९८ देशका सात हजार नेपाली सेफ एकै मन्चमा – ग्लोबल नेपलिज सेफ फोरम

सन् २०२०मा नेपाल भ्रमण बर्ष घोषणा भए संगै नेपाली बजारमा नयाँ आयाम थपिएको छ। बिश्वभरबाट नेपालमा अत्याधिक पर्यटक भित्र्याउने र हाम्रो संस्कृति, पर्यटकीय गन्तव्य, नेपाली भेषभुशा, नेपाली आतिथ्य सत्कारका साथै नेपाली परिकारलाई अन्तरास्ट्रिय तहमा पुर्याउने हेतुले हरेक निकाय, संगठन, संस्था र ब्यक्ति लगायत सम्पुर्ण नेपाल बिश्वमानचित्रमा बिगतका दिन देखि कमाएको विशिष्ट सम्मान कायम राख्न तदारुकता साथ लागि परेको छ।

यसै क्रममा अन्तर्राष्ट्रिय जगतमा पाककला र आतिथ्य सत्कारमा छुट्टै छाप छोड्न देश तथा बिदेशमा बसेका युवा नेपालीको समूहले मन्चको स्थापना गरेका छन् । ग्लोबल नेपालिस सेफ फोरम नामक मन्चले बिश्वमा छरिएर बसेका नेपाली अनि उनिहरुको नेपाली खानाको प्रबर्द्धन गर्नलाई प्रेरणा, एकता , शिक्षित गर्ने लक्ष्यका साथ किसान, गृहस्ती, पाककला सास्त्रि, विद्यार्थी हरेकलाई समेटेर अनुभव साट्ने तथा व्यावसायिक बिकाशको प्रबर्द्धनमा जुटेको छ।

विभिन्न स्थानमा रहेका पर्यटकीय पेशामा सामेल भएका केही अग्रज र युवा नेतृत्व प्रतिनिधि मार्फत यस मन्चले निकै प्रभावकारी संजाल फैलाउदै छ। रास्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्याती कमाएका सेफहरु द्वारा सुसजित यो मन्च सन्दिप खत्री, बिनोद बराल, कुमार चालिसे, शिशिर कडेल, सुरज प्रधान, निजल तुलाधर, सचिन श्रेष्ठ, बिकेश केसि, सुशील अर्याल लगायतका पाककला सास्त्री जस्ता युवाको योगदानमा अग्रसर मन्चले नेपाली खानालाई विश्वसामु चिनाउने अभियानमा कर्मनिस्ठ छन् ।

यहि मन्चलाई अरु थप आयाम दिन पश्चिम नेपालको प्रतिनिधि गर्दै गरेका बिबेक पौडेल भन्नू हुन्छ यो अभियान राष्ट्रको मान राख्न नेपाली खाना र यसको स्वाद सबैमाझ पुर्याउनु र दिगो स्थिरता कायम राख्न सबैको सबै क्षेत्रबाट सहयोग जरुरत छ। हरेक जातीको आफ्नै मौलिक खाना र भिन्नै तवरले बनाउने विधि निकै रोमान्चक पाइन्छ। स्थानिय परिकारलाई र्राष्ट्रियकरण गर्दै अन्तर्राष्ट्रिय समुदायमा प्रख्यात गराउन न्युन तह देखि संबंधित निकायसम्म सबैलाई जागरुक बनाउन यो मन्चको निकै प्रभाकारी भुमिका रहने छ। पौडेलका अनुसार आउदो २०२० मा तयार गरिएको नेपाल भ्रमण बर्ष पर्यटकीय दृस्ठिकोणले निकै सम्म्बेदनशिल छ, ठूलो मात्रामा भित्रिने पर्यटक र उनिहरुको नेपाल हेर्ने नजर भौगोलिक सुन्दरतामात्र नभएर स्वाद, कला, संस्कृती सबै कोणबाट निकै महत्वपूर्ण मानिन्छ।

यस फोरममा ब्यक्तिगत पहिचान र मान्यतालाई उच्च प्राथमिकतामा राख्दै हामिले घरगृहमा पाक्ने परिकार र बनाउने ब्यक्ती हाम्रै आमा, दिदिबहिनी, दाजुभाइको जुनुनलाई कदर गर्दै मौलिकता र सरल रुपमा उजागर गर्ने प्रयास गर्दैछौ। यस अभियानमा हामिलाइ गैर पेशेवरको पनि उल्लेख्य सहभागीता रहनेमा ढुक्क छौ। ब्यक्ति स्वतन्त्र हुन्छ र सोही स्वतन्त्रताले फरक ढङको प्रस्तुति दिनेमा पनि हामी बिस्वस्थ छौ।

ग्लोबल नेपालीज सेफ फोरमको यस अभियानमा हाल ९८ देशबाट प्रतिनिधि गर्दै नेपाली पाककला फराकिलो दुनियाँमा आफ्नो छुट्टै परिचय दिने प्रयासमा छ। बिगतको साहासिक अनुभवका साथ आगामी दिनमा अद्वितीय सफलताको शिखरमा चड्ने हाम्रो प्रयासमा सम्पुर्ण देश तथा बिदेशमा रहनु भएका नेपाली, गैर नेपाली, शुभचिन्तक तथा सम्पुर्ण महानुभाबलाई आफ्नो सम्बन्धित क्षेत्रबाट सक्दो सहयोग गरिदिनुहुन हार्दिक अपिल गर्दछौ।

[author] [author_image timthumb=’on’]https://www.facebook.com/photo.php?fbid=2098160240215732&set=a.154381601260282&type=3&theater[/author_image] [author_info](लेखक बिबेक पौडेल हाल नेपालगन्ज स्थित होटल सोल्टीमा रहेको गेट भोकेशनल कलेज जहाँ पाककाल शास्त्रको बिशेष शिक्षा तथा तालिम संस्थाको महा प्रबन्धक हुनुहुन्छ। पश्चिम नेपालमा पर्यटकीय शिक्षा तथा युवा सशक्तीकरणलाई उल्लेख्य योगदान पुर्याउनु भएका पौडेल ग्लोबल नेपालीज सेफ फोरमका पश्चिम नेपाल प्रतिनिधि हुनुहुन्छ।)[/author_info] [/author]

https://www.facebook.com/groups/globalnepalesechefs/?fb_dtsg_ag=AdzYwu0LWARuhlwP1Xpmi4QCxJns0EUIDJ7-uo58805bMg%3AAdz_3YjjQl8GOLLfmaUZCHfRdijtWlJJsKEv3YMlxYxZKg

नेपाल राष्ट्र बैंकमा अनलाइन आवेदन गर्नुस

नेपाल राष्ट्र बैंकमा सहायक निर्देशक, सहायक र सहायक (सु.प्र)का लागि कृपया यहाँबाट अनलाइन आवेदन गर्नुहोस् । आवेदनका लागि अन्तिम म्याद चैत १ गते, २०७४ सालसम्म मात्र रहेको छ ।

 

आवेदनका लागि चाहिने विवरण

अनलाइन आवेदन यहाँबाट गर्नुहोस्

नेपाली नोटका केही तथ्य

  • नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालयशमसेर जबरा हुन्, तर नेपालको पहिलो कागजी नोटमा उनका हस्ताक्षर छैन । पहिलो कागजीनोटमा हस्ताक्षर गर्ने जनकराज पण्डित हुन्, उनी नेपाल सर्कार सदर मुलुकी खानाका खजाञ्ची थिए । उनको पालामा ५, १० र १ सय मोरु निष्कासन भएको पाइन्छ ।
  • नेपालमा पहिलो पटक वि.सं. २००२ असोज १ गते कागजी नोट प्रचलनमा आएको थियो ।
  • नेपाल राष्ट्र बैंक स्थापनापूर्व तीन जना खजाञ्चीहरू जनकराज पण्डित,  भरतराज पण्डित र नरेन्द्रराजका समयमा नेपाली कागजका नोटहरू जारी भएका थिए । वि.सं. २००९ मा नरेन्द्रराजको पालामा मोरु १ निष्कासन भयो ।
  • २०१३ सालमा नेपाल राष्ट्र बैंक स्थापना हुनुपूर्व नेपाली नोटलाई मोरु (मोहर रुपैयाँ) भनिन्थ्यो भने यहाँ समानान्तर रूपमा भारु चल्थ्यो ।
  • नेपाली मुद्राको चलन चल्ती बढाउने ऐन, २०१४ आएपछि नेपालमा नेपाली मुद्राको कारोबार बढाउने नीति लिइयो भने यसलाइ २०१७ साल वैशाख १ गतेबाट देशका प्रमुख भागहरूमा लागू गरियो ।
  • वि.सं. २०२६ मा पहिलो पटक १ हजार रुपैयाँको नोट निष्कासन भयो भने वि.सं. २०२८ मा ५ सय रुपैयाँको नोट निष्कासन भयो ।
  • २०१७ साल वैशाख १ गते १०० भारुको विनिमयदर १६० रूपैयाँ नेपाली रूपैयाँ तोकिएको हो ।
  • विदेशी विनिमय नियन्त्रण गर्ने ऐन २०१९ को  २०२३ बाट पूर्ण रूपमा कार्यान्वयनपछि नेपालभर नेपाली रूपैयाँमात्र कानुनी रूपमा ग्राह्य हुने व्यवस्था भएको हो ।
  • नेपाल राष्ट्र बैंकमार्फत छापिएका कागजी नोटहरू २०१६ साल फागुन ७ गतेबाट प्रचलनमा ल्याउन थालिएको हो ।