनीताका लाश फेला परेका थिए।

घटना विवरणपश्चात् स्वभाविकरुपमा एउटा प्रश्न उठ्नसक्छ– नमीता, सुनीता त्यस्तो ठाउ“मा किन गए? यसनिम्ति बिहानैको एउटा प्रसङ्ग उल्लेख गर्नु सान्दर्भिक हुनेछ। त्यसदिन बिहान विन्ध्यवासिनी मन्दिर परिसरमा एउटा नौलो युवक देखापरेको थियो। त्यो युवक पिछा गर्नेमा खटिएको पनि हुन सक्थ्यो। यदि यस्तो हो भने बस चढेर महेन्द्रपुल पुग्दा केटीहरुले यस कुराको भेउ पाएको हुनुपर्छ। महेन्द्रपुलबाट उनीहरु बेगनास नगएबाट पनि यस्तो अनुमान लगाउन सकिन्छ। बेगनास नगएपछि बा“की रहे तीनवटा विकल्प– या त ब्यारेक पार गरेर फूलबारी हु“दै भलाम जानु या महेन्द्रपुल, सिनेमा हल, बगर हु“दै सुस्ताउन पीएन क्याम्पसको विशाल प्राङ्गणतिर छिर्नु अथवा काठमाडौंतिरकै नीराको चिनाजानीमा रहेका कसैको गाडीमा लिºट पाएर पोखरा डुल्नु। यी तीनवटा विकल्पहरुमध्ये पहिलोले मध्यम हैसियत राख्दछ। केटीहरुले भलाम अथवा महेन्द्रपुलबाट फूलबारी हु“दै क्याम्पस निस्केर घर जाने तरखर गरेको भएदेखि उनीहरुका प्रत्येक गतिविधि ‘कसैलाई’ थाहा भइरहेको हुनसक्थ्यो। किनभने भलाम र फूलबारी वारिपट्टि नदीपुरबाट एकदमै सफास“ग देख्न सकिन्छ। गतिविधि हेरिरहेका अपराधीहरुलाई केटीहरु फूलबारी आइनपुग्दै क्याम्पसमुनि हमलाको लागि तयार भएर बस्नु कुनै गाह्रो काम मानि“दैन। दोस्रो विकल्प, पृथ्वीनारायण क्याम्पसभित्र थुप्रै प्लट मनमोहक घा“से मैदानहरु छन्। त्यतिबेला देशभर शैक्षिक अस्तव्यस्तता छाएको हु“दा क्याम्पसमा विद्यार्थी, प्राध्यापक र अन्य कर्मचारीहरु थिएनन्। सुस्ताउन मैदानमा बसिरहेका केटीहरुमाथि यस्तै स्थितिको फाइदा उठाएर अपराधीहरुले हमला गर्न खोजेको र त्यसबाट बच्न ओरालो लाग्दै चौर पुगेका केटीहरुमाथि हातपात गर्न अपराधीहरु सफल भएको हुनसक्छ। तेस्रो विकल्पअनुसार, चिनाजानीका व्यक्तिले कारमा राखी पोखरा घुमाउञ्जेल अरु पनि अपराधीहरु घटनास्थलमा तम्तयार बनेका र घर पुर्‍याइदिने नाममा घरको बाटो नलागिकन क्याम्पसको तल्लो छेउसम्मै कार लगेर केटीहरुलाई ओराली घचेट्दै चौरसम्म पुर्‍याएपछि साथीहरुस“गै मिली हमला गरेको पनि हुनसक्छ। नमीता–सुनीता हत्याकाण्डको अन्वेषण गर्ने क्रममा हामीलाई प्राप्त एउटा महत्वपूर्ण सुराक अपराधीहरुद्वारा प्रयोग गरिएको कार नम्बर पनि हो। आजभन्दा तीन–चार दशकअघि नेपालमा बहुप्रचलित भक्स–वागन कम्पनीको उक्त कारको प्लेट नम्बर ३२९६ थियो। पोखरामा २–३ दिनसम्म मनपरी ढङ्गले कुदाइएको त्यस कारलाई चिप्लेढुङ्गाबासीहरुले हिलाम्मे अवस्थामा देख्ने गरेका थिए। हत्याकाण्डपछि रहश्यमय तवरबाट त्यो कार गायब भयो।

‘हत्यारालाई फा“सी दे †’
पोखरामा एकपछि अर्को गर्दै हत्याका घटनाहरु बढ्दै जानु तर हत्याराहरुलाई छुने हिम्मत प्रशासनले नदेखाउनुले जनमानसलाई उत्तेजित बनाउ“दै लग्यो। ‘हत्यारालाई फा“सी दे’, ‘जनजीवनको सुरक्षा गर्’जस्ता नाराले देश गुञ्जायमान हुन थाल्यो। असारको शुरुमा पोखरामा विद्यार्थी र महिलाहरुले बनिता कतिला, माया केसी र प्रभा कोइरालाहरुको नेतृत्वमा हत्याकाण्डको न्यायिक जा“च तथा हत्याराहरुमाथि कारबाहीको माग गर्दै जुलुस निकाले। हालको एमालेनिकटस्थ अखिल नेपाल महिला संघ, पोखरा नगर तयारी समितिको आयोजनामा असार १७ गते हत्याकाण्डविरोधी जुलुस प्रदर्शन भयो। विभिन्न वर्ग र तहका करिब १९ हजार जनताको उत्साहबर्द्धक सहभागिता रहेको उक्त जुलुस चिप्लेढुङ्गा पुगेर आमसभामा परिणत भएको थियो। दाङ्ग, भैरहवा, स्याङ्जा, काठमाडौं, चितवनका भित्ताहरु वालिङ र पोष्टरिङ्गले रङ्गिए। काठमाडौंको अस्कल र पद्मकन्या क्याम्पसमा आमसभा र जुलुस भए। प्रदर्शनकारीहरुमाथि दमन अभियान शुरु गरियो।

राष्ट्रिय पञ्चायतमा रडाको 
यता, सडकबाट सरकारी अकर्मण्यताको विरोध भइरहेको थियो भने राष्ट्रिय पञ्चायतको बैठकमै पनि दोषी जो कोही भए पनि कारबाही गर्न माग उठिरहेको थियो। काठमाडौंकी चर्चित महिला रापंस नानीमैया“ दाहालले असार १८ गते रापंको सेशनलाई संबोधन गर्दै भन्नुभएको थियो– “पोखरामा भएको हत्याकाण्डको घटना ज्यादै दुःखलाग्दो हो, यसबाट प्रशासनको अदक्षता झल्किन्छ। त्यसमा पनि यस किसिमको जघन्य अपराधमा ठूला र बरिष्ठ व्यक्तिहरु संलग्न रहनु ज्यादै अनैतिक र अमानवीय काम हो।” (गोरखापत्र– असार १९, ०३८) सोही दिन नुवाकोटका रापंस प्रकाशचन्द्र लोहनीले सदनमा भन्नुभयो– “यस हत्याकाण्डको विरोधमा उठेको जुलुसमा भाग लिनेहरुलाई थुन्ने, पिट्नेजस्ता कार्यले कसरी जनताले न्याय पाउन समर्थ हुन्छन्? हत्यारालाई पक्डन नसक्नु तर न्याय चाहने जनतालाई चाहि“ दमन गर्नु कस्तो न्याय हो?” (सोही अंक, गो.प.) अर्का रापंस पुहातु चौधरीको भनाइ थियो– “यस काण्डमा ठूलाबडा संलग्न छन्।” त्यसदिन रापंसहरु लोकेन्द्रबहादुर चन्द, आङवाङ शेर्पा, एकराज शर्मा आदिले समेत अपराधीहरुमाथि कडाभन्दा कडा कारबाही गर्ने माग सदनमा राख्नुभएको थियो। असार २२ गते सोमबारको गोरखापत्रले ‘२१ गते राष्ट्रिय पञ्चायतमा शाही संबोधनमाथिको छलफल जारी’ शीर्षकमा मुख्य समाचार प्रकाशित गर्‍यो। त्यस समाचारअन्तर्गत प्रथम पृष्ठमा प्रकाशचन्द्र लोहनीको भनाइ यसरी छापिएको छ– “पोखरामा हालै घटेको घटना अचानकै घटेको हैन। सोर्स पुगे जे गरे पनि हुन्छ भन्ने भावना बढेकाले यस्तो घटना घटेको हो।” लगत्तै राष्ट्रिय पञ्चायतको ३२ औं अधिवेशनअन्तर्गत २३ गतेको बैठकमा माधवराजका सम्धि तथा अर्थमन्त्री यादवप्रसाद पन्तले आर्थिक वर्ष ०३८/३९ को राजश्व र व्ययको वार्षिक अनुमान पेश गरे भने पर्सिपल्ट दिनको ११ बजे नमीता–सुनीता हत्याकाण्डसम्बन्धमा छलफल गर्न बैठकका अध्यक्ष मरिचमान सिंहले अनुमति दिएबमोजिम पोखराका माननीय राधेश्याम कमारोले रापं नियमावलीको नियम ५४ अनुसार प्रस्ताव टेबल गरे। त्यस अवसरमा गृहमन्त्रीले विज्ञप्ति दिएको ५–६ दिनभित्रै बोरामा बा“धिएर ºयालिएको एक लाश भेटियो भन्दै सिन्धुपाल्चोकका पशुपतिसमशेर जबराले यस्ता हत्याकाण्डहरुमा अभियुक्तलाई पक्रिनुपर्ने ठाउ“मा काण्डहरुको झन् विकास भइरहेको र वीरगञ्जमा पनि पसल लुटिएर त्यस्तै अशान्ति छाएको बताए। राणाको ठोकुवा थियो– ‘प्रत्युत्तरको दिन प्रधानमन्त्री सदनमा पड्किनुहुन्छ, अर्कोतिर वीरगञ्जमा बम पड्किन्छ। असुरक्षा छ भन्ने भावना देशमा फैलिएको छ। यो नैतिक बल नभएको सरकारले तदारुकताका साथ काम गर्ने अवस्थै छैन। देशभरि आएको ज्वरोको पोखरा हत्याकाण्ड खटिरामात्र हो।’

यस विषयमा पटक–पटक कुरा उठाउ“दा आफूमाथि अज्ञात व्यक्तिहरुद्वारा बारम्बार धम्की आउन थालेकोमा आक्रोशित नुवाकोटका प्रकाशचन्द्र लोहनीको स्वर अझ चर्को थियो। उनले भनेका थिए– ‘हत्याको अनुसन्धानमा प्रशासन असमर्थ हुन्छ र सुराक दिन जाने व्यक्तिलाई पनि शिकार बनाइन्छ भने यसको दोष कसलाई दिने? चूडामणि मारिएको भन्न मिल्दैन भन्ने प्रशासनको भनाइ छ भने अर्कातिर अनुसन्धान जारी रहेको जानकारी पनि दिइन्छ। हत्याको वास्तविक अभियुक्त पत्तो नलागेपछि जनताले बेग्लै अर्थ लगाउनेछन् र यसको मूल्य पनि निकै मह¨ो हुनेछ।’

‘केही दिनअघि गृहमन्त्रीले दिनुभएको जानकारी शायद पोखराबाट कुनै पुलिस इन्स्पेक्टरले पठाएको रिपोर्टबाहेक केही थिएन’– तनहु“का श्रीभद्र शर्माले भने– ‘हाम्रा आ“खा र कान कति टाढा छन्? जम्मा दुई इञ्च। आ“खाले देखेको र कानले सुनेकोमा फरक पर्छ। ती बालिकाहरुले कौमार्यको सुरक्षाका निम्ति कति संघर्ष गरे होलान्?’

पा“चथरका पद्मसुन्दर लावतीले भनेका थिए– ‘हामीले जनमत संग्रह र त्यसपछिको आमचुनावमा समेत सुधारिएको पञ्चायतबाट मात्र देशमा शान्ति र सुरक्षा संभव छ भनेर एक–दुईपटक मात्र होइन बारम्बार जनतामा विश्वास दिलाउन कोशिस गरेका हौं। तर, आज महिनौं दिन भयो हामी झूठ्ठा सावित भएको। यसको आक्रोश र विरोध देशभर फैलिई विद्यार्थीहरुमा हड्तालको वातावरण पैदा भएको छ। र, यस्तो अवस्थामा सरकारले कुनै ध्यान दि“दैन भने देशभरिका दाजुभाइ–दिदीबहिनीले सोच्ने बेला आएको छ।

सोलुखुम्बुका आङबा¨ शेर्पाको एक कदम अगाडि बढ्दै ठोकुवा थियो– ‘यस घटनाको लिङ्क भारतसम्म पनि हुनसक्छ।’ बैतडीका लोकेन्द्रबहादुर चन्दले थापा सरकारप्रति व्यङ्ग्य गर्दै भनेका थिए– ‘अब त स्कूलमा छोरीहरुलाई पढाउने वा तालिम दिलाउने कुनै प्रयोजन नै रहेन। बरु यसको बदला उनीहरुलाई बन्दूक चलाउने, छुरी चलाउने काममा पो लगाउनुपर्ने हो कि †’

‘श्री ५ को सरकार आफ्नै परिवारको ज्यान सुरक्षा गर्न त असमर्थ छ भने सर्वसाधारण जनताको सुरक्षाको निश्चितता कसरी हुनसक्छ?’– पर्वतका डम्बरबहादुर मल्लको प्रश्न। मुकुन्दबहादुर बस्नेत त्यतिबेला भोजपुरबाट राष्ट्रिय पञ्चायतमा प्रतिनिधित्व गर्दथे। उनले अर्कै एउटा घटनाको उदाहरण दि“दै सदनलाई जानकारी गराए– ‘केही दिनअगाडि कुपण्डोलमा राष्ट्र बैंकका एकजना कर्मचारी मोटर एक्सिडेण्टमा परी मरे। किच्ने गाडी आईजीपीको रहेछ। तर, त्यसबेला कसैमाथि पनि कारबाही नगरी वास्तविकतालाई लुकाइयो। पोखरा हत्याकाण्ड पनि नदबाइएला भन्ने छैन।’ पोखरा हत्याकाण्डको विषयमा छिट्टै अपराधी पत्ता लगाइयोस् भनेर आफूहरुले सदनभित्र बारम्बार उठाएको आवाजको सुनुवाई नभएकोमा चित्त दुखाउने पाल्पाली माननीय यादवसिंह रायमाझीको थप गुनासो थियो– ‘यहा“ उपस्थित हामी १३५ जना रापंस पनि असुरक्षित छौं जस्तो लाग्न थालेको छ। पोखरा हत्याकाण्डमा ठूलाबडाका छोराहरु संलग्न छन् भन्ने सुनिन्छ। ठूला व्यक्तिहरु कानूनको पञ्जाबाट फुत्किने र साना मात्र पञ्जामा पर्ने तरिका गलत हो।’

‘हत्याराहरुको नाम बाहिर छ्याप्छ्याप्ती चर्चामा छ तर पनि उनीहरुमाथि किन कारबाही गरि“दैन?’– इलामकी सरस्वती राईको प्रश्न।

सरकारको सन्त्रास
पोखरा ६ महिनासम्म पर्यटकविहीन बन्यो। माछापुच्छ्रे र फेवातालसम्बन्धी बृत्तान्त सुनेर नेपाल भित्रिएका पर्यटकहरु नमीता–सुनीताप्रति मनमनै श्रद्धाञ्जलि व्यक्त गर्दै काठमाडौंबाटै आ–आफ्नो देश फर्किए। रापंस एकराज शर्माले अबलाबाट सबला बन्न खोज्ने छोरी–बहिनीजस्ता कुमारीहरुको बलात्कारपछि हत्या गरिएको छ, जनउत्तरदायी सरकारबाट पनि सन्तप्त परिवारले समवेदना नपाउनु आश्चर्यलाग्दो कुरा हो भन्दै सरकारस“ग समवेदना प्रकट गर्न आग्रह गरे। तर अह“, सरकारले कहिल्यै यस कुरामा ध्यान दिएन। प्रधानमन्त्री पदमा बालककालदेखि नै चिनाजानी भएका सूर्यबहादुर थापा थिए, प्रम निवास र माधवराजको घर पनि नजिकै थियो। थापाले त्यसपछि कहिल्यै माधवराजस“ग भेट गर्न चाहेनन्। कारण के थियो? समवेदना प्रकट गर्दैमा वा भेट्न जा“दैमा उनको या उनको सरकारको जागिर जान्थ्यो? या त्यसो गर्नेबित्तिकै हत्याकाण्डमा संलग्न आफ्ना मालिकहरुलाई पक्रनैपर्ने दायित्वको बोझ आफ्ना थाप्लामा बोकेको महसूस गर्नुपर्थ्यो? समवेदना व्यक्त गर्न त हिम्मत नहुने सरकारले अपराधी पत्ता लगाउन सक्ला भन्ने कुरामा विश्वास गर्ने शायदै कोही थिए त्यसबेला नेपालमा।

पत्रिकालाई पुर्जी 
आखिर पञ्चायती कालरात्रि न हो, जनतालाई सुसूचित गर्ने प्रेसको अधिकार त थिएन नै, ठूलाबडाले गरेका कर्तुतमा कतैबाट कसैले छेस्कोमात्रै झिके पनि ठूलै अनिष्ट झेल्नुपर्थ्यो। त्यसमा पनि प्रेसमाथि कहालीलाग्दो व्यवहार हुन्थ्यो राज्यपक्ष्ँबाट। यो घटनामा पनि प्रेसमाथि राज्यको नियत सफा रहेन।

राजधानीबाट प्रजातन्त्रको पक्षमा प्रकाशित हुने राष्ट्रपुकार साप्ताहिकमाथि स्थानीय प्रशासनले पुर्जी काट्यो। राष्ट्रपुकारले नमीता–सुनीता हत्याकाण्डको विषयलाई लिएर समाचार सामग्री प्रकाशित गरेको थियो। चूडामणिको हत्याकाण्डपछि पोखरावासी कति सन्त्रस्त थिए भन्ने कुरा उल्लेख गर्दै राष्ट्रपुकारले लेखेको थियो– ‘…अपराधीहरु यिनै हुन् भन्ने कुरा आमजनताले अड्कल काटेका भएपनि भन्न नसक्ने, नमिल्ने र भन्न जा“दा हत्याको शिकार शिकार हुनुपर्छ भन्ने डरले जनता तैं चूप, मैं चूपको स्थितिमा रहेका छन्। प्रहरीको तदारुकता प्रचारमा मात्र सिमित छ।’

२०३८ साल साउन १३ को मितिमा कास्कीका तत्कालिन प्रमुख जिल्ला अधिकारी पद्मराज सुवेदीले राष्ट्रपुकारका सम्पादक होमनाथ दाहाललाई पत्र लेखी समाचारमा प्रकाशित भएअनुरुप घटनाको वास्तविकता पत्ता लगाउन सहयोग गर्नका लागि अनुरोध गर्दै घुमाउरो पारामा धम्क्याएका थिए। पत्रमा भनिएको थियो– ‘घटनाको रहस्योद्घाटन गर्न र खास अपराधीलाई उम्किन नदिन तपाईंले पनि यथार्थ जानकारी उपलब्ध भएसम्मका ठोस आधारहरु यहा“ प्राप्त गराई दिनुभई सहयोग गर्नुहुन हार्दिक अनुरोध गर्दछु।’

तर, यो पत्रमा पनि प्रेसमाथि राज्यको दमनकारी नीति रहेको प्रष्टस“ग खुलेको थियो। राष्ट्रपुकारलाई पुर्जी वास्तवमा प्रमुख जिल्ला अधिकारी सुवेदीले आफ्नो स्वविवेकमा काटेका थिएनन्। उनकै भनाइअनुसार, पुर्जी काट्ने आदेश गण्डकीका तत्कालिन अञ्चलाधीश गणेशमान श्रेष्ठले दिएका थिए। प्रजिअ सुवेदी केही समयपछि कास्कीबाट सरुवा भई काठमाडौं गए। पत्रकार दाहालस“गको भेटमा उनले आफ्नो बाध्यता बुझिदिन आग्रह गर्दै माफ मागेका थिए।

पुर्जीमा कुनै दुराशय थिएन र घटनासम्बन्धमा बुझ्ने मात्रै प्रशासनको नियत थियो भने त्यो पुर्जीका बोधार्थ प्रतिहरु किन अन्य निकायहरुमा पठाइए? जटिल प्रश्न यो हो। त्यो पत्र तत्कालिन गृह पञ्चायत मन्त्रालय, पश्चिमाञ्चल क्षेत्रीय प्रशासन कार्यालय, गण्डकी अञ्चलाधीश कार्यालय, बागमती अञ्चलाधीश कार्यालय, गण्डकी अञ्चल प्रहरी कार्यालय, बागमती अञ्चल प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय, कास्की र जिल्ला प्रहरी कार्यालय, काठमाडौंलाई बोधार्थस्वरुप प्रेषित गरिएको थियो। र, जिप्रका काठमाडौंलाई लेखिएको पत्रमा पक्रने आदेश प्रष्टै झल्किने गरी अगाडि भनिएको थियो– ‘संबोधित व्यक्तिको पत्र बुझाइदिनुहुन र निजलाई यहा“ उपस्थित गराइदिनुहुनसमेत अनुरोध।’

प्रहरी प्रमुखका काइते कुरा 
पोखरा घटनाले राष्ट्रिय चर्चा त पायो, तर त्यसलाई ढाकछोप गर्नका लागि राज्यको उपल्लो निकायका सरोकारवालाहरु निक्कै जोड्तोडका साथ लागिपरे। अझ त्यसबेला पोखरा आसपासमा अपराधिक घटनाहरुको ओइरो लाग्नाले पञ्चायती शासनको आडमा व्यभिचारीहरु कति सल्बलाएका रहेछन् भन्ने तथ्य पुष्टि हुन्छ।

नमीता–सुनीता हत्याकाण्डपछि तत्कालिन प्रहरी महानिरीक्ष्ँक दुर्लभकुमार थापाले राजधानीबाट प्रकाशित हुने चक्षु साप्ताहिकका सम्पादक पद्मभक्त खरेललाई दिएको अन्तर्वार्तामा पञ्चायती प्रशासनका लापरवाहीहरु स्पष्टतः झल्किएका छन्। पत्रकारस“ग आइजीपी थापाले घटना भएको छ दिनपछि मात्रै आफूसमक्ष जानकारी आएको बताए। उनले पोष्टमार्टम रिपोर्टको हवाला दि“दै बलात्कृत भएको नभई ‘उद्योग भयो होला’ भन्दै घटनालाई अन्तै मोड्ने प्रयत्न गरे। उनले यत्रो संवेदनशील विषयलाई पनि नजरअन्दाज गर्दै भनेका थिए– ‘सेक्स विकृति भएका मान्छेले हत्या गरेर पनि यौन सन्तुष्टि लिने गर्छन्। अघि बलात्कार भएको हो कि † पछि त भएको छैन †’

घटनाको बारेमा प्रष्टस“ग बताउनसक्ने सम्भावना भएका बनपाले चूडामणि अधिकारीलाई पक्राउ गरेपछि ‘भोलि आउ“छु’ भन्दा प्रहरीले छाडिदिएको र त्यसपछि उनको हत्या भएको प्रसङ्ग कोट्याउ“दै घटनामा प्रहरीको सा“ठगा“ठ भएको विषयलाई पनि महानिरीक्ष्ँक थापाले नकारेका थिए। उनले घटनाका खास साक्षी चूडामणिलाई साधारण बोलावट मात्र भएको भन्दै शंका लागेर नल्याइएको दावी गरेका थिए। उनले काइते जवाफ फर्काएका थिए र भनेका थिए– ‘संयोग भनौं वा के भनौं भोलिपल्टदेखि चूडामणि बेपत्ता भए। पछि लाश भेटियो। लाशको प्रकृतिबाट चूडामणिको लाश मारेर फालेको भन्ने साबित हु“दैन, नदीको किनारामा भेटिएको लाश हु“दा चिल, गिद्दहरुले खाएर आन्द्राभू“डी नहुनसक्छ, यदि गोली–छुरा हानिएको भए लाशको प्रकृतिले बताउ“थ्यो। यससम्बन्धमा पनि अनुसन्धान भइरहेको छ।’ (२२ असार २०३८ को तर्क साप्ताहिकमा साभार गरिएको)

स्मरणीय के छ भने, नमीता–सुनीता हत्याकाण्डताका पोखरा आसपासमा अपराधको श्रृङ्खला निक्कै नै बढेको थियो। माघको दोस्रो साता जापानी युवती कोतोमी सिमादाको लाश आ“बुखैरेनीको ५ किलोमिटर पूर्वमा भेटियो। त्यही समयमा अग्रवाल परिवारका केटा र एउटी केटीको लाश फेला परेको थियो। यी दुईमध्ये जापानी युवतीको बारेमा अनुसन्धान भइरहेको र अग्रवाल परिवारले आफन्तहरुको सद्गत गरी दाहसंस्कार गरेको भनी महानिरीक्षक थापाले बताएका थिए। नमीता–सुनीता हत्याकाण्डलगत्तै स्थानीयवासीले प्रहरीको संलग्नता रहेको भन्दै सबैलाई निलम्बन वा बदली गर्नुपर्छ भन्ने माग गरे। महानिरीक्ष्ँक थापाले भने प्रहरीहरुको बचाउ गर्दै अनुसन्धान भन्ने कुरा नया“ मान्छेले भन्दा पुरानो मान्छेले राम्रोस“ग गर्ने उल्लेख गर्दै तिनै प्रहरीहरुले ठोस प्रमाण फेला पार्ने विश्वास व्यक्त गरेका थिए। तर, विश्वासका साथ ठोस प्रमाण भेटाउ“छन् भनिएका प्रहरीहरुको रबैया पछिल्लो समय मुद्धा फिर्ता गर्नेबेलासम्ममा छर्लङ्ग भइसकेको छ। महानिरीक्षक थापाले सो अन्तर्वार्ताको क्रममा प्रत्येक प्रश्नहरुलाई सतही रुपमा विश्लेषण गर्दै ‘हु“दैछ…, गर्दैछौं, गर्छौ…’ भन्ने शैलीका जवाफ दिएर पन्छिएका छन्।

गृहमन्त्रीले घु“डा टेके
देशभित्रबाट उठिरहेको चर्को विरोधका सामु आखिर गृहमन्त्री नयनबहादुर स्वा“रले घु“डा टेक्नुपर्‍यो। असार २३ गते रेडियो नेपालबाट एक वक्तव्य जारी गर्दै ‘अपराधी जो कोही भए पनि कारबाही गर्न श्री ५ को सरकार पछि नपर्ने’ दाबी उनले गरे।

हत्याराहरु लखनउमा? 
२०३८ असार २४ का दिन प्रकाशित सा“घु साप्ताहिकले नमीता–सुनीता हत्याकाण्डका अपराधीहरु भारतको लखनउमा बसिरहेको समाचार प्रकाशित गर्‍यो। सा“घुले आफ्नो समाचारमा लेखेको थियो– ‘हत्याराहरु तीनजना भएको विश्वास गरिन्छ र यी अति प्रभावशाली व्यक्तिहरुका सन्तान हुन्। चर्चामा आएअनुसार तीनैजना वारदात भएको भोलिपल्टै राजधानी फर्किएका थिए। त्यसमध्ये एकजनाको मुखमा कोतरिएको थियो, जसको उपचार डाक्टरबाट गर्दा हल्ला हुन्छ भनेर घरेलू कम्पाउण्डरबाट गराइयो। यसबाट यो स्पष्ट भएको छ कि मृत्यु र बलात्कारअगाडि तीन किशोरीले आफ्नो रक्ष्ँाका लागि ठूलो संघर्ष गरेका थिए।’ अपराधीहरु लखनउतर्फ भगाइएको दावीसाथ सा“घुले लेखेको थियो– ‘..उनीहरु एक नेपाली राजनीतिज्ञकै होटलमा मोजमस्तीपूर्ण जीवन बिताइरहेका छन्। हत्याराहरुको सम्पर्क र प्रभाव अति शक्तिशाली व्यक्तिहरुस“ग भएकाले यसलाई यत्तिकै दबाइने र हत्यारा कहिल्यै पक्राउ नपर्ने चर्चा पनि यहा“ प्रशस्त सुनिन्छ।’ पोखरामा तीन चेली पशुवत हत्याको शिकार भएको विरोधमा राजधानीका विभिन्न स्थानमा प्रदर्शनहरु भएको उल्लेख गर्दै समाचारमा भनिएको थियो– ‘…काठमाडौंमा दोस्रोपटक गत आइतबार पद्मकन्या क्याम्पसको युनियनको आयोजनामा जुलुस तथा सभाको आयोजना गरियो। महिलाहरुको अधिक उपस्थिति रहेको उक्त जुलुसले विभिन्न नारा लगाउ“दै नगर परिक्रमा गरिसकेपछि प्रधानमन्त्रीको कार्यालयमा गई विरोधपत्र दियो। त्यसपछि जुलुस पद्मकन्या क्याम्पसमा पुगी सभामा परिणत भएको थियो।’

सा“घुमा उल्लेख भएअनुसार पद्मकन्याभन्दा अघि अस्कल क्याम्पसमा पनि हत्याको विरोधमा प्रदर्शन भएको थियो। उसले लेखेको थियो– ‘अस्कल क्याम्पसबाट पोखरा हत्याकाण्डको विरोधमा निस्किएको एक विशाल जुलुसले गुण्डागर्दी मूर्दावाद, प्रशासनिक हेलचेक्य्राईं मूर्दावाद, महिलाको सुरक्ष्ँा हुनैपर्छ, बन्दी साथीहरुलाई छाडी दे जस्ता गगनभेदी नाराहरु लगाउ“दै सिंहदरबार पुगी ९ सदस्यीय प्रतिनिधिमण्डलले प्रधानमन्त्रीसमक्ष विरोधपत्र बुझायो। स्मरणीय छ, विरोधपत्र दिनलाई उक्त जुलुसले सिंहदरबारअगाडि एकघण्टा भन्दा बढी समय पर्खिनुपरेको थियो। त्यसपछि जुलुस त्रिचन्द्र क्याम्पस पुगी आमसभामा परिणत भएको थियो।’

घटनाप्रति प्रशासनले लापरवाहीपूर्ण कारवाही गरेको प्रसङ्ग कोट्याउ“दै समाचारमा लेखिएको थियो– ‘वास्तविक हत्यारालाई पक्राउ गर्ने र जनजीवनलाई शान्त पार्ने हो भने शाही आयोगको आवश्यकता सर्वत्र महसूस गरिन्छ। भण्डारी दिदीबहिनी हराएको खबर प्राप्त भएपछि काठमाडौंबाट गएका उनीहरुका बाबुको लिखित निवेदनको आधारमा तत्काल खोजतलासी गर्नुभन्दा अञ्चल प्रशासन तथा डीआइजीपीले तरुनी केटीहरु भागे होलान्, दार्जिलिङ्ग गए, लखनौ गएजस्ता गैह्रजिम्मेवारीपूर्ण जवाफ दिने गरेको र अभिभावक वर्गले आफ्नैतर्फबाट खोजीतलासी गरी प्रत्यक्ष्ँदर्शी चूडामणि अधिकारीलाई प्रहरीसमक्ष्ँ बुझाउ“दा यसको बयान भोलि लिउ“ला भनी फिर्ता पठाइयो। भनिन्छ, अधिकारीको बयानबाट यो हत्याकाण्डको सम्पूर्ण पर्दा उठ्ने थियो, तर प्रहरीको गैह्रजिम्मेवार रवैया र अपराधीस“गको मिलिभगतले गर्दा उसको बयान दर्ज हुन पाएन। हत्या प्रत्यक्ष्ँ देखेको अपराधमा स्वयं अधिकारीले मृत्युवरण गर्नुपर्‍यो।’

सा“घु प्रतिनिधिले गरेको घटनास्थलको स्थलगत अध्ययनपछि प्रकाशित विवरणमा जेठ २४ गते दिउ“सो ११ः३० बजेतिर ती चेलीहरुलाई महेन्द्रपुलमा देखिएको र त्यसपछि कसैले उनीहरुलाई नदेखेको दावी गरिएको छ। संवाददाताको रिपोर्टमा उल्लेख गरिएको छ– ‘नीरा पराजुलीका काकाको घरको ठीकअगाडि चिया व्यापार गरी बस्ने एक वृद्धाका अनुसार, केटीहरु घुमेर फर्किएको १०–१५ मीनेटपछि दुईजना युवक केटीहरु बसेको घर वरपर घुम्ने गर्दथे। ती युवकहरु केटीहरु हराएको दिन पनि बिहान ५ बजेतिर त्यहा“ देखिएका थिए र तिनैले हत्या गरेको आभाष पाइन्थ्यो। चिया पसल्नीले ती केटाहरुको फोटो तथा अनुहार देखे चिन्नसक्ने दृढता पनि व्यक्त गरिन्।’

सा“घु प्रतिनिधिस“गको भेटमा ५ जना छोराछोरी तथा एउटी सौता भएकी श्रीमती चूडामणि अधिकारीले आफ्नो लोग्नेको हत्याको बारेमा ‘सा“ढेको जुधाइ, बाच्छाको मिचाइ’ भएको बताएकी थिइन्। उनले प्रतिनिधिस“ग हत्यालाई माकुराको जालोस“ग तुलना गरी हत्यारा कहिल्यै पक्राउ पर्न नसक्ने दृढता पनि व्यक्त गरेकी थिइन्। चूडामणिको घरभन्दा तल्लो गाउ“मा सा“घु प्रतिनिधिले बुझ्दा चूडामणिले अघिल्लो दिन आफूलाई बयान दिने क्रममा प्रहरीले यातना दिएकोलगायत आफूले थाहा पाएसम्मका सम्पूर्ण रहश्य अभिन्न मित्रहरुलाई बताएका थिए। ती मित्रहरु चूडामणि मारिएपछि प्रहरी आतङ्कद्वारा त्रस्त भएर केही नबोल्ने मात्र होइन, प्रशासनसमक्ष उपस्थितसमेत नहुने पक्षमा गएके र जसमध्ये एक–दुईजनाले त घरको ढोकामा ताल्चा लगाएर भित्र लुकी समय काट्ने गरेको पनि संवाददाताको दाबी थियो।

राष्ट्रपुकार साप्ताहिकले २०३८ असार १५ को अङ्कमा बनपाले चूडामणिको लाश भेट्टाएपछि लेखेको एक समाचार यस्तो थियो– ‘चूडामणि अधिकारी नामक बन डिभिजनका पियनको (लाश) भन्ने तथ्य पत्ता लागेको छ। लाशको स्थितिलाई हेर्दा अपराधीहरुले लाश जनावरले खाओस् भनी पानी बाहिर राखेको बुझिन्छ। लाशका दुबै आ“खा र च्यु“डो जनावरले खाएको छ भने छातीमा भ्वाङ पारेको छ, जो ढाडमा आएर निकै चाक्लोगरी फुकेको हु“दा नीज चूडामणिको हत्या गोलीप्रहार (राइफल?) बाट भएको भन्ने आशङ्का गरिएको छ। अपराधीहरुको अनुसन्धानको क्रममा निजलाई प्रहरी निरीक्ष्ँक कार्यालयबाट बोलावट भएको र त्यहा“ पुगेपछि भोलि आउनु भन्ने लापरवाही आदेशअनुसार घर फर्किएका चूडामणिको लाश अचानक त्यसरी देखापर्नुबाट अपराधीहरुको समूह सशस्त्र र परेको समय जोसुकैको पनि हत्या गर्न सक्ष्ँम छ भन्ने अड्कल काटिएको छ।’

प्रहरी–प्रशासनद्वारा पालित–पोषित अखबारहरुको अहिले बाढी आएजस्तै त्यतिबेला पनि हण्डीखोरहरुको कुनै कमी थिएन। ५–७ सय गोजीमा हाल्नु र हाकिमहरुको ढाकछोप गर्दै हि“ड्नु तिनीहरुको सनातन धर्म नै हो। पत्रकारिताको नाममा पर्चाकारिता गर्ने तिनै हण्डीखोरहरुमध्येको एक थियो– केन्द्रीय कार्यालय : धर्मपथ (गोर्खा प्रिन्टर्स, पो.ब.नं. ११८, फोन ११५८५, काठमाडौं, शाखा कार्यालय : विराटनगर नगर पञ्चायत– १, पोखरिया पानी ट्याङ्की) भई भूपाल थापाद्वारा सम्पादित तथा प्रकाशित ‘प्रतिविम्ब’ साप्ताहिक। ०३८ साल साउन १८ गते आइतबारको मितिमा विशेषाङ्क– ४ निकाल्दै त्यसले गृहमन्त्री नैनबहादुर स्वा“र, आईजीपी, डीआईजी र अञ्चलाधीशको निर्लज्ज बचावट गरेको थियो। पोखरा हत्याकाण्डलाई एकदमै सामान्यिकरण गर्दै र सम्पूर्ण प्रकरणको दोष नीरा पराजुलीको थाप्लोमा हाल्दै उसले लेखेको थियो– ‘हाम्रो देशमा मात्र होइन, संसारमा नै यस्ता प्रकारका घटनाहरु भइरहन्छन्। कुरा साधारण हो, जसलाई तिलको ताड बनाइएको छ। जनआवाजका नाममा केही व्यक्तिले बेजोडका हल्ला फि“जाएर जनमानसलाई दिग्भ्रमित पार्न खोज्नु दुःखलाग्दो कुरा हो। यस्ता घटनालाई आजको भोलि नै पत्ता लगाउनुपर्छ भन्ने छैन।’ घटनाको वास्तविक रिपोर्टि¨ गर्ने सहकर्मी पत्रकारहरुप्रतिको उसको आक्रोशपूर्ण अभिव्यक्ति थियो– ‘काठमाडौंमा बसेर पोखराको वास्तविक स्थिति बुझ्ने, दशमा शून्य थपेर सय बनाउने बुज्रुकहरुले गर्दा देशमा आज ज्यादै ठूलो त्रासको वातावरण फैलिएको छ। काठमाडौंमा चर्चा भएअनुसार पोखराका जनतामा सुरक्षा छैन, हाल पोखरामा विदेशी पर्यटकहरुको आगमन छैन भन्ने कुरा कपोलकल्पित र निराधार हुन्। हजारौं पर्यटकहरु आवत–जावत गरिरहेका छन्। जनजीवन सामान्य छ। प्रशासन आफ्नो जिम्मेवारी कटिबद्धरुपले बहन गरिरहेको छ। नमीतालाई बलात्कार गरेको भन्न सकि“दैन। दिदीचाहि“को लाश कुहिएको र ढाडिएकोले गर्दा यकिन भन्न सकिएन। चूडामणिको सम्बन्धमा उनी कमजोर आत्मा भएको मानिस भएको र केटीहरुका बाबुले जबर्जस्ती समातेर त्यो केटालाई देखेको हु“ भन्न कर गरेपछि निर्दाेष मानिसले मर्नु न बा“च्नुको फरक नदेखेर नदीमा हाम्फाली आत्महत्या नै गरेको ठहर्छ। पोखरा मात्र होइन, अन्य अञ्चल र मुलुकमा पनि यस प्रकारका हत्या भइ नै रहन्छन्। विदेशमा अपराध भएको पा“च–छ वर्षपछि पनि दोषी पक्राउ परेका छन्।’

नूनको सोझो चिताउन दलालहरुले कतिसम्म कुतर्क गर्नुपर्दोरहेछ भन्ने कुराको प्रष्ट उदाहरण हो तलको अंश– ‘यो हत्या अञ्चलाधीशको छोरो, डीआईजीका छोराहरुले गरेको भन्ने छ तर अञ्चलाधीशज्यूको छोरोको उमेर १२ वर्ष छ। डीआईजीसा’पको त छोरो नै छैन। अब भन्नोस् मानिसहरु कतिसम्म हल्ला गर्न सक्दा रहेछन् †’ साउन १० गते शनिबार आफ्ना विशेष प्रतिनिधि वास्तविकता पत्ता लगाउन पोखरा गएको र निजले दूधको दूध, पानीको पानी छुट्याएको भन्दै प्रतिविम्बले पूरै पा“चौं पृष्ठ सत्ताको ताबेदारीमा समर्पण गरेको थियो। उसको दाबी थियो– ‘नचाहि“दो हल्ला गरेर पोखराको जनमानसलाई विचलित पार्न खोज्नु ठूलो अपराध हो। रुद्रमणिको घरनजिकै चिया पसल थापी बस्ने अधवैंशे महिलाका अनुसार, २० गते बेलुकी ५ बजे केटीहरु घर पसेपछि अगाडिपट्टिको सानो ढिस्कोमा प्याजी र¨को सर्ट, प्यान्ट र गमबुट लगाएको एउटा केटा र कालो सर्ट, प्यान्ट लगाएको, लामो कपाल भएको अर्को केटा उनको पसलतिर ढाड फर्काएर पा“च मीनेटजति बसे। २१ गते आएनन्। २२ र २३ गते त्यसै समयमा आए। २४ गते बिहान ५ बजे केटीहरु नित्यकर्मका निम्ति ज¨लतिर पस्दा तिनै केटाहरु आएर ढिस्कोमा ढुकी बसे। त्यसको पा“च मीनेटपछि ज¨लबाट फर्किएर केटीहरु तिनको पछिपछि गए। ११ बजेतिर महेन्द्रपुलबाट बगरतर्फ जान गाडी चढे। ३ बजे दिउ“सो क्याम्पसपछाडि घुम्दै गरेको अवस्थामा देखिए।’ रिपोर्टको निश्कर्षमा थापामण्डलीको जिकिर थियो– ‘अब रह्यो हत्यारा को, दोषी को र यो कसरी हुन गयो? भन्ने प्रश्न। यस विषयमा छोटकरीमा जाने–बुझेको कुरा भन्न चाहन्छौं। नमीता–सुनीताको हत्यामा मुख्य भूमिका नीरा पराजुलीको नै हुनुपर्छ। उनको पृष्ठभूमि बुझ्दा पनि त्यही कुरा थाहा लाग्छ। ऊ मरेकी छैन। ज्यू“दै छ। खोज्दै लग्दा भेट्न सकिन्छ। नभेट्न पनि सकिन्छ। जबसम्म नीरा फेला पर्दिन, तबसम्म तथ्य पत्ता लाग्न मुस्किलै होला। गृहमन्त्रीज्यू, हजुरको शुभचिन्तक– सम्पादक/प्रकाशक प्रतिविम्ब पत्रिका।’

अपराधी भगाउने आतुरी 
त्यत्रो जघन्य काण्ड घटाएर सुरक्षित स्थानतर्फ पलायन भइसकेका अपराधीहरुलाई खोज्ने नाममा सारा प्रशासनयन्त्रलाई पोखरामै केन्द्रित गरेको नाटकबाजी गरेर सरकारले वास्तविकतामाथि पर्दा हाल्ने कुटिल चाल चल्यो। १८ असारका दिन पश्चिम क्षेत्रीय प्रहरी कार्यालयका नायव महानिरीक्षक सीबी राईको अध्यक्षतामा विशेष अनुसन्धान टोली गठन गरी त्यसैको सक्रियतामा पोखरामा ताण्डवनृत्य प्रदर्शन गरियो। तत्कालीन एसपी तथा गृहमन्त्रीका गाउ“ले रणबहादुर चन्द (हालः कोशी अञ्चलाधीश), एचबी खड्का, डीएसपी रामविनोद सिंह, दिगम्बरबहादुर बस्नेत, रामेश्वर खरेल, अपराध अनुसन्धान शाखाका रामकाजी बान्तवा (पछि एआइजीबाट राजीनामा), अञ्चल जनसम्पर्क अधिकृत मुकुन्द पाण्डेलगायतका व्यक्तिहरु त्यस टोलीस“ग सम्बद्ध थिए। यिनीहरुले तीन महिनाको अवधिमा कास्कीका झुपडी–झुपडीमा लाठी बजारेर १६१ जना निर्दोष व्यक्तिलाई रातारात हिरासत पुर्‍याए। चुट्दा–चुट्दा गरेर ‘सुन्दर फिड’का वीरबहादुर गुरुङ (वीरे) को खुट्टा भा“चे, अन्य कैयौंलाई अधिकतम सात महिनासम्म जेलजीवन यापन गर्न विवश तुल्याए तर एकजना दोषी पनि पत्ता लगाउन सकेनन्। अनुसन्धानको नाममा १६१ जना पक्राउ पर्नु, ती सबै निम्न मध्यमवर्गीय परिवारका सदस्य हुनु, कोही पनि दोषी प्रमाणित नहुनु, ‘अपराधी खोज्ने’ कार्यलाई पोखरामा मात्रै सिमित गर्नुले के अर्थ निकाल्छ? यसको एउटै मात्र अर्थ हुन्छ– जनता र राष्ट्रका आ“खामा छारो हाल्नु र वास्तविक अपराधीहरुलाई उम्कने मौका दिनु।

अपराधी को थिए त?
जुन दिन चूडामणिको लाश फेलापर्‍यो, त्यसै दिनदेखि अपराधीका संभावित नामबारे पोखराबाट गुपचूप चर्चा चल्न शुरु भयो। चर्चा डरका कारण सारा बारबन्देजलाई तोड्दै निमेषभरमै देशभर फैलियो। त्यतिबेला नेपालका बच्चा, बूढा, युवा, युवतीमात्र होइन, अञ्चल र जिल्लाका प्रशासकहरु समेतले नमीता–सुनीता काण्डको सूत्रधार ठहर गरेर आफ्नो दिमागको कुनै कुनामा दर्ता गरेका नामहरु यस्ता थिए….

अपराधी को थिए त? 
जुन दिन चूडामणिको लाश फेलापर्‍यो, त्यसै दिनदेखि अपराधीका संभावित नामबारे पोखराबाट गुपचूप चर्चा चल्न शुरु भयो। चर्चा डरका कारण सारा बारबन्देजलाई तोड्दै निमेषभरमै देशभर फैलियो। त्यतिबेला नेपालका बच्चा, बूढा, युवा, युवतीमात्र होइन, अञ्चल र जिल्लाका प्रशासकहरु समेतले नमीता–सुनीता काण्डको सूत्रधार ठहर गरेर आफ्नो दिमागको कुनै कुनामा दर्ता गरेका नामहरु यस्ता थिए– तत्कालीन अधिराजकुमार धीरेन्द्र वीरविक्रम शाहदेव, नीर शाह, उदयसमशेर जबरा र विनोदशंकर श्रेष्ठ।

गुप्तचरहरु गलेपछि
राजशाहीको छत्रछाया“मा मौलाएको गुप्तचर विभाग (बरफ बागस्थित हालको राष्ट्रिय अनुसन्धान विभाग) ले असारको दोस्रो साता आफ्ना प्रमुख चन्द्रबहादुर राई (स्व.) र डीएसपी (गोर्खा निवासी) चन्द्रध्वज गुरुङलाई पोखरा पठायो।

नमीता–सुनीता काण्डमा गुप्तचर विभागको भूमिकाबारे विविध व्यक्तिले विभिन्न कुरा बताएका छन्। तत्कालीन गण्डकी अञ्चलाधीश गणेशमान श्रेष्ठका अनुसार, पोखरा आउ“दा चन्द्रध्वज गुरुङस“ग नीर शाह, उदयसमशेर र विनोदशंकरको फोटो थियो तर त्यसलाई प्रयोगमा ल्याइएन। यससम्बन्धमा त्यसबेलाका गुप्तचर प्रमुख विष्णुराज पन्त भन्नुहुन्छ– “हामीले प्रहरीलाई सहयोग गरेका हौं। आवश्यक पर्‍यो भने जस कसैको पनि फोटो उपलब्ध गराउन सकिन्छ।” नीराका काका रुद्रमणिले बताउनुभयो– “चन्द्रध्वजले महेन्द्र पुलको एउटा होटलमाथि लगेर मस“ग सीधै सोधपुछ गरेका थिए।” नीर शाहको भनाई यस्तो थियो– “गुप्तचर विभागका एक अफिसरले जम्मा एकपटक जेठ २४ को सेरोफेरोमा तपाईं कहा“ हुनुहुन्थ्यो भनेर सोधेका थिए।”

गुप्तचर विभागले ठूल्ठूला राजनीतिक योजनाहरु पत्ता लगाएर पञ्चायती सरकारलाई सघाउ पुर्‍याएको इतिहास जिउ“दै छ। ०४२ साल असारमा नारायणहिटी राजदरबारको गेट र सिंहदरबारस्थित राष्ट्रिय पञ्चायत भवनलगायत देशका केही भागमा बम बिष्फोटन भएको भोलिपल्टै त्यसस“ग सम्बद्ध भनिएका कैयन व्यक्तिलाई दूरदराज इलाकाबाट पक्रनमा गुप्तचर विभागले ‘सफलता’ पाएको थियो। सो काण्ड घट्नुभन्दा तीन महिनाअगाडि तत्कालीन भेरी अञ्चल प्रमुख कुमार उपाध्यायले विभागलाई सतर्क गराउ“दै रिपोर्ट पठाउनुभएको थियो। तीन महिनाअघि नै त्यत्रो बम काण्डको सुराक पाउने गुप्तचर विभागले नमीता–सुनीता काण्डको गहिरो छानबिन गर्न नसक्नु, गुप्तचर प्रमुखसमेत फोटो लिएर पोखरा घुम्नु तर वास्तविक अपराधीहरुलाई छुने हिम्मत नदेखाउनु, एउटा फाइलसम्म खडा नगर्नु, तीन महिनासम्म नाटकबाजी गरेर चूपचाप बस्नुले पनि उसको नियतमाथि शंका गर्ने प्रशस्त आधारहरु छाडेको छ।

सेट नै सरुवा 
नमीता–सुनीता–चूडामणि हत्याकाण्डको तीन महिनापछि भदौमा अचानक कास्कीका सम्पूर्ण प्रशासकलाई फिर्ता बोलाइयो। तत्कालीन प्रजिअ पद्मराज सुवेदी (पछि उद्योग सचिव) ले बताउनुभयो– “म फर्ष्ट क्लासको प्रजिअ भए“। मेरो ठाउ“मा सेकेण्ड क्लासको प्रजिअ सूर्यबहादुर सेन ओली, जो त्यतिबेला कपिलवस्तुमा कार्यरत थिए, गए।” सा“ढे आठ वर्षसम्म अञ्चलाधीश पद सम्हालिसकेका गणेशमान श्रेष्ठका ठाउ“मा खड्गबहादुर जीसी (०६१ माघ १९ मा राजाले शासनसत्ता आफ्नो हातमा लिएपछि नियुक्त स्थानीय विकास मन्त्री) गए। नालायकको बात लगाएर झिकाइएका हाकिमहरुका ठाउ“मा गएका ती ‘लायक’ महाशयहरुका पछिका क्रियाकलापबाटै बुझ्न सकिन्छ, उनीहरु वास्तवमै नमीता–सुनीता काण्ड पत्ता लगाउन गएका थिए वा वास्तविकता लुकाउन †

उत्तम पुनलाई आपत?
नमीता–सुनीता काण्डको चर्चा गर्दा उत्तम पुन (हाल नेपाल विकास बैंकका अध्यक्ष तथा टाइम्स अफ काठमाडौं साप्ताहिकका प्रकाशक) को नाम छुटाउनु स्वयं उनकै निम्ति पनि अन्यायपूर्ण काम हुन जानेछ। आजभन्दा सा“ढे चार दशकअघि म्याग्दीबाट झरेका नेपाल प्रहरीको भूपू इन्स्पेक्टरका आठ भाइ छोरामध्येका एक उत्तम पुनको आर्थिक स्थिति नमीता–सुनीता काण्डपछि एकदमै सुधि्रएको छ। निजको नाममा रहेको काठमाडौं, कान्तिपथस्थित विशाल कम्पाउण्डवाला यति ट्रेकिङ्ग, महङ्गो कार, ताहाचल (बाफल) को भव्य बङ्गलासहितको आजको शौखिन जिन्दगी र हिजोको म्याग्दीको सामान्य जिन्दगीको तुलना गर्दा भयानक अन्तर भेटिन्छ। ‘संसारको कुनचाहि“ मुलुकमा चुनावमा धा“धली हु“दैन?’ भन्ने उत्तम पुन ०३९ सालको स्थानीय पञ्चायती चुनावमा राघवलाल बैद्य, आनन्दराज मुल्मी (नेपाल उद्योग बाणिज्य महासंघका भूपू अध्यक्ष), श्रीप्रसाद गुरुङजस्ता हस्तीहरुलाई हराएर अप्रत्यासित रुपले पोखराको प्रधानपञ्च बनेका थिए। त्यसपछि उनी रापंस बने र सहायक मन्त्री पनि बने।

स्व. अधिराजकुमार बसुन्धरा शाहको पोखरा बैदाममा जनआस्थाकी स्तम्भकार बारबरा एडम्सले नाम जुराएको भव्य ‘फिसटेल’ होटल छ। ०३७–३८ तिर धीरेन्द्रको त्यस होटलमा खूब आतेजाते हुने गर्थ्यो। गर्वका साथ ४२ सय कार्यकर्ता आफ्नो साथ रहेको दाबी गर्ने दुस्साहसी उत्तम पुन धीरेन्द्रलाई केटी पुर्‍याउन त्यहा“ गइरहन्थे। अथवा यसो भनौं, का. रोहितले भन्नुभएझैं धीरेन्द्र भक्तपुरका जनताको निम्ति ‘अलाद्विनको चिराग’ थिए भने पोखरामा उत्तम पुन धीरेन्द्रको लागि। ‘फिसटेल’का तत्कालीन वेटरद्वय दिलबहादुर पुन (म्याग्दी) र नन्दप्रसाद बराल (बैदाम) जो लागूपदार्थको कारोबारी पनि थिए र ०४७ भदौमा गृहमन्त्री योगप्रसाद उपाध्यायको कृपाले चौखण्डीअन्तर्गत कास्की कारागारबाट रिहा भए, लाई उत्तम पुन र धीरेन्द्रको दोस्तीबारे बताउन कुनै हिच्किचाहट छैन। ‘धीरेन्द्रस“ग कत्तिको भेटघाट चल्थ्यो?’ उत्तम भन्छन्– “म उहा“बाट कहिल्यै सञ्चालित भइन तर नेपाल गल्फ क्लबको सदस्यका हैसियतमा भेट भने भैरहन्थ्यो।” यसै प्रसङ्गमा उत्तम पुनमाथि लागेको क्रिस्ती गाउ“को डा“का मुद्दा र मूर्तिचोरी मुद्दा फासफुस भएको कुरालाई धीरेन्द्रस“गको दोस्तीको फल भन्छन् कास्कीबासीहरु। भनिन्छ, क्षेत्रीय अदालत, पार्दीमा कार्यरत टाइपिष्ट कृष्णकुमारी बानिया“, रेयूकाईकी पूर्व केन्द्रीय अध्यक्ष शोभा जोशी र सिम्पानीकी एक महिला प्रहरीलाई धीरेन्द्र र उत्तमको दोस्तीबारे धेरै कुरा थाहा छ।

कुन चा“जो नमिलेर हो, असारको एकदिन उत्तमलाई प्रहरीले गिरफ्तार गरी हिरासतमा राख्यो, कुटपिट गर्‍यो र नमीता–सुनीता काण्डबारे सोधपुछ गर्‍यो। तीन दिनपछि किन हो कुन्नि त्यत्तिकै छाडिदियो। स्मरणीय छ, उक्त काण्डका अनुसन्धान अधिकृत बाबुराम पुन र उत्तम पुन दुबैको गृहजिल्ला एउटै, अर्थात् म्याग्दी हो। र, यसअघि भैरहवा र पोखरामा गरी उत्तमले तीनचोटि हिरासत यात्रा गरिसकेको थियो।

शङ्काको घेरा नं. –१ 
० नमीता–सुनीता काण्डमा तपाईंको नाम किन मुछियो?
– थाहा छैन।
० हल्ला चलेपछि खण्डन गर्नुभएन त †
– गरिन, किन गर्ने?
० पोखराको क्रिष्टल होटलमा ०३८ जेठ १९ देखि हुनुहुन्थ्यो नि, हैन?
– हैन, थाहा छैन।
० उदय समशेरस“ग चिनाजानी छ कि छैन?
– छ, उनको घर र हाम्रो होटल स“गस“गै छ नि †
० त्यस काण्डमा ठूलै मान्छेको हात छ रे हो?
– थाहा छैन।
० तपाईंलाई आवारा स्वभाव भएको कारणले बाबुले तीन महिनासम्म घरमा बस्न नदिएको, खर्च कटौति गरेको होइन?
–हैन। कहा“ हुनु †
०४७ साल मंसीर २८ गते ३० र ४० बीचको उमेर भएका चारतारे शंकर होटल (यो त्यही होटल हो, जहा“ ०६० बैशाख १४ गते राजा ज्ञानेन्द्रले आफ्ना पहिलेदेखिका विश्वासपात्र नारायणसिंह पुन, रमेशनाथ पाण्डे र बद्रीप्रसाद मण्डललाई माओवादीस“ग वार्ता गर्न पठाएका थिए) का मालिक विनोदशंकर श्रेष्ठस“ग गरिएको यो रोचक टेपवार्ता हो। कुराकानीका दौरान उनको मुड खराब थियो।
यहा“नेर एउटा कुरा उल्लेख गर्नु एकदम जरुरी छ। त्यो के भने रापंको अधिवेशन चलिरहेको बेला असार २१ गतेको ‘शून्य समय’मा रापंस नानीमैया“ दाहालले राजाद्वारा मनोनित एकजना रापंसतर्फ इङ्गित गर्दै ‘यो हत्याराको बाबु हो, यस्तालाई रापंमा ल्याउन कसले सिफारिश गर्‍यो?’ भन्नुभएको थियो। इङ्गित गरिएका ती व्यक्ति रामशंकर श्रेष्ठ (स्व.) थिए। विनोदशंकर उनैका छोरा हुन्।

शङ्काको घेरा नं. –२ 
० तपाईं त्यतिबेला के पेशामा हुनुहुन्थ्यो?
– कान्तिपथमा हाम्रो एउटा पार्टनरशीपवाला फर्म थियो। त्यसले ठेक्कापट्टा र व्यापारको काम गर्थ्यो।
० घटना घट्दा कहा“ हुनुहुन्थ्यो नि †
– सार्वजनिक तवरले हामी ‘स्मृतिको पर्खालभित्र’ नामक नाटक प्रदर्शन गरिरहेका थियौं काठमाडौंमा।
० तपाईंको नाम कसरी मुछियो त †
– शाही नेपाल चलचित्र संस्थानमा नियुक्त हुनेमध्ये मेरो नाम पनि चर्चामा थियो। यसर्थ मलाई त्यहा“ जान नदिन इर्ष्यालूहरुले नाम मुछिदिएको हुनसक्छ।
० खण्डन नआउनुको कारण?
– त्यो घटना गम्भीर प्रकारको हु“दाहु“दै पनि मेरो नाम मुछिएकोमा मैले चिन्तित हुनुपर्ने कारणै थिएन। किनभने म त्यसमा संलग्न थिइन“। त्यसमाथि मैले जान्ने भएर खण्डन गर्दा उल्टै नराम्रो शंका उत्पन्न हुन सक्थ्यो।
० पोखरामा १६१ जना निर्दोष व्यक्तिहरु गिरफ्तार हुनु तर तपाईं मुछिएको व्यक्तिचाहि“ अछुतो रहनुको पछाडि के कारण हुनसक्छ? यसमा कतै राजदरबारस“गको नाताको त भूमिका छैन?
– एकजना गुप्तचर आएर त्यो बेला तपाईं कहा“ हुनुहुन्थ्यो भनेर सोधेका हुन्। यसबाहेक अरु केही भएन। किन ममाथि अरु बढी अनुसन्धान भएन भनेर त मैले बताउने कुरा आएन। राजपरिवारस“गको सम्बन्धबाट मैले कहिल्यै अनुचित फाइदा उठाएको छैन।
० उदयसमशेर, विनोदशंकर र धीरेन्द्रस“ग कस्तो सम्बन्ध थियो?
– धीरेन्द्र मेरा राम्रा साथीमध्येमा पर्नुहुन्छ। उदयसमशेर, विनोदशंकरलाई चिन्दछु, म अरु होटलसरह शंकर होटल पनि जान्थें।
० विनोदशंकरहरु आवारा थिए रे नि † यहा“को टिप्पणी?
– टिप्पणी गर्न तथ्य फेला पर्नुपर्छ। त्यस्तो तथ्य मस“ग छैन तर पनि सामान्यतः अहिलेका युवाहरुमा देखिने प्रवृत्ति त्यसबेला उहा“हरुमा नभएको हैन। बाहिर घुम्न जाने काम पनि हुन्थ्यो नै †
० नमीता–सुनीता–नीरा कसैस“ग तपाईंको चिनाजानी थियो वा थिएन? घर आतेजाते नि †
– अह“, पटक्कै थिएन।

(नेपाल टेलिभिजनको सिंहदरबारस्थित केन्द्रीय कार्यालयमा पत्रकार विजयकुमार पाण्डेका सामु ०४७ सालमै गरिएको टेपवार्ताको अंश हो यो। तर, हामीलाई उहा“का कतिपय कुरामा विश्वास लागेन। यही विषयमा हामीले थप अनुसन्धान गर्‍यौं र तीन दिनपछि नीर शाहस“ग पुनः कुराकानी गर्‍यौं।)
‘तपाईं एकचोटि नीरा पराजुलीको घर जानुभएको थियो, हो?’ “अ“, गएको थिए“। मस“ग फिल्म निर्देशक प्रेम बस्नेत पनि हुनुहुन्थ्यो। हामी त्यहा“ तास खेल्न गएका थियौं।”
यस विषयमा हामीले उदयसमशेरस“ग कुरा गर्न चाहेका थियौं। तर, उहा“ केही दिनयतादेखि देशभित्र नरहनुभएकाले सम्पर्क हुन सकेन। उहा“ श्री ५ बडामहारानी कोमलका भाइ हुनुहुन्छ।
स्व. अधिराजकुमार धीरेन्द्र त्यतिबेला आफ्नो शाही पद्वी त्यागेर बेलायत प्रवासमा गइसक्नुभएको हु“दा उहा“स“ग कुरा हुन पाएन। तर, १६ वर्षसम्म उहा“को अङ्गरक्षक रहेका लेºिटनेन्ट कर्णेल भरत गुरुङस“ग हामीले त्यतिबेलै नख्खू कारागारमा भेट गरेका थियौं। उनको स्पष्टोक्ति थियो – “कुनचाहि“ राणा वा शाह परिवारका सदस्यको चरीत्र बेदाग होला र † मेरा मालिक पनि बेदाग छन् भन्न म सक्दिन। पोखरा जाने गरेको कुरा सा“चो हो।”

अरु को–को आशङ्कित? 
राजु राणा– वीरगञ्ज (१६, श्रीपुर पद्मरोड) निवासी भूपू कर्णेल ढुण्डीराज समशेर जबराका जेठा छोरा २७ वर्षीय राजु राणा भन्ने हंशसमशेर राणा पनि त्यस काण्डमा संलग्न थिए भन्ने चर्चा छ। राजदरबारभित्रको बटालियनबाट मकवानपुर सुपारीटार सरुवा गरिएका क्याप्टेन राणा नमीता–सुनीता हत्याकाण्डताका पोखरा पुगेका थिए र पछि उनलाई भक्तपुर खरिपाटीस्थित सैनिक शिक्षालयमा सरुवा गरियो भन्ने कुरा अन्वेषण क्रममा सुन्नमा आयो। पश्चिमाञ्चलका पुराना गुप्तचर प्रमुख कुमार उपाध्यायले आफू जिल्ला तहमा कार्यरत छ“दा चलेको एउटा हल्ला सुनाउनुभयो। त्यो पोखरा ब्यारेकका कर्णेलको संलनग्तासम्बन्धी हल्ला थियो। ०३८ सालमा त्यहा“ कुनचाहि“ गण कार्यरत थियो र कर्णेल को थिए? भनी प्रश्न गर्दा कामु मेजर मोहनबहादुर बस्नेतले यकिनका साथ बताउन असमर्थता प्रकट गर्नुभयो।

कागजातहरु कता?
नमीता–सुनीता–चूडामणिको हत्याकाण्डसम्बन्धी सरकारी कागजातहरु अहिले सम्बन्धित कुनै पनि निकायमा छैनन्। अन्तरिम कालका गृहमन्त्री, गृहसचिवलगायत मन्त्रालयका जिम्मेवार पदाधिकारीहरुस“ग कागजात उपलब्ध गराइदिन हामीले अनुरोध गरेका थियौं। तद्अनुरुप उपसचिव तथा हालका पनि प्रवक्ता गोपेन्द्रबहादुर पाण्डे तथा रेकर्ड शाखाका प्रमुख रामानन्द बैद्यलाई कागजपत्र खोजिदिन आदेश जारी भएको थियो। उहा“हरुले हप्तौं लगाएर खोज्नु पनि भयो तर कागजात गायब थियो। यतिमात्र हैन, दुई साता लगाताररुपमा गण्डकी अञ्चल अस्पतालमा पोष्टमार्टम रिपोर्ट खोजियो। रेकर्डमा ०३८ बैशाखपछि एकैचोटि भदौका रिपोर्टहरु फेला परे। नमीता–सुनीता र चूडामणिको रिपोर्ट भने त्यहा“ थिएन। यही हालत डीएसपी कार्यालय र जिल्ला अदालतको पनि थियो। कागजपत्र कसले गायब गर्‍यो, कसैस“ग जवाफ थिएन। (खुशीको कुरा, वर्षौंको खोजपछि ०६२ चैत्र पहिलो साता यस लेखकले नमीता–सुनीता हत्याकाण्डसम्बन्धी सम्पूर्ण कागजात राजधानीस्थित एउटा महत्वपूर्ण सुरक्षा निकायबाट फेला पार्न सकेको छ।)

०३८ सालमै प्रहरीले रुद्रमणिका १३ वर्षीय छोरा भुवनलाई नमीता–सुनीता र नीरालाई २३ गते (शुक्रबार) सम्म पोखरा घुमाएको बयान दिन कर गर्‍यो। इन्स्पेक्टर बाबुराम पुनले टीकादेवीको घरमा गएर लोग्नेले आत्महत्या गरेको कुरा कबूल गरेको खण्डमा रु. दश हजार दिने लोभ देखाए। यी सब चालबाजीका पछि के कारण हुन सक्थ्यो? सहजै अनुमान गर्न सकिने कुरा हो।

पोखरा अपराधीहरुको शरणस्थली हो। त्यहा“ थरिथरिका अपराधिक घटनाहरु घट्छन् र सुल्भि्कन्छन् पनि। आर्थिक वर्ष ०४४/४५ को जिप्रका, कास्कीको रिपोर्ट हेर्दा यो कुरा बडो राम्रोस“ग प्रष्ट हुन्छ। त्यसै आर्थिक वर्षमा जम्मा १ सय २२ वटा अपराधहरु दर्ता भएका थिए। जसमध्ये प्रहरीले एउटाबाहेक जम्मैजसो अर्थात् १ सय २१ वटा गुत्थी सुल्झायो। सुल्भि्कएकामा आत्महत्या १०, हत्या ४, ज्यान मार्ने उद्योग २, चोरी १८, बलात्कार १, जुवा ९ र लागूपदार्थसम्बन्धी २१ वटा अपराध थिए। भवितव्य परेर सुल्झन नसकेको एउटा अपराधलगायत अन्यचाहि“ सामान्य खालका थिए। जबकि एक वर्षअघि ०४३/४४ को आर्थिक वर्षमा १ सय ४१ वटा अपराध दर्ता हु“दा आत्महत्या ७, हत्या २, ज्यान मार्ने उद्योग ५, चोरी २०, बलात्कार २, जुवा २ र लागूऔषधसम्बन्धी २० वटा अपराध सामेल थिए।

यतिमात्र हैन, भदौमा जुन दिन अञ्चलाधीशलगायतका प्रशासकहरु फिर्ता बोलाइए, त्यसको अघिल्लो दिन अधिराजकुमारी शान्ती सिंह र कुमार दीपक पोखरा पुगेका थिए। स्याङ्जाको मालुङ्गोस्थित कुष्ठरोग केन्द्र जान लागेकी अधिराजकुमारीस“गै अञ्चलाधीशको पनि त्यता जाने कार्यक्रम थियो।

बाढीमा बगाइएको बोरा 
प्रहरी प्रमुख दुर्लभकुमार थापाले कसैको पनि सरुवा नहुने पत्र–पत्रिकामार्फत् दावी गरिरहेका बेला कपिलवस्तुबाट कास्कीको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएका सूर्यबहादुर सेन ओलीका डायरीमा लिपीबद्ध घटनाक्रमहरु नमीता–सुनिता–नीरा–चूडामणि हत्याकाण्डका सम्बन्धमा थप चाखलाग्दा हुनसक्छन्।

नया“ जिम्मेवारीमा बहाली हुन पुगेका ओलीको त्यसको भोलिपल्टै, अर्थात् ०३८ भदौ १८ गते बिहान एउटा उदेकलाग्दो पात्रस“ग जम्काभेट हुनपुगेको थियो। साविकका प्रजिअ पद्मराज सुवेदीस“ग विन्ध्यवासिनी भगवतीको दर्शन गरी फर्कंदा सोही मन्दिरको काखैमा घर हुने प्यान्ट–सर्ट लगाएका रुद्रनाथ नामक पूजारीले ठट्टा गर्‍यो– ‘ती रा“डीहरु मर्दा के? तिनले गर्दा हाम्रा सुवेदी सीडीओ सा’बको सरुवा भयो।’ यसअघि काठमाडौंमा भएको एक संक्ष्ँिप्त भेटमा श्री ५ का प्रमुख सचिवले ओलीलाई खुसुक्क भनेका थिए– ‘विन्ध्यवासिनीको पूजारी कामुक छ रे, होश गर्नु है †’ दरबारका सचिवको सङ्केत र त्यसदिनको पूजारीको तल्लोस्तरको बकबास नै उसलाई शङ्काको घेरामा राख्नको निम्ति पर्याप्त कारण थियो। त्यसैबेलादेखि ओलीले नमीता–सुनीता हत्याकाण्डमा उसको संलग्नतासम्बन्धी अनुसन्धान शुरु गरे। तर, त्यसको परिणाम के–कस्तो आयो, सो भने थाहा हुन सकेन। बरु, सेनका कोशिशहरुमा अडङ्गा लाग्ने क्रम भने त्यहींबाट प्रारम्भ भए। भदौ ३१ गते उनले पोखराको जनजीवनमा भिजेका त्यहींका बासिन्दा रामप्रसाद (खरदार) लाई उनी कार्यरत चितवन मालपोतबाट सरुवा गराएर ल्याउन अनेक बिन्तीभाउ गर्दा मन्त्रालयले कुनै टेरपुच्छर लगाएन। रामप्रसाद पोखरा आइदिए घटनाको अनुसन्धानमा सहयोगप्राप्त हुने उनको अपेक्ष्ँालाई यसरी प्रारम्भमै निमोठ्ने काम भयो। असोज ४ गते दिउ“सो ३ः३० बजे सेती–त्रिवेणी नजिक अलिकति माथितिर खोलामा दुई ठूला ढुङ्गाको कापमा बोरामा हालिराखेको एउटा पुरानो लाश भेटिएको सूचना कसैले ल्याइपुर्‍यायो उनकोमा। त्यतिबेला बाबुराम पुनलाई बद्ली गर्न भर्खरै पोखरा पुगेका थिए, हालका अतिरिक्त महानिरीक्ष्ँक ओमविक्रम राणा। सीडियो ओलीले उनलाई तुरुन्त लाश उठाएर पोष्टमार्टमका निम्ति अस्पताल पुर्‍याउन आदेश दिए। भोलिपल्ट बिहान ११ बजेसम्म पनि प्रहरीको तर्फबाट कुनै रिपोर्ट प्राप्त हुन नआएपछि उनी आफैं जिल्ला प्रहरी कार्यालय गए, र इन्सपेक्टर राणासहित १३ जना प्रहरीको डङ्खफा लिएर र्‍यालेचौर जाने भीरको बाटो हु“दै कालीखोला झरे। त्यहा“ खोलाको तीरमा बोरामा हाली मुख बा“धिएको अवस्थाको पुरानो लाश भेटियो। त्यसदिनको सम्झना गर्दै ओली भन्छन्– ‘जनसम्पर्क अधिकारी मुकुन्दकेशरी पाण्डेले असोज १ गते नै लाश भेटिएको खबर पाएका रहेछन् र भोलिपल्ट बिहान प्रहरी इन्स्पेक्टर, सब इन्स्पेक्टरस“गै आफू गएर लाश हेरेका रहेछन्। फुटेको बोराबाट देखिएर निस्किएको लाशको तल्लो हर, जा“घका हाडहरु, एउटा खुट्टा र करङ्ग भएको, मासु माटो र बोरामा टा“स्सिइसकेको अवस्थाको लाश देखेछन्। बोरा खोली धोईपखाली हेरेछन्। त्यसरी हेर्दा लाश आइमाईको भन्ने यकिन गरेछन्। लाश कुर्ने र पोष्टमार्टम गराउने कुरालाई बेकार सम्झेर फर्किएछन्।’ आफ्नो आदेश पालना नभएकोमा आगो भएका ओली अगाडि भन्छन्– ‘किन हिजै लाश उठाइएन र जा“च गराइएन? यससम्बन्धमा मलाई प्रहरी इन्स्पेक्टरमाथि शंका लाग्यो। गत राती खोलामा बाढी आएछ र लाश छ भन्ने थाहा पाएपछि प्रमाण गुमाउन खोज्ने गिरोहमध्ये कसैले राती वा कुनै बेला बाढीमा लाश बगाइदिएछ। मैले भनेकै बेला तदारुकता देखाएर प्रहरीले लाश उठाएको भए निश्चय नै एउटा प्रमाण मेटिने थिएन। त्यही पनि मैले बगरबाट पाइएसम्मको हाडखोर बटुल्न लगाए“। संयोगबस् बालुवामा पुरिएका दुई टुक्रा मासुका डल्ला, दुईवटा करङ्ग, कम्मर–जोर्नीको एउटा हाड फेला पर्‍यो। तिनलाई हात हातमा लिएर फर्किए“। इन्स्पेक्टर ओमविक्रम राणालाई मेरै गाडीमा राखी अस्पताल पुर्‍याएर तपाईं पनि राणा नै भएकोले डा. कुमारसमशेरबाट लाश जा“च गराउन सजिलो होला, बस्नुस्, तपाईंले २ गते लाश देख्नुभएको थियो, त्यसको समेत आधारमा लाश जा“च गराई प्रतिवेदन लिएर आउनुहोला भनी हस्पिटलमा छाडेर फर्किए“।’

फोनमा सा“झ इन्स्पेक्टरले बताए– ‘लाश महिलाको हो, बयस्क महिलाको। सग्लो लाश फेला नपरेको हु“दा उमेर र मृत्युको कारण अनुमान गर्न सकिएन।’

ओली– लाश कति पुरानो रहेछ?

राणा– कुरैकुरामा ५ महिनाजति पुरानो हुनुपर्छ भन्थे डाक्टरले।

सबै सन्दर्भ र संयोग जुराउ“दा उक्त लाश नीरा पराजुलीको हुनुपर्ने ठहरमा पुगे प्रजिअ ओली। सोहीअनुसार उनले आफ्नो तालुक अड्डा गृहमन्त्रालयमा जानकारी दिए। अरु एकहप्ता यस विषयमा सोधखोज गर्दा उमेर पुगेको अरु कुनै महिला यसबीच मारिए या हराएको बुझिन आएन। यसले गर्दा पनि उनको ठहर सत्यको नजिक पुगेको देखियो। उनले त्यस सा“झ आफ्नो डायरीमा लेखे– ‘एउटा बाख्रो चितुवाले मारेको त गाउ“भर थाहा हुन्छ भने काठमाडौंबाट गएका युवतीहरु मारिनु, हत्यारा पत्ता नलाग्नु, बोराको लाश १ गते देखेर ४ गतेसम्म पनि प्रशासनमा जाहेर नगर्नु, ४ गते नै लाश ल्याई पोष्टमार्टम नगराउनु, सोही राती सो लाश हराउनुबाट अत्यन्त ठूलो र प्रभावशाली गिरोहबाट यो हत्या भएको स्पष्ट हुन्छ। धेरैजसो पुराना अनुसन्धानकर्ता त सरुवा भइसके, एउटा जनसम्पर्क अधिकृत पाण्डे छन्, उनी र प्रहरी इन्स्पेक्टर पनि प्रभावमा परी ४ गते बोराको लाशको संरक्षण गरेनन्। यसबाट पनि यो गिरोह पोखरामा अझै सक्रिय छ भन्ने लाग्यो।’

ओलीको डायरीमा अगाडि लेखिएको छ– खोसिएका डीआइजी १५ गते बिहीबार पोखरा आएर सोझै जिल्ला प्रहरी कार्यालयमा गई भीमबहादुर तामाङ्गको हत्याबारेको मिसिल हेरेछन्। नमीता–सुनीताको हत्यातर्फ कति प्रगति भयो, के–कसरी अनुसन्धान हु“दैछजस्ता कुराहरु सोधेछन्। आजै जिल्ला बन अधिकृत (डीएफओ) लाई सम्पर्क गरे“। उनले भने– ‘पर्सि बिहान भेट्छु। नमीता–सुनीता–चूडामणि तीनैजनाबारे केही न केही खबर ल्याउ“छु।’

पोखरा हत्याकाण्डताका गृहसचिव थिए हाल भारतका निम्ति शाही नेपाली राजदूत कर्णध्वज अधिकारी। उक्त काण्डको केही समयपछि निजलाई पुरस्कारस्वरुप अर्थ मन्त्रालयमा लगियो। उनको ठाउ“मा आए विष्णुप्रताप शाह। शाहले १७ गते अञ्चलाधीशमार्फत प्रजिअ ओलीलाई काठमाडौं आउन आदेश दिए। भोलिपल्ट राजधानीतर्फ प्रस्थान गर्नुअगाडि उनले पोखरा हत्याकाण्डबारे दिनभर र राती पनि यथासम्भव सूचना सङ्कलन गर्दै रहे। यसक्रममा सहायक अञ्चलाधीश दामोदर उपाध्याय (हाल दिवंगत, घर काठमाडौं, कमलपोखरी) ले भनेका रहेछन्– ‘के–कसको आदेश, निर्देशनमा हो, समयमै प्रहरीले हत्यारा पत्ता लगाउन सकेन। दबाउन नै खोजेको छ भन्ने जनसाधारणसमेतको मनमा परेको छ। हामी यस केसमा सफल हुनसक्ने अवस्था छैन।’

चिताइनसक्नुका चिकित्सक 
आउ“छु भनेको समयमा डीएफओ आइदिएनन्। प्रहरीबाट लाश बरामद, अर्थात् मौका तहकिकात गर्दा खडा गरिएको लाशको प्रकृति मुचुल्का र अस्पतालको पोष्टमार्टम प्रतिवेदन पनि बाझिएको देखियो। प्रहरीको प्रकृति मुचुल्कामा नमीताको योनीबाट रगत निस्किएको, च्यातिएको जनाइएको छ भने पोष्टमार्टमले माछाले नै खाएको भन्छ। माछाले नै खाएको भन्ने कुरा डाक्टरलाई कसरी थाहा भयो? माछाले खाएको भए मृत्युपछि खाएको हुनुपर्छ। मृत्युपछि खाएकोमा रगत आउ“दैन। चूडामणिको प्रकृति मुचुल्कामा काखीमुनि एकातिर ५ पैसा छिर्ने प्वाल, अर्कोतर्फ लोटा छिर्ने भ्वाङ भनिएको छ। जब कि, पोष्टमार्टमले गिद्धले खाएर बनेको घाऊ भन्ने ठोकुवा गरेको छ। गिद्धले नै खाएको भनेर डाक्टरले कसरी भेऊ पायो? त्यसो हो भने त शरीरको अन्य भाग पनि गिद्धले नै खोसलेको हुनुपर्ने, त्यस्तो त केही छैन † चूडामणिकी स्वास्नीलाई प्रहरीले चूप लाग्यौ भने आवश्यक धन पाउ“छ्यौ भनी आश्वासन दिएको छ। घटनासम्बन्धी चासो राख्ने भद्र–भलाद्मीलाई दुःख दिईएको छ। शहर–बजार, गाउ“–घरमा गुण्डागर्दी नियन्त्रण नगरी आतङ्क मच्चाइएको छ, यसबाट प्रहरी र प्रशासनले घटनालाई दबाउन खोजेको प्रष्ट हुन्छ। दशी प्रमाणहरु दबाउन, बिगार्न र फुस्सा पार्न प्रहरीले शुरुदेखि नै कोशिश गरेको देखिन्छ। अञ्चलाधीश गणेशमान श्रेष्ठ, डीआइजी चन्द्रवीर राई, डा.कुमारसमशेर राणा, जनसम्पर्क अधिकृत मुकुन्दकेशरी पाण्डे र शाही सेनाका कर्णेल छत्रविक्रम शाहलाई यस हत्याकाण्डबारे पक्कै जानकारी रहेको हुनुपर्छ– यस्तै–यस्तै तर्कनामा ओलीले त्यो रात बिताए। पछि उनले उल्टोपाल्टो रिपोर्ट दिएको आशङ्कामा डाक्टरलाई सरुवा गराउन खोजे। रुद्रसमशेरका नाति तथा धैर्य समशेरका छोरा कुमार समशेरलाई हटाउने उनको कोशिश पनि चितवनबाट मालका खरदार रामप्रसादलाई कास्की झिकाउने प्रयत्नजसरी नै बीचैमा तुहियो। बरु, कालान्तरमा डाक्टर आफैंले राजीनामा दिएर पोखरामै निजी क्लिनिक खोली बसे। अंग्रेजी भाषामा राम्रो दखल भएका सप्तरी निवासी जनसम्पर्क अधिकृत मुकुन्दकेशरी पाण्डेमा त्यहींदेखि डिप्रेसन बढ्दै गयो र उनी ०४२ सालमा गयलखाली भएर जागिरबाट बिदा भए। पोखराका तत्कालिन कर्णेल छत्रबिक्रम शाह सेनाको सेकेण्डम्यानको तहसम्म पुग्न सफल भए। संयोगको कुरा, शाही सरकारले उनलाई पोहोर पश्चिमाञ्चल क्षेत्रीय प्रशासकमा नियुक्त गरेको छ। र, उनको कार्यालय पनि पोखरामै रहेको छ।

काठमाडौंबाट फर्किएर ओली असोज ३० गते सा“झ ६ बजे डीएफओ ललितमान शाक्यको घर गए। उनीस“ग शाक्यको माग थियो– ‘म आफैं त हत्याबारे पूरा कुरा जान्दिन“, जान्ने मान्छे बाहिर छ। लिन पठाउनुपर्छ। बाटो खर्च चाहिन्छ।’ ओलीले तत्काल बाटो खर्च भनी गोजीबाट निकालेर ५ सय रुपिया“ शाक्यलाई हस्तान्तरण गरे। खुशी हु“दै शाक्यले भनेका थिए– ‘हत्याकाण्डको रहश्य चा“डै खुल्छ। मैले खास मान्छे पत्ता लगाइसकें।’
त्यसको २२ दिनपछि बिहान ८ः३० बजेतिरको कुरा हो, शाक्यको घरमा एउटी महिला ओलीका सामु उपस्थित थिइन्। उनले भन्दै गइन्– ‘असार ५ गते सा“झ भोल्गाजस्तो रसियन जीपमा राखी सेनाले बन्दूक तालिम गर्ने ठाउ“मुनी लगी चूडामणिलाई गोली हानेर सेती नदीमा फालेका हुन्। त्यसरी गोली हान्ने ४ जनामध्ये हवल्दार कृष्णबहादुरलाई चिन्दछु, अरुलाई चिन्दिन“। अरु कुरा कृष्णबहादुरबाटै खुलोस्।’ तर, जति खोज्दा पनि हवल्दार कृष्णबहादुर फेला परेनन्। यसैबीच नमीता–सुनीता हत्याकाण्डस“ग सम्बन्धित भनी आशङ्का गरिएका एकजना मेजरको पोखराबाट वीरगञ्जतिर सरुवा भयो। राणा थरका ती मेजरको विस्तृत विवरण भने सेनाले सीडीओलाई उपलब्ध गराउन चाहेन।

सबै कुरा सीधै प्यालेस 
रात्रिबस चढी त्यसको भोलिपल्ट बिहानै ७ः३० बजे डीएफओलाई लिएर सीडीओ काठमाडौं पुगे। सीडीओ नेपाल लजमा बसे भने शाक्यचाहि“ आफन्तहरुको घरतिर लागे। ओलीका अनुसार, १० बजे मन्त्रालयमा उनको सचिवस“ग भेट भयो। डीएफओ पनि आफूस“गै आएको र निजलाई हत्याबारे जानकारी रहेको बताउ“दै उनले हत्यारा पत्ता लगाउने काममा साथ दिए आफूले हरप्रकारको सहयोग गर्ने बचन शाक्यलाई दिन त्यस अवसरमा सचिवसमक्ष आग्रह गरेका थिए। सोही आग्रहअनुसार २४ गते १० बजे शाक्यलाई आफ्नो घरमा ल्याउन सचिव विष्णुप्रतापले अह्राए। निर्धारित समयमा सचिव र शाक्यबीच कुराकानी भयो। ओलीस“ग अझै पनि उक्त भेटघाटको सम्झना ताजै छ। उनी भन्छन्– ‘चूडामणिलाई प्रहरीले जीपमा राखी लगेको, दिनभरि आफूस“ग राखी सा“झ गाडीमै सेनाले तारो हान्ने चौरको ढिकमा लगेर गोली हानी नदीमा फ्या“केको कुरा सत्य हो भनी शाक्यले सचिवज्यूसमक्ष इतिबृत्तान्त सुनाएका थिए।’ ओलीका अनुसार, सचिवले धैर्यपूर्वक शाक्यको कुरा सुन्नुभयो र भन्नुभयो– ‘राम्रोस“ग बुझ्दै जानुस्। काम गर्नेलाई कदर गर्नेछौं। यो सबै कुरा प्यालेसमा पुग्छ। अन्त खुल्ने छैन।’

समय मिलाएर गएको भएपनि २५ गते बिहान ८ बजे बालुवाटारमा प्रजिअ ओलीले प्रधानमन्त्रीस“ग कुरा गर्न पाएनन्। उनलाई २७ गते आउनु भनी फर्काइयो। त्यतैबाट उनी दरबारका प्रमुख सचिव रञ्जनराज खनालकहा“ पसे। नमीता–सुनीता–नीरा–चूडामणिको हत्याकाण्डसम्बन्धी अनुसन्धानमा भएको प्रगति विवरण सुनाउ“दै उनले खनाललाई बताए– ‘डीएफओलाई लिई आएको, गृहसचिवस“ग उहा“को भेट गराइसके“। प्रधानमन्त्रीलाई भेटेपछि फर्कन्छु।’ रिपोर्टिङ्गको प्रतिउत्तर भने आङ्गै सिरिङ्ग पार्नेखालको थियो। प्रमुख सचिवले त्यसबेला सल्लाहको शैलीमा भनेका थिए– ‘सतर्क हुनु, हत्याराले तपाईंलाई मारिदेला। एकजनालाई मार्नेले अरुलाई पनि सिध्याउन के बेर † मार्ला है, मार्ला, बच्नुस् †’ २६ गते बिदा हुने सन्दर्भमा उनी गृहमन्त्री र गृहसचिवकोमा गए। धेरैबेर कुरा भयो। तर, यसपटक भने पहिलेझैं गृहसचिवको प्रस्तुति उत्साह र हौसला बढाउनेखालको थिएन। ओली भन्छन्– ‘त्यसबेलाका प्रहरी र जिम्मेवार अफिसरहरु हत्यारास“ग मिलेको भन्ने कुरा डीएफओबाट पेश भएपछि उहा“को बिचारमा केही बद्लाव आयो कि †’ २८ गते बिहानै प्रधानमन्त्रीले उनलाई समय दिए। स्वभाविकै रुपमा हत्याकाण्डबारे प्रसङ्ग छेडिए– ‘खोज्नुस्, सकेसम्म पत्ता लगाउनुस्। केही परे मलाई खबर गर्नुस्।’ भन्न त प्रधानमन्त्रीले यतिसम्म भने, तर ओलीलाई यो कुरा पनि भित्री मनदेखि भनिएजस्तो लागेन। यो यात्राले उनको मनमा द्विविधामात्र सिर्जना गर्‍यो– ‘के नेपालका ठालुहरु हत्यारा पत्ता लगाउन चाह“दैनन्?’

मंसीर १० गते दरबारले नारायणी अञ्चलाधीश लक्ष्यबहादुर गुरुङ्गलाई हत्याको ‘अनुसन्धानमा मद्दत पुर्‍याउन’ गण्डकी पठायो। भोलिपल्ट दिउ“सो ३ बजेदेखि नारायणी अञ्चलाधीशको टोलीले गण्डकीका सुरक्ष्ँाफौजलाई अघिपछि लगाएर पृथ्वीनारायण क्याम्पस मुनीका खरबारी, खोल्सा–खोल्सी, बयरघारी र तुलसी बनमा ‘केटीहरु यहा“ आए होलान्, केटाहरुले यो घारीमा, त्यो कुनामा केटीहरुलाई बलात्कार गरे होलान्, त्यो पुलबाट हि“डे होलान्, पुलबाट आउ“दा वा जा“दा चूडामणिले देखे होलान्, तब उनलाई पनि मारिदिए होलान्’ जस्ता अनुमानका कुरा गर्दै हि“ड्यो। र, राती ड्रागन होटलमा रमझम गरेर आफ्नो कर्तव्य निर्वाह गर्‍यो।

ओलीलाई फोनमार्फत् गाली 
फागुन २६ गते बिहान ६ बजे प्रजिअ ओलीलाई कुनै वयस्क आवाज भएको व्यक्तिले फौजीपाराले फोन गर्‍यो र कल्पनासम्म नगरेको शैलीमा धम्क्यायो। कहा“बाट, को बोलेको भन्ने परिचय नखुलाइकन उसले प्रजिअलाई थर्काइरहेको थियो।
अपरिचित– सीडीओ हो?
प्रजिअ– हो, म सीडीओ बोल्दैछु।
अपरिचित– ए त“ सीडीओ † फूर्ति नगर् है तैंले † जे गरिस्, यत्तिमै बस् † अरु अगाडि बढिस् भने तेरो या त यहा“ बसाइ छैन, या खैरियत छैन † कुरो आफैं बुझ् † अगाडि नबढ्।

कुरो यत्तिमै सकियो। त्यो अपरिचित मान्छेलाई प्रजिअ ओलीले कुनै जवाफ फर्काउने मौका पाएनन्, फोन घड्याप्प राखिदियो उसले। त्यो बयस्क आवाजको फोन आएको डेढ घण्टापछि प्रजिअ ओली डीएफओकोमा पुगे। चिया र तारेको अण्डा खा“दै उनीहरुबीच नमीता–सुनीता–नीरा–चूडामणि हत्याकाण्डबारे विस्तृत छलफल भयो। प्रजिअ ओलीले आफ्नो टिपोटमा उल्लेख गरेका छन्– ‘जेठ १६ गते दुईजना केटाहरु काठमाडौंबाट नमीता–सुनीता–मीराहरु आएकै बसमा पोखरा पुगेका थिए। बाटोमा ती केटीहरुलाई बिस्कुटहरु पनि दि“दै, पोखरामा कहा“कहा“ घुम्ने? कहा“ बस्ने? सोध्दै आए। १७ गते उनीहरु बसेको ठाउ“ वरिपरि टहलिएर फर्किएका पनि थिए।’ घटना सत्यसामु पुगेको भन्दै प्रजिअ भन्छन्– ‘जेठ १८ गते एउटा नीलो कार आयो र ब्यारेकमा पस्यो, बस्यो। यसपछि बसमा आउने केटाहरुलाई कहा“ जान्छन्, के गर्छन् भन्ने कुरामा पछि लगाई कारमा आउनेहरुले ती केटीहरुस“ग भेटघाट गरेर विश्वासमा ल्याई जेठ २४ गते पोखरा ब्यारेकमा खाने–बस्ने निम्ता गरी लगे। यसपछि उनीहरुको लाशमात्र फेला पर्‍यो।’

घटनाको रिङ्ग लिडर, जसको भूमिका घटना दबाउनमा महŒवपूर्ण भएको भनी त्यसैताका चर्चा भएको थियो, उनी हुन् डीएसपी जयराम मुल्मी। प्रजिअ ओलीको दावी छ– ‘डीएसपी मुल्मीलाई पैसा खुबाएर र अरु ओहदाधारीलाई माथिको प्रभावमा पारेर केश पचाउने कुरा मिलाई संदिग्ध मानिसहरु सोही कारमा काठमाडौं फर्किए। चूडामणिले यो घटना आफ्ना आ“खाले देखेको हो, त्यसबेला छाडिदिए। पछि खुल्ने डरले असार ५ गते चूडामणिलाई प्रहरीले डीआइजीको गाडीमा राखी जिप्रकामा लगेर राखे। राती पेस्तोलले हानी पुरातŒवमुिनबाट सेतीमा खसाली बगाइदिए। केटीहरुलाई मार्ने हत्यारा नीलो कारमा काठमाडौंबाट आएका व्यक्तिहरु हुन्।’ चूडामणिलाई उनीहरुकै निर्देशनमा प्रहरीले मारेका हुन् भन्ने कुरा आजसम्मको सुनाइबाट बुझिन आएको भनी प्रजिअ ओली र डीएफओले सो भेटघाटमा निश्कर्ष निकालेका थिए। काठमाडौंबाट नीलो कारमा पोखरा पुगेका विनोदशङ्कर श्रेष्ठ, राजु राणा हुन् भन्ने कुरा पोखराको जनसमाजमा चर्चा भइरहेको विषयमा पनि उनीहरुबीच छलफल भएको थियो। प्रजिअले छलफल भएका विषयहरु गृहसचिवलाई फोनबाट अवगत गराउ“दै ‘त्यही“ आएर निवेदन गरु“ कि, लिखित प्रतिवेदन जाहेर गरु“, अरु कारवाही के–कसरी अगाडि बढाउ“्क?’ भनी सोधेका थिए। तर, गृहसचिवले योपटक अर्कैखाले जवाफ दिए। गृहसचिवले ‘पठाउनुपर्दैन, यी त सुनिराखेकै कुरा हुन्, नया“ अञ्चलाधीशले पनि केही गर्नुहोला’ भन्ने जवाफ प्रजिअ ओलीलाई दिए।

गृहसचिवद्वारा व्यक्त भनाइ सुनेपछि प्रजिअ ओलीले दिक्दार मान्दै ‘हस् ˜˜’ भनेर फोन राखिदिए। प्रजिअले बुझे– अनुसन्धान गर्ने जिम्मेवारी पनि अञ्चलाधीशतिरै गयो भन्ने कुरा। प्रजिअले दरबारलाई सोझै लेखापढी गरेर पठाउने अधिकार थिएन, त्यो जिम्मेवारी वास्तवमा गृहमन्त्रालयको थियो। ओलीले राजदरबारका प्रमुख सचिव रञ्जनराज खनाललाई जानकारी गराउ“दा उनले ‘गृह मन्त्रालयको निर्देशनबमोजिम गर्नू’ भन्ने जवाफ फर्काए। ओलीले प्रधानमन्त्री र गृहमन्त्रीलाई पनि पोखरामा सबैतिरबाट सुनिन आएको कुरा नै निश्कर्षको रुपमा अवगत गराउ“दा कारवाहीलाई अगाडि बढाउन र स्थानीय प्रशासनलाई अगाडि बढ्न तताएको अनुभव भएन अनि ‘ताप्के नताती बि“ड तातेको’ अनुभव गरे।

प्रजिअ ओलीले डायरीमा गरेको टिपोट यस्तो छ–
विश्लेषण र निश्कर्षभन्दा विन्ध्यवासिनीका पूजारी रुद्र बाहुन र बसमा काठमाडौंबाट पोखरा पुगेका केटाहरुको माध्यमबाट तीनवटै केटीहरुको अरु दुईजना तन्नेरी तथा निकै खानदानी र शौखिन परिवारकाजस्ता देखिने दुईजना मान्छेसित फेवातालमा भेट भएको र डुङ्गा सयरसमेत गरेको, जेठ २४ गते ५–६ बजेतिर महेन्द्रपुल तरी व्यारेकतर्फ लागेको भन्नेसम्म सुन्नमा आएबाहेक अरु थप जानकारी प्राप्त हुन सकेन।

चैत १५ गते डीएफओ ललितरत्न शाक्य काठमाडौं गएकाले प्रजिअ ओली भोलिपल्टै काठमाडौं पुगे। उनले गृहसचिव विष्णुप्रताप शाहस“ग १६ गते बिहान ७ः३० को समय लिए। डीएफओसहित प्रजिअले संयुक्त रुपमा गृहसचिवस“ग भेट गरे। शाक्यले गृहसचिवलाई भने– ‘सर, मेरा मान्छेबाट सुनेबमोजिम नमीता–सुनीताको हत्या काठमाडौंबाट केटीहरुको पछि लागी गएका तीनजनाबाट भएको हो। बा.अ. ११३२ नं.को कारमा पोखरा गएका हुन्। चूडामणिको हत्या भएको हो, आत्महत्या वा अरु कारणले मृत्यु भएको होइन †’ यति भनेपछि गृहसचिवले डीएफओलाई सोधे– ‘कसरी पक्का भो?’ डीएफओले सचिवको जवाफ फर्काउ“दै ‘त्यसो त नभनौं’ भने। गृहसचिवले प्रजिअलाई डीएफओस“ग आफूले मात्रै कुरा गर्ने बताए। प्रजिअले भने– ‘उहा“लाई (डीएफओ) सुरक्षाको ग्यारेण्टीमा शङ्का छ, त्यति पनि मेरो पुच्छर नछोडाई र कुरा, व्यवहार, सम्झाइबुझाईआदि प्रयासबाट मात्र निस्केको हो।’ त्यसपछि प्रजिअ ओलीले प्रतिवेदन तयार पारेर गृहसचिवको हातमा थमाए। भोलिपल्ट बिहान गृहसचिव र डीएफओबीच कुराकानी भयो। त्यसलगत्तै प्रजिअले क्रमशः प्रधानमन्त्री र गृहमन्त्रीकहा“ गई घटनासम्बन्धी जानकारी गराए। उनले विशेष अदालत वा आयोग गठन गरी अनुसन्धान कारवाही गर्न उपयुक्त हुने सुझाव पनि प्रधानमन्त्री र गृहमन्त्रीलाई दिए। तर, प्रजिअ ओलीको कुराको सुनुवाइ कतैबाट पनि भएन। उनले लेखेका छन्– ‘नेपाल आमाका कलिला बिरुवारुपी छोरीहरु र सानै तहबाट भए पनि नेपाल आमाको सेवा गरिरहेका चूडामणिको हत्यामा उनीहरुको आत्माको चीरशान्तिको लागि प्रार्थना गर्नुबाहेक अरु केही गर्न सकिएन।’

यसैबीच डीएफओ ललितरत्न शाक्यको पोखराबाट कञ्चनपुरमा सरुवा भयो। प्रजिअ ओली झन निराश भए। काठमाडौंमा भएको दौडधुप सकिएपछि डीएफओ र सीडीओबीच एकपल्ट पनि भेट भएन भने सरुवा भएर जा“दा उनले प्रजिअस“ग एक बचन ‘जान्छु’ सम्म भनेनन्। हुनसक्छ, सीडीओको भरमा निर्भिकतापूर्वक जानेका कुरा बताउन तम्सिएका ललितरत्न आफैं त्रस्त र आतंकित भएका थिए।

प्रजिअ ओलीलाई गृहसचिवले २०३९ बैशाख २१ गते बिहान फोन गरेर काठमाडौं बोलाए। रातिसम्म पर्खेर बस्छु भन्दै गृहसचिवले फोन गरेपछि उनी हि“डे। मुग्लिङ्गमा खाना खाई राती १ः३० बजे प्रजिअ ओली गृहसचिवको काठमाडौंस्थित घरमा पुगे। गृहसचिव सुतेका थिएनन्। आफैंले ढोका खोलेर प्रजिअ ओलीलाई भित्र लगे। त्यो रात कास्की जिल्लाको सामाजिक, आर्थिक, राजनीतिक तथा पर्यटनलगायतका विषयमा छलफल भयो।

शान्ति–सुरक्ष्ँाको स्थिति बिग्रन गएको र विभिन्न किसिमका हल्लाहरु चलेको कारण देखाई गण्डकीका अञ्चलाधीश गणेशमान श्रेष्ठ, डीआइजी चन्द्रवीर राईदेखि प्रजिअ पद्मराज सुवेदी, इन्स्पेक्टर बाबुराम पुनसमेतलाई सरकारले बर्खास्त गर्ने विषयमा गृहसचिवले प्रजिअस“ग राय माग गरेका थिए। प्रजिअ ओली लेख्छन्– ‘पछि प्रकाशमा आयो, श्री ५ बाट अञ्चलाधीश गणेशमान श्रेष्ठलाई त पुसमै अवकाश मिलेको थियो। डीआइजी चन्द्रवीर राई र डीएसपीहरुलाई पनि श्री ५ को सरकारले अवकाश दियो। टाठो भएर सुन्दा प्रजिअ र इन्स्पेक्टरको अवकाश रद्द भएछ।’

चैत १ गतेदेखि नया“ अञ्चलाधीश खड्गबहादुर जीसी अनुसन्धानतर्फ सक्रिय हुन थालेको महसूस प्रजिअ ओलीले गरेका थिए। उनले लेखेका छन्– ‘सा“झ डीआइजीले कार्यालयमा रुकु र रुद्रमणिलाई सपरिवार बोलाउनुभएछ। मलाई र एसपीलाई पनि बोलाउनुभयो, गयौं। १० बजेसम्म सोधखोज गर्नुभयो। मलाई गृहसचिवले अञ्चलाधीशले पनि अनुसन्धान गर्नुहोला भनेको ठीकै रहेछ भन्ने लाग्यो र उहा“लाई सुझावको रुपमा अनुसन्धान गरेर मात्रै केही नहुने, शंका लागेका व्यक्ति वा अभियुक्त देखिने खालका मानिसमाथि बुझ्ने, केरकार गर्नेजस्ता कारवाही हुने भएमात्र अनुसन्धानको महŒव हुने सुझाव दिए“।’ ‘अहिलेसम्मको अनुसन्धान स्वाङ्ग, ढ्वाङ्ग र केटाकेटी खेलेको वा जनताको आ“खामा छारो हालेको मात्र हुन गएको छ’– ओलीले अञ्चलाधीशलाई भने। अञ्चलाधीशले भने अब त्यसो नहुने र कारवाही शुरु गराई छाड्ने प्रतिबद्दता व्यक्त गरे। प्रजिअ खोलीले अगाडि लेखेका छन्– ‘तर, चल्ती गाडी आफ्नो बाटोमा चल्दै गयो।’

नया“ अञ्चलाधीशले नीरा जीवित रहेको भन्ने ढङ्गबाट कुरा बुझिरहेका थिए। तर, प्रजिअ ओलीले नमीता–सुनीताका बाबु माधवराज भण्डारीस“ग कुरा गर्दा थाहा पाए– नीरा पराजुली निर्भिक थिइन्, चरीत्रहीन थिइनन् भन्ने कुरा। बोराको लाश वयस्क आइमाईको भनिएकोमा त्यो नीराकै हुनुपर्ने तर्कना ओलीको मनमा खेल्न थाल्यो। ओलीको भनाइ छ– ‘ऊ निर्भिक भएकीले बलात्कारको प्रतिवाद गर्न खोज्दा उसलाई पहिला नै मारिएको हुनुपर्छ। चरीत्रहीन र जीवित छ जस्ता कुरा हत्याराका तर्फबाट फैलाइएका हल्ला हुन्।’

बाबुरामको बयान 
नमीता–सुनीता हत्याकाण्डताका जिल्ला प्रहरी कार्यालय, कास्कीमा कार्यरत बाबुराम पुनले आजभन्दा छ वर्षअगाडि प्रहरी वरिष्ठ उपरीक्ष्ँक पदबाट अवकाशप्राप्त गरेका छन्। उक्त हत्याकाण्डको लाश जा“च मुचुल्का तयार पार्नेदेखि अनुसन्धान गर्नेसम्मका सम्पूर्ण कानूनी प्रक्रियामा संलग्न रहेका उनीस“ग ०६२ चैत १८ गते सा“झ पंक्तिकारको फोनवार्ता (४४३२५५४) भएको थियो। प्रत्यक्ष्ँ भेटवार्ता गर्न तयार नभएपछि उनीसमक्ष फोनमै केही जिज्ञासाहरु राखिए। पोखराबाट आफूलाई सरुवा गरी प्रधान कार्यालयको प्रशासन महाशाखामा हाजिर गराइएको जानकारी दि“दै संक्ष्ँिप्तमा उनले बताएका थिए– ‘आफू त हजुर, सानो तहको कर्मचारी परियो। हाकिमहरुले लाए–अह्राएको काम गर्ने हो। बोसहरुले अनुसन्धानको योजना बनाउ“थे, आफू फिल्डमा खटिइन्थ्यो। मुचुल्का उठाउने, प्रतिवेदन तयार गर्ने, यस्तै त हो हाम्रो काम † हाकिमहरुले गड्बडी गरे भन्नका निम्ति आफूस“ग प्रमाण हुनुपर्‍यो। उहा“हरुको काममा ओभरटेक गर्न पनि मिलेन।’ अपराधीहरु कसरी आए? कता गए? उनीहरुले चढेको गाडी कता हरायो? बनपालेको परिवारलाई किन प्रलोभन दिइयो?– पंक्तिकारको प्रश्नमा ‘म त सोझो मान्छे, बूढो पनि भइसके“, घटना धेरै पुरानो पर्‍यो, सबै कुरो सम्झन सकिएन हजुर †’ भन्दै उनले फोनको रिसिभर बिसाइदिएका थिए।

अनिर्णित निश्कर्ष 
२०३८ सालको नमीता–सुनीता काण्डलाई एक्काइस वर्ष पुगिसकेपछि किन उल्ट्याइयो? यसका पछाडि अनगिन्ती कारणहरु हुन सक्दछन्। दरबार हत्याकाण्डको घाउ सुक्न नपाउ“दै तात्तातै नमीता–सुनीता हत्याकाण्डलाई थान्को लगाउने जुन प्रपञ्च रचियो, त्यसलाई काकतालीमात्रै मान्ने या लामो सिलसिलास“ग तादात्म्य गराएर हेर्ने? अर्को एउटा जटिल प्रश्न पनि हाम्रासामु अनुत्तरित छ। हामी केवल अनुमान र परिकल्पनाहरु मात्रै गर्न सक्दछौं कि नमीता–सुनीता काण्डलाई दोस्रोपटक दफनाइएको घटनाले इतिहासका निम्न हु“डारहरुलाई सतहमा ल्याएको छ।
१. ठूला मान्छेप्रतिको आशंकामा अभिबृद्धि :
नमीता–सुनीता हत्याकाण्ड एउटा नसुल्भि्कएको मुद्दा मात्रै होइन, ठूला र विशेष मान्छेहरु संलग्न रहेको आशङ्का गरि“दै आएको पाशविक घटना पनि हो। राजदरबारमा एकखाले शक्तिको अवशान र अर्को टिमको अभ्युदय हुनासाथ यो मुद्दाले महत्व पाएका कारण यसमा ‘ठूला’ र विशेष मान्छेहरुको संलग्नता सा“च्चै नै थियो वा रहेछ भन्ने आशङ्कालाई ०५८ सालको षड्यन्त्रले बढावा दिएको छ। वीरेन्द्रको वंशनाशपछि जसरी यो मुद्दालाई दफनाइयो, त्यसले नमीता–सुनीता काण्डको बात लागेकाहरुलाई कहिल्यै उक्सिन नसक्नेगरी आशङ्काको इनारमा खसालेको छ। जहिलेसम्म मुद्दाहरु दफनाइन्छन्, तबसम्म अभियुक्तहरुले सफाई पाउन सक्दैनन्।
२. सामन्ती स्खलनको निरन्तरता :
इतिहासको अध्ययन गर्ने हो भने सामन्तहरु षड्यन्त्र र हत्या–हिंसामा मात्रै टिकेका छैनन्, उनीहरुले प्रत्येक हिंसा र कत्लेआमलाई रहस्यको कालो ओढारमा धकेल्ने प्रयास गर्दै आएका छन्। नमीता–सुनीता काण्ड त्यसैको एउटा सिलसिलामात्रै हो, फरक यत्ति हो– यस काण्डमा कुनै भारदार वा अमुक नेताहरुको साटो निरीह र निर्दोष अबलाहरु मात्रै परे, चूडामणिजस्तो गौप्राणी राष्ट्रसेवकहरु मात्रै परे। अर्थात् उन्मत्त सा“ढेहरुको ताण्डव उफ्राइमा कलिला फूलहरु निमोठिए, निमिट्यान्न भए। इतिहासमा यस्तै भएको छ। भीमसेन थापा, बहादुर शाहजस्ता बहादुर र ठूलाहरुका हत्यारालाई समेत अहिलेसम्म सजाय“ भएको छैन। टाढा किन जाने? मदन भण्डारी र जीवराज आश्रितका हत्याराहरु पनि गुमनाम छन्। त्यसको एक दशक बित्न लाग्दा अमर लामाहरु मारिन्छन्। यस्तै अमर लामा मारिएजस्तै घटना हो– ०५८ जेठ २९ गते भूमिगत तवरबाट गरिएको मुद्दा नचलाउने निर्णय। यो निर्णय खुनी इतिहासको स्वभाविक निरन्तरता हो।
३. जनतामाथिको अपमान :
नमीता–सुनीता हत्याकाण्डलाई रातारात थान्को लगाइनु भनेको जनता र तिनको शक्तिलाई लल्कार्नु र घोर अपमान गर्नु पनि हो। जनताका छोराछोरीलाई जे गर्दा पनि हुन्छ, तिनीहरुलाई भोग्दा, बलात्कार गर्दा, मार्दा वा जे गर्दा पनि हुन्छ भन्ने सामन्ती शासक र त्यसको आडमा बा“चेका सरकारी गुण्डाहरुलाई भ्रम हु“दोरहेछ। त्यही भ्रमको एउटा पोको हो यो हत्याकाण्ड। र, अड्डा–अदालत तथा कानून आफ्नो दाया“ हातका गोटी हुन् भन्ने कुराको पुष्ट्याइ“ हो षड्यन्त्रको त्यो अन्तिम कडी। हाम्रा अदालतहरु स्वतन्त्र छैनन् र जनताका हक–अधिकारहरु मिट्टीमा मिलाउन तिनले ठूला मान्छेलाई नै सहायता गरिरहेका छन् भन्ने देखाउ“छ ०५८ जेठ २९ गते कालो कोटले गरेको त्यो निर्णयले।
४. बा“की रहेको जिम्मेवारी :
सामन्ती शासकहरुले बगाएको खूनको हिसाब–किताब गर्ने मुख्य जिम्मेवारी जनताका का“धमा अझै बा“की छ भन्ने देखाएको छ यो घटनाले। प्रशासनले न्याय दि“दैन, ठूला मान्छेले न्याय दि“दैन र अदालतले समेत पीडितलाई न्याय दि“दैन भने त्यो न्याय पाउने ठाउ“ कहा“ छ? जनताले न्याय पाउनाका लागि गर्नुपर्ने बा“की काम अब कुन छ? यो प्रश्नको विकल्प खोज्न बाध्य पारेको छ उक्त घटनाले। संभवतः सामन्ती शासनको देन हामीलाई प्राप्त भइरहेको छ, जसरी हामी गायक प्रवीण गुरुङको रहस्यमय मृत्युबारे बिर्सन खोजेर पनि बिर्सन सकिरहेका छैनौं, त्यसैगरी नमीता–सुनीता हत्याकाण्डलाई पनि बिर्सन सकिरहेका छैनौं। अदालतले जबर्जस्ती बिर्साउन खोजे पनि हामीले सकेका छैनौं।
हामी आशा गरौं, एकदिन यो षड्यन्त्रको पोको सडकमा छताछुल्ल पार्नेछ समयले। र, नमीता–सुनीता–नीरा र चूडामणिहरुले न्याय नपाए पनि उनका परिवारजनले न्याय पायौं भन्ने अवस्था हामीकहा“ आउनेछ। आशावादिता नेपालीहरुको मौलिक जीवनशैली र प्राण पनि त हो।

साभारः माइसंसार

सानै कुराबाट साहसिक आर्थिक सुधार

अब साहसिक सुधार अगाडि बढाउनका लागि अब केही कुरामा पनि अलमल गरिरहनु पर्ने अवस्था छैन, न त यसका लागि बाह्य समुदायका मुख नै ताक्नु पर्ने बाध्यता छ । गजेन्द्र बुढाथोकी हालैका दिनमा विकास बहसमा आमनागरिकलाई झुक्याउने काम गरिँदै आइएको छ । बलियो बहुमतप्राप्त प्रधानमन्त्रीले सार्वजनिक मञ्चहरूमा एकातिर समृद्धिका कुरा गर्छन् भने अर्कातिर पूर्वनियोजित प्रश्नोत्तरसहितका टेलिभिजन अन्तर्वार्ताहरूमा समृद्धि भनेको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा मात्र मापन हुने विषय होइन पनि भन्दै आएका छन् । प्रधानमन्त्री केपी ओलीका आर्थिक रथ हाँक्ने अर्थमन्त्री डा. युवराज खतिवडालो भने अर्थतन्त्रको विस्तार नभईकन समृद्धि नआउने बताउँदै आएका छन् । प्रधानमन्त्री ओलीका किचन क्याबिनेटमा अर्थमन्त्री ओलीबाहेक आर्थिक मामिला बुझेका कम्युनिष्ट पार्टीका नेताहरू विष्णु पौडेल र विष्णु रिमाल पनि छन् । त्यसैले आर्थिक मञ्चहरूमा प्रधानमन्त्री ओलीले गर्ने भाषण र ताली पाउन ओलीबन्धु समाजको कार्यक्रममा गर्ने भाषणमा तात्विक अन्तर भने हुने गरेको छ । आर्थिक मञ्चमा गरेको भाषणमा बढी आलोचना हुने भएकाले तथ्यगत कुरा बोल्नुपर्ने प्रधानमन्त्रीको बाध्यता होला, तर यही गाम्भीर्यता मुलुकको विकास र समृद्धिका मामिलामा किन देखाउन नसकिएको होला, बुझिनसक्नु भएको छ । Continue reading “सानै कुराबाट साहसिक आर्थिक सुधार”

बाको एटीएम

-बुढाथोकी गजेन-

बा हिसाब मिलेन, मिल्दै मिलेन
तपाईँको एटीएममा कति थियो 
बचत
मायाँ, स्नेह, सुरक्षा, नैतिक धरातलको?
जतिखेर चाहियो
झिक्याैं मनलाग्दी
तपाईँले के खानु भयो?
कसरी खानु भयो?
कति खानु भयो?
सोधेनाैं कहिल्यै
भोक लाग्याे भन्याै
जुटाउनु भयो खाना
हाम्रै स्वादका ।
के लाउनु भयो?
ख्याल गरेनाैं कहिले
राम्रो नाना हामीले 
पाइरह्याैं जहिल्यै
छाना जुटाउनु भयो कसरी?
चुहिँदा, तपाईँले थापेका हत्केलाबाट
तप्पतप्प सुरक्षा पो चुहिन्थ्यो ।
कहिले हलोका बिँडमा
कहिले जाँतेमा
कहिले अर्का जुठा भाँडामा
केबल हाम्रो सपना देख्नु भयो
अक्षर चिनाउने सपना
जब साक्षर भयाैं
अनि, तपाईँ नै पो झुत्रे देखिनु भयो
फाटेको टोपीका घेरामा
मलाई नै पो लाज लाग्ने भयो
तपाईँले ढाँट्नु भयो सँधैभरि 
भोक लुकाउनु भयो
थकाइ लुकाउनु भयो
पीडा लुकाउनु भयो
संघर्ष लुकाउनु भयो
हाँसेर हामीलाई सँधै खुसी देखाउनु भयो
बा, हिसाब मिल्दै मिलेन ।
तैपनि
अहँ! तपाईको एटीएममा अझै
बाँकी थियो बचत
मायाँ घटेन कहिले,
स्नेह घटेन कहिले
पोहरकै कुरा त हो
खै कसले हो 
बा! खानु हुन्छ कि भनेर
२ कोशा केरा दिएका दान
दाैराका फेरमा बाँधेर
नातिले खान्छ भनेर 
ल्याइदिनु भएको ।
बा, हिसाब मिल्दै मिलेन
सक्तिन तिर्न
अहँ! पुग्दैन तिर्न कसैगरि
कति पो छ 
तपाईको एटीएममा बचत?

-कुटी, बालुवाखानी, कपन



शिक्षा तथा साक्षरता दिवस गेट कालेज नेपालगन्जमा मनाइयो

शिक्षा तथा साक्षरता दिवस

नेपालगन्ज, आज सेप्टेम्बर ८, अर्थात विश्व साक्षरता दिवस र राष्ट्रिय शिक्षा दिवस। सन १९६५ मा युनेस्कोले हरेक बर्ष सेप्टेम्बर ८ लाई बिश्व साक्षरता दिवसको रुपमा मनाउने घोषणा गरेसङै बिश्व साक्षरता दिवस मनाउन थालिएको हो।

५१ औ साक्षरता दिवस र राष्ट्रिय शिक्षा दिवसको अवसरमा शिक्षा क्षेत्र र व्यवहारिक शैक्षिक बिकाशको लागि महत्त्वपूर्ण भुमिका खेलिरहेको पश्चिम् नेपालकै शान गेट भोकेशनल कलेजले आफ्नो विद्यार्थीहरुलाई अनुभवी र ब्यबहारिक शिक्षा प्रणाली अन्तर्गत पाककला शास्त्रको बिशेषता र त्यस्को अर्थपूर्ण पाटोलाई थप उर्जा दिन स्वयं विद्यार्थीबाटै पाक पकवानको कार्यक्रम गरेर साक्षरता दिवस मनाएको छ।

आफैले सिकेको कुरा अनुभवी रुपमा पाककलाको प्रदर्शन गर्न पाउनु आफ्नो शैक्षिक यात्राको लागि निकै महत्त्वपूर्ण भुमिका रहेको गेट भोकेशनलमा अध्यनरत छात्र तेजु भण्डारी बताउनुहुन्छ। ब्यबहारिक रुपमा जति तालिम गरियो त्यो भन्दा धेरै कुरा काम गराइ र आफ्नो अग्रज र गुरुहरुले सीप सिकाउने क्रममा अझै बढी र प्रभावकारी हुने उनी बताउछन् । तेजु हाल गेट कलेजमै रहेको कमर्सियल किचेनमा कार्यरत छन् , आफैले सिकेको शिक्षालाई व्यबहारमा उतार्न निकै मेहेनत गर्नुपर्ने तथा अन्य थप जानकारीलागि आफैले अनुसन्धान गर्नु पनि पर्ने भण्डारी बताउछन् । छिट्टै उनी अब वास्तविक आतिथ्य संसारमा होमिनेछन् र आफ्नो शैक्षिक यात्रालाई आगडि बढाउदै छन् । साक्षरताका लागि हरेक समाजको हरेक कोणलाइ अर्थपुर्ण हिसाबले नियाल्नु पर्ने र यो कार्यमा हामी समाजमा बस्ने हरेक ब्यक्तिको जिम्मेवारी पनि रहेको कुरालाई नकार्न सकिन्न।

पुर्ण साक्षरतामा अगाडी बढ्न तथा सबैलाई साथ लिएर जान हामी सबैको एकेबधदता र एकता अपरिहार्य रहेको छ। शिक्षित समाज अग्रगामी समाज र सुदृढ समाजको परिकल्पनालाई यथार्थमा उतार्न सबैको सहयोग अत्यावश्यक छ। शिक्षा तथा साक्षरता दिवसको सबैलाई शुभकामना !!

छरिएका स्रोत परिचालनबाटै समृद्धि

अहिले विकासे आयोजनाहरूको संख्या कति छ भन्ने कुरा स्वयं सरकारलाई नै थाह छैन, तिनका लागि लाख, करोडका हिसाबले हरेक वर्ष ठूलो बजेट छर्ने काम भइरहेको छ, जसबाट ठोस प्रतिफल पनि प्राप्त हुँदैन ।

गजेन्द्र बुढाथोकी

पछिल्ला केही समययता ‘मुलुकमा केही छैन’, ‘गरेर केही हुँदैन’ भन्ने एकखालको धारणा एउटा वर्गमा विकसित हुँदै गइरहेको भेटिन्छ, खासगरि युवा पुस्ता हाम्रो विकास र पछ्यौटेपनको अवस्थाबाट बढी नै चिन्तित पनि देखिन्छ । यो चिन्ता अस्वाभिक पनि होइन । कतिपय बाह्य कारणहरूले र धेरैजसो आफ्नै कारणहरूले गर्दा हामी यो अवस्थामा रहेका हौं भन्ने कुरा बुझ्न अहिलेका पुस्तालाई कुनै ऐतिहासिक नजिरहरू देखाइरहनु पर्दैन । आर्थिक विकास र समृद्धिका मामिलामा हामी चुकेकै हौं । मुलुकमा विकास नै नभएको भने होइन । उदाहरणका लागि अर्थतन्त्र विस्तारका परिसूचकहरू हेरौं । आर्थिक वर्ष २०३१/३२ मा नेपाली अर्थतन्त्रको कुल आकार १६ अर्ब ६० करोड रुपैयाँमात्र थियो, यसका आधारमा प्रतिव्यक्ति आय पनि वार्षिक १३ हजारमात्रै रहेको देखिन्छ । आव २०४६/४७ सालमा आइपुग्दा अर्थतन्त्रको आकार बल्ल १ खर्ब ३ अर्ब रुपैयाँ पुग्यो भने प्रतिव्यक्ति आयमा झिनो वृद्धि भइ १६ हजार रुपैयाँमात्र पुग्यो । अहिले अर्थतन्त्रको आकार ३० खर्ब रुपैयाँबराबर पुगेको छ भने प्रतिव्यक्ति आय पनि औसत १ लाख रुपैयाँ (१ हजार अमेरिकी डलर) पुगेको छ । यसरी हेर्दा तीस गुणाले अर्थतन्त्रको आकार बढेको र प्रतिव्यक्ति आय भने करिब ६ हजार गुणाले बढेको देखिन्छ । यद्यपि यो पनि औसतमात्र हो, काठमाडौं उपत्यकाभित्रको औसत प्रतिव्यक्ति आय २७०० अमेरिकी डलर अर्थात् वार्षिक औसत ३ लाख रुपैयाँबराबर छ भने अन्य सहरी क्षेत्रको पनि वार्षिक १५०० देखि १७०० अमेरिकी डलरभन्दा बढी नै छ । (स्रोतः नेपाल मानव विकास प्रतिवेदन–२०१४) । तर, जुन ढंगले मुलुकको आर्थिक वृद्धि र विस्तार हुनुपर्ने थियो, त्यो भने हुन नसकेकै हो ।
विगत २० वर्षमा नेपालको औसत आर्थिक वृद्धिदर ४.३५ प्रतिशतमात्र रहन पुग्यो । माओवादी सशस्त्र विद्रोह र त्यसपछिको राजनीतिक अस्थिरताले नेपालको पूरै दुई दशकलाई आर्थिक अवरुद्धताकै अवस्थामा ल्याइ पु¥यायो । ‘श्रीइन्द्रदेवका कृपाले’ बीच–बीचका केही वर्षहरूमा हासिल भएका ५ प्रतिशतभन्दा माथिका आर्थिक वृद्धिदरलाई अलग राख्दा आव ०५२/५३ देखि ०७२/७३ सम्मै औसतमा ३ देखि ४ प्रतिशतमात्रको वृद्धिदर हासिल हुन पुग्यो । यसलाई पनि धन्य नै मान्नुपर्छ, किनकी उक्त दुई दशकको अवधिमा सरकारको लगानी कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को १९ प्रतिशतभन्दा कम नै रहेको थियो । अझ विकासतर्फ गरिएको खर्चमात्रै अलग्याएर हेर्ने हो भने यो औसतमा कुल गार्हस्थ्य उत्पादनको ६ प्रतिशतभन्दा पनि कम देखिन आउँछ । बुझ्नु पर्ने कुराचाहिँ पुँजीगततर्फ विनियोजित सबै रकम विकास कार्यकै लागि भनेर खर्च गरिँदैन, त्यसको ४० देखि ४५ प्रतिशतमात्रै हो सार्वजनिक निर्माणमा जाने । बाँकी त गाडी, फर्निचरजस्ता अनुत्पादक सरकारी सम्पत्ति जोड्नैमा खर्च हुन्छ ।
यस्तो न्यून सरकारी खर्च स्थितिका बाबजुद हाम्रो अर्थतन्त्रले थोरै भए पनि गति लिइरहेकै छ, जुन हाम्रा नेताहरूका गर्व गर्ने÷पगरी गुथ्ने मेलो भइदिएको छ । विगत २३ वर्षमा घुमिफिरि सत्ताको मियो वरपर रहेका कुनै पनि दलका नेताले कुनै यस्तो क्षेत्र देखाइदिउन्, जसको टेकोमा हाम्रो अर्थतन्त्र उभिएको होस् ।
भन्नका लागि सेवा क्षेत्रले नेपालको अर्थतन्त्र धानेको छ भनिन्छ, तर सेवा क्षेत्रले गर्ने कुल मूल्य अभिवृद्धिले मुलुकको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)लाई तलमाथि गर्न अझै भूमिका खेल्नै सकेको छैन । फेरि, अर्थतन्त्रमा सेवा क्षेत्रको योगदान बढ्दै जाने क्रम नेपालमा मात्र देखापरेको होइन, यो विश्वव्यापी प्रवृत्ति नै हो, तर चर्चित अर्थशास्त्री डोनी रोड्रिकले औद्योगीकरणबिनाको वृद्धि दिगो नहुने टिप्पणी गर्दै आएका छन् । रोड्रिकका शब्दमा– जतिसुकै प्रयास गरे पनि औद्योगीकरणबाट विमुख बन्दै गएका विकासशील देशहरू यसअघि नै औद्योगीकरण भइसकेका देशहरूका तुलनामा निकै तल छन्, त्यो गति समाउन यिनलाई निकै समय लाग्नेछ ( रोड्रिक, प्रिम्याचुअर डिइन्ड्रस्ट्रिलाइजेसन– हार्भर्ड युनिभर्सिटी) ।
अर्थतन्त्रमा उत्पादकत्व नबढिकन कृत्रिम रूपमा भएको वा देखाइएको आर्थिक वृद्धिको तात्विक अर्थ राख्दैन । हाम्रो हकमा भएको त्यही हो । २०४७ सालपछि नेपाली अर्थतन्त्रको ३० गुणाले वृद्धि भएको त भन्यौं, तर अर्थतन्त्रमा भएका विस्तारका क्षेत्रहरू एक–एकगरि देखाउन सक्ने अवस्था छैन । मुश्किलले विस्तार भएको १७–१८ हजार किलोमिटर पक्की सडक, बल्लतल्ल पुगेको ९ सय मेगावाट बिजुली हाम्रो गर्वको विषय हुँदै होइन । न त, राजनीतिक परिवर्तनका नाममा हासिल भएका करिब ९ सय सांसद नै हाम्रा लागि गर्वका विषय हुन् । साँच्चै भन्ने हो भने जबसम्म जनताले देखिने गरि परिवर्तन अनुभूत गर्दैनन्, तबसम्म देखाइने विकासका कागजी प्रगतिका सूचकहरू तीनकुनेमा विदेशीलाई झुक्याउन टाँसिएको फ्लेक्सको रंगिन चित्रजस्तो मात्रै हो ।
प्रगति हुँदै नभएको भने होइन, विगत २ दशकमा देशमा गरिबीको रेखामुनि रहेको जनसंख्या आधाले कम भयो, तर यो के सरकारका नीति, कार्यक्रम र योजनाहरूको प्रतिफलस्वरुप हासिल भएको उपलब्धी हो त? एकपटक गम्भीर भएर सोच्नु, खोज्नुपर्ने अवस्था आएको छ । माथि चर्चा गरिएकै सरकारी खर्चका अनुपातलाई एक पटक आँकडामै हेरौं । आर्थिक वर्ष ०४७/४८ मा जम्मा पुँजीगत खच (जुन ०६१ साल अघि विकास खर्च भनिन्थ्यो) करिब १३ अर्ब रुपैयाँ रहेकोमा यो ०५२/५३ मा करिब २५ अर्ब रह्यो । ०६४/६५ मा बल्ल ५३ अर्ब पुगेको पुँजीगत खर्चले १ खर्बको आँकडा टेकेको छ, ०७२/७२ पछि मात्रै हो । त्यसपछि भूकम्पपछिको पुनर्निर्माणको बजेटसमेत जोडजाड पारेर २ खर्बभन्दा माथिको पुँजीगत बजेट देखाइ पनि वास्तविक खर्च डेढ खर्ब रुपैयाँभन्दा नाघेन । अहिले विकासे आयोजनाहरूको संख्या कति छ भन्ने कुरा स्वयं सरकारलाई नै थाह छैन, तिनका लागि लाख, करोडका हिसाबले हरेक वर्ष ठूलो बजेट छर्ने काम भइरहेको छ, जसबाट ठोस प्रतिफल पनि प्राप्त हुँदैन । यो अवस्थामा अब हामी आफै विचार गरौैं– वार्षिक औसत २५ देखि ५० अर्बको औसत विकास खर्चका भरमा कसरी आमनागरिकलाई गरिबीको रेखाबाट बाहिर निकाल्न सकिएला, कसरी आर्थिक समृद्धि नै हासिल हुनसक्ला?
आप्रवासनका साथै आन्तरिक, क्षेत्रीय र अन्तर्राष्ट्रिय आर्थिक चलायमानताको प्रभाव नेपाली अर्थतन्त्रमा परेका कारणले अहिले हामी गरिबीको रेखामुनि रहेका नेपालीको संख्या २१ प्रतिशत, ४० प्रतिशत सहरी जनसंख्या, २२ प्रतिशत खर्चालु मध्यम वर्ग, औसत आयु ७१ वर्ष, प्रतिव्यक्ति आय एक हजार डलर भनेर विदेशीहरूसामु प्रगतिका सूचक देखाउन सफल भएका छौं । तर, यो हाम्रो दिगो विकासको बाटो पनि होइन, हामीलाई २०३६ सालदेखि नै देखाउँदै आएको ‘एसियाली मापदण्ड’, उच्च आर्थिक वृद्धि, सिंगापुर र स्वीजरल्यान्ड बनाइदिने सपनाा र समृद्धिका झलक पनि होइन ।
नेतृत्वले सँधैभरि लिने कामचलाऊको निर्णयले हामी आर्थिक समृद्धिको गन्तव्यमा कहिल्यै पुग्दैनौं । पुस्तान्तरणसँगै जसरी नयाँ नयाँ विकासक्रम देखिँदै आएको छ, त्यसलाई हामीले व्यक्तिगतदेखि राष्ट्रिय समृद्धिसँग आवद्ध गर्नका लागि नेतृत्वले साहसिक निर्णय लिने बेला भएको छ । आर्थिक सुधारको प्रक्रिया झिनामसिना निर्णयहरूबाट सम्भव हुँदैन । विपक्षी दलले के पो भन्ला कि भनेर आलोचनाबाट डराउने नेतृत्वले कहिल्यै साहसिक निर्णय लिन पनि सक्दैन ।
वर्तमान सरकार गठन भएलगत्तै आर्थिक–वैचारिक निकाय (थिंक ट्यांक) गठन गर्ने कुरा भएको थियो, राष्ट्रिय योजना आयोगको पुनर्संरचनाको प्रस्ताव पनि त्यसै थन्केर बसेको अवस्था छ । बजेटमा घोषणा गरिएको सार्वजनिक खर्च पुनरावलोकन आयोग अझै गठन भएको छैन । दुई तिहाई बहुमतप्राप्त सरकारले ठोस र साहसिक निर्णयहरू लिन त परै जाओस्, सामान्य नीतिगत सुधारसमेत गर्न सकेको छैन । माथिदेखि तलैसम्म तीनै तहका सरकारहरू अहिले पैसा जम्मा गर्ने ध्याउन्नमा लागेका छन्, जसका लागि नयाँ–नयाँ तरिकाका कर, महसुल र दस्तुरहरू उठाइँदैछ । पञ्चायतकालमा रेडियो सुन्नका लागि लाइसेन्स लिनुपथ्र्यो, राणाकालमा साइकल चढ्न विशेष अनुमतिपत्र लिनुपथ्र्यो, त्यसमा कर तिर्नुपथ्र्यो; त्यसैले अहिले पनि त्यसकै निरन्तरता दिइएको हो भन्ने हलुका अभिव्यक्ति सरकार प्रमुखबाट दोहो¥याइ नै रहिएको छ ।
आमनागरिकबाट उठाइएको करको सदुपयोग कहाँ कसरी भइरहेको भन्ने सुनिश्चित तुल्याउनु तीनै तहका सरकारहरूको दायित्व हो । नागरिकले तिर्ने महँगो कर जनप्रतिनिधिको विलासिता र प्रशासनिक खर्चका लागि होइन, त्यो पैसा कसरी सामाजिक आर्थिक विकासका लागि परिचालित भइरहेको भन्ने जानकारी हरेक त्रैमासिक÷चौमासिकमा सार्वजनिक गर्ने व्यवस्था गरिनु पर्छ । तल्लो तहका भुँइमान्छेसम्म राज्यका कल्याणकारी कार्यक्रमहरू समन्यायिक ढंगले पुग्नुपर्छ, अनिमात्र सरकारप्रतिको विश्वास नागरिकहरूमा बढ्छ ।
बेरोजगारी भत्ता बाँडेर समृद्धि आउँदैन, आर्थिक उत्पादकत्व बढाउने दिशामा राज्यले लगानी गर्नुपर्छ । अहिले सरकारका २० भन्दा बढी कोषहरूमा अर्बौं रुपैयाँ निष्क्रिय भएर बसेको छ, त्यसको ठूलो हिस्सा नागरिकबाटै विभिन्न नामका कर र महसुलहरूबाट जम्मा गरिएको हो । तिनको सदुपयोग गर्न सकिएमा आमनागरिकबाट थप करको बोझ नै नथपी विकासका लागि थप अर्बौं रकम परिचालन गर्नसकिन्छ । यस बाहेक पञ्चायतकालदेखि हालसम्म विभिन्न नाममा स्थापना गरिएका संस्थान, बोर्ड र समितिहरूका नाममा देशभरि नै हजारौं बिगाह÷रोपनी जग्गाहरू निष्क्रिय अवस्थामा छन् । हालसम्म खारेज भएका/निजीकरण गरिएका ३० सार्वजनिक संस्थानको मात्र होइन, विद्युत् प्राधिकरण, नेपाल दूरसञ्चार कम्पनीजस्ता संस्थानले विभिन्न प्रयोजनका लागि र सरकार आफैले बाटो, पुल आदिका लागि अधिग्रहण गरेका जग्गा पनि छन् । तिनलाई करारमा दिएर सरकारले थप आयआर्जन गर्नसक्छ । यस्तो निष्क्रिय सम्पत्तिको खोजी गरेर जलविद्युत्, दोस्रो विमानस्थल, सुरुङ मार्ग, द्रूतमार्गजस्ता लक्षित क्षेत्रहरूमा राज्यले खर्च गरेमा त्यसबाट छोटो अवधिमा नै देखिने गरि प्रतिफल हासिल हुनेछ ।

कारोबार दैनिक, १९ भदाै २०७५